एमाले सचिव महेश बस्नेतको टिप्पणी : गगन थापा नेता होइनन्,अभिनेता हुन्



काठमाडौं : एमाले सचिव महेश बस्नेतले कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेता नभएर अभिनेता भएको टिप्पणी गरेका छन् । प्रेस चौतारीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले त्यस्तो बताएका हुन् ।

रवि लामिछाने सम्बन्धी कुरा गगन थापाबाट आउनु नै त्यसको पुष्टि हो’, बस्नेतले भने ।उनले थापाका अभिव्यक्तिले पछिल्लो राजनीतिक गतिविधिको वास्तविकता छर्लङ्ग भएको बताए ।

एमालेले माघ ४ गते हजारौँ युवाको उपस्थितिमा भृकुटीमण्डपमा विशेष निर्वाचन अभियान सुरु गरिने जानकारी बस्नेतले दिए। उक्त अभियान युवामुखी राजनीतिक सन्देशसहित अगाडि बढाइने उनको थियो।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार