काठमाडौं: नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको पार्टीका नेतासमेतरहेका कोइरालाले बिहीबार एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन्।

कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न,’ उनले भनेका छन्, ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।’
उनले यसबीचका कैयन घटनाहरूको साक्षी भएको भन्दै देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट गुज्रिनुपरेको पनि बताएका छन् । कोइरालाले पार्टी विभाजनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको आरोप पनि लगाएका छन् ।पार्टी एक भएर चुनावमा जानुपर्छ भन्नेमा सबैको इमान्दार प्रयास भए पनि सफल नभएको कोइरालाको भनाइ छ । कांग्रेससँग आठ दशक लामो इतिहास जोगाउने र निर्वाचनमा जाने चुनौती रहेको उनले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्