पिरलो पछिल्लोे पुस्ताको



जीतबहादुर शाह

एकपटक अति व्यस्तताका कारण आफूलाई समय दिन नभ्याउने आफ्नो बाबालाई छोरीले सोधिछन्– ‘बाबा तपार्इँ एकघण्टा काम गरेको कति पारिश्रमिक पाउनुहुन्छ ?’ बाबाले सुरुमा त भन्न अन्कनाए । तथापि छोरीले जिद्दी गरेपछि उनले भने– ‘एकसय रूपैयाँ ।’ छोरीले तत्काल आफ्नो कोठामा गएर वर्षौँदेखि जम्मा गरेको खुत्रुकेबाट एकसय रूपैयाँ झिकी बाबालाई दिएर भनिछन्– ‘बाबा एकसय रूपैयाँ लिनु । आज बेलुका एकघण्टा मसँगै भलाकुसारी गर्दै हजुरले खाना खानुप¥यो । नाइँ नभन्नु ल ।’ छोरीको यो व्यवहारले बाबा नाजवाफ भएछन् । मलाई लाग्छ, यो कहानी त्यो घरको मात्र कहानी नभएर घरघरको कहानी पनि हो । आज मलाई यसै विषयमा केही थप शब्दहरू खर्च गर्न मन लागिरहेको छ । हामीले बालबालिकाका विभिन्न दिवस र अवसर पारेर बालबालिकाहरूका कुरा सुनौँ, बालदुव्र्यवहारको अन्त्य गरौँ भन्ने आदर्श बाक्यलाई समेत उच्च प्राथमिकता दिइरहेका हुन्छौँ । साँच्ची भन्दा, बालबालिकाहरूका कुरा के कति हदसम्म ध्यान दिएर सुन्छौँ भन्ने कुरा हामीले उनीहरूका निम्ति कति समय दिन्छौँ भन्ने कुराले पनि प्रभाव पार्ने गर्दछ । आजका अभिभावकहरूले बालबालिकाहरूलाई उनीहरूका जिज्ञासाहरू अभिव्यक्त गर्नका लागि उत्साहित गर्न सकिरहेको देखिँदैन । बरु उल्टै उनीहरूले स्वाभाविक रुपले राख्ने जिज्ञासाहरूलाई समेत अभिव्यक्त हुनबाट वञ्चित र हतोत्साहित गरेको अवस्था छ । धेरै शिक्षकहरूले त विद्यार्थीहरू सक्रिय नभएको र चलमल नगरेको शान्त कक्षाकोठा मन पराउछँन् नै अभिभावकहरूमा समेत बालबालिकाहरूले धेरै जिज्ञासाहरू राख्न थाले भने झनझन र फनफन गरेर हतोत्साहित गर्ने प्रवृत्ति अधिक छ ।

शिक्षक र विद्यार्थीहरूको यो स्वभावले गर्दा बालबालिकाहरूले धेरै जिज्ञासा राख्नु राम्रो होइन भन्ने पाठ सिक्दछन् र उनीहरूले जिज्ञासा राख्नु पर्ने अनगिन्ती विषयहरू आफैँभित्र कुण्ठित बनाएर राख्दछन् । यसले गर्दा उनीहरूको व्यक्तित्व विकासमा नकारात्मक असर पर्दछ । जोन हप्किन्स चिल्ड्रेन सेण्टरले गरेको एउटा सर्भेक्षणअनुसार अभिभावकहरूले आफ्ना बालबालिकाहरूसँग अर्थपूर्ण तरिकाले वार्तालाप गरेर एक हप्तामा ३८.५० मिनेट समय बिताएको पुष्टि भएको छ । यसरी विश्लेषण गर्दा एक दिनमा एउटा अभिभावकले बालबालिकाहरूलाई दिने समय ५.५ मिनेट जति हुन आउँछ । यसरी बालबालिकाहरूले अभिभावकहरूबाट समय नपाउँदा टेलिभिजन र कम्प्युटरका पर्दामा बढी समय बिताउने गर्दछन् । म्याक लुहानले गरेको अध्ययनअनुसार किण्डरगार्टनमा भर्ना हुनुपूर्व एउटा बालकले ५ हजार घण्टा टेलिभिजन हेरेर आएको हुन्छ । त्यस्तै करिब ४ हजारभन्दा बढी अध्ययनले बताएअनुसार एउटा बालकले प्रतिहप्ता सरदर १६ सय ८० मिनेट टेलिभिजन हेर्ने गर्दछ । टेलिभिजनले बालबालिकाहरूको सिर्जनात्मक क्षमताको विकासमा नकारात्मक असर त पार्छ नै यसका साथै उनीहरूमा हिंसाजन्य क्रियाकलापहरू समेत स्वाभाविक रूपमौ बढेको देखिन्छ । यो अलि पहिले गरेको अध्ययन हो । यसमा बालकको मोबाइल हेर्ने बानीको हिसाबले गर्ने हो भने त्यो समय अझै बढी हुने देखिन्छ । अमेरिकी बालबालिकाहरूमा गरेको एउटा सर्वेक्षणले बताएअनुसार हरेक ५ मिनेटमा एउटा बच्चा अपराध गरेको अभियोगमा पक्राउ पर्ने गर्दछ । बन्दुकसँग सम्बन्धित आतङ्कबाट अमेरिकामा हरेक ३ घण्टामा एकजना बालकको मृत्यु हुन्छ । त्यतिमात्र नभइ हरेक दिन अन्दाजी २ लाख ७० हजार विद्यार्थीहरूले बन्दुक लिएर विद्यालयमा जान्छन् । सुलेन र पाउलो फ्रेडले गरेको एकअर्को अध्ययनअनुसार विश्वमा हरेक दिन १ लाख ६० हजार बालबालिकाहरूले आफ्नै साथीहरूबाट हुने दुव्र्यवहार (द्यगििथष्लन)का कारण विद्यालय छाड्ने गर्दछन् ।

एलेन बास र लाउरा डेभिडले गरेको एक अर्को अध्ययनअनुसार १८ वर्ष नपुग्दै ३ जनामा १ जना बालिका र ७ जनामा एकजना बालक आफ्नै साथी वा अन्यबाट यौनजन्य हिंसामा पर्ने गरेको देखिन्छ । यसप्रकारका क्रियाकलापहरूको बढोत्तरी हुनुमा टेलिभिजन, मोबाइल र फिल्मीजन्य क्रियाकलापहरूको अवलोकनबाट वृद्धि भएको हो भन्ने कुरामा सायदै सन्देह होला । बालबालिकाहरूका लागि आदर्श व्यक्तिका रूपमौ ३ जना व्यक्तिहरू हुँदा रहेछन् –जन्म दिने आमा, जन्म दिने बाबा र उनीहरूलाई अध्यापन गर्ने शिक्षक । उनीहरूले गरेका कामहरू बालबालिकाहरूका निम्ति आदर्शका रूपमौ हुने गर्दछन् । तथापि हाम्रो परिवेशमा बालबालिकाहरूका अगाडि उनीहरूका बाबुआमा र शिक्षकले गर्ने काम र व्यवहारहरू आदर्श भन्नलायक हुन सकेका छैनन् । यसले गर्दा बालबालिकाहरूमा त्यसको नकारात्मक प्रभाव पर्ने गर्दछ। दृष्टान्त दिएर भन्नुपर्दा कतिपय आमाहरूले बच्चालाई सुताउने क्रममा ‘खुरुखुरु सुत, नत्र बोक्सी आउँछ’ भनेर तर्साउँदा रहेछौँ । कतिपयले ‘धेरै चकचक नगर, जोगी आएर झोलामा हाली लैजान्छ’ भनेर हप्काउँदा रहेछौँ । कतिपयले खान खुवाउने क्रममा ‘खाउ बाबु खाउ, नत्र भूत आउँछ’ भनेर तह लगाउँदा रहेछौंँ । सानो बालकको कोमल मनमा असल भावना र सद्विचारको खेती गर्ने समयमा बोक्सी, जोगी र भूतको बीउ रोपिदिँदा रहेछौँ । यसको प्रभाव बालकको सर्वाङ्गीण विकासमा नकारात्मक किसिमले दीर्घकालसम्म पर्दोरहेछ । र हामीले गर्ने यस्तो व्यवहार पनि दुव्र्यवहारअन्तर्गत नै पर्ने गर्दछ । शिक्षाको आरम्भ नै यो नगर् र त्यो नगर् भन्दै नकारात्मक तरिकाले सुरु भएपछि विचरा सिकारु बालक सकारात्मक हओस् पनि कसरी ?

शिक्षकहरूबाट बालबालिकाहरूलाई विद्यालयमा विभिन्न विषयहरू अध्यापन गरिन्छ । कसैबाट गणित अध्यापन गरिन्छ भने कसैबाट विज्ञान । त्यसरी नै कसैबाट नेपाली अध्यापन गरिन्छ त कसैबाट सामाजिक अध्ययन आदि आदि । तथापि उनीहरूलाई असल बनाउने विषय भने कसैबाट पनि अध्यापन गरिँदो रहेनछ । जसरी एउटा मोबाइलको प्रमुख काम भनेको जहाँ गए पनि फोन गर्ने सुविधा प्रदान गर्नु हो । तथापि यो सँगसँगै मोबाइलले फोटो खिच्ने, समय बिताउने, गीत सुन्ने, भिडिओ हेर्ने, रेकर्ड गर्ने, इन्टरनेट चलाउने लगायतका कामहरू पनि गर्दछ ।
त्यसरी नै हाम्रा विभिन्न विषयहरूको शिक्षणले पनि सम्बन्धित विषयहरूमा बालबालिकाहरूलाई दक्ष बनाउनुका साथसाथै जीवनमा आवश्यक पर्ने मानवीय मूल्य र मान्यताहरू, सामाजिक संस्कार र व्यवहारका कुराहरूलाई पनि सँगसँगै एकिकृत गरेर लैजानु आवश्यक छ । यसबाट हाम्रो शिक्षा र हाम्रा कक्षाकोठाहरू जीवन्त र जिउँदाजाग्दा समेत हुन्छन् । शान्ति, प्रेम, सद्भाव, अहिंसा, सहयोग, सहकार्य, सम्मान, मित्रता, सहिष्णुता, सहानुभूति आदि जस्ता मानवीय पक्षहरू साँच्ची कुन विषय शिक्षकले पढाउनु पर्ने होला बालबालिकाहरूलाई ? विभिन्न विषयहरूको शिक्षण गर्ने क्रममा यस्ता विषयबस्तुलाई पनि अन्तर्घुलन गरेर अध्यापन गर्न सकेमा उक्त विषयबस्तुको शिक्षण कति जीवन्त र प्रभावकारी हुन्थ्यो होला ! ग्रह, उपग्रह र ताराहरूको गतिसँग अनुशासन र सच्चारित्रतालाई गाँस्न सकियो भने, भूकम्पको असरलाई मानवीय तनावबाट हुने क्षतिसँग तुलना गर्न सकियो भने र गणितीय समीकरणहरूलाई मानिसको कर्म र परिणामसँग जोड्न सकियो भने साँच्ची शिक्षणसिकाइ कति सरस, सुरुचिपूर्ण र प्रभावकारी हुन्थ्यो होला जस्तो पनि लाग्छ । तथापि त्यसो गर्न सकिएको छैन । त्यही भएर होला धेरै मानिसहरू ठूला त भए तथापि तिनै ठूलाहरूबाट सिक्नु पर्ने असल कुराहरू बालबालिकाहरूका लागि केही भएनन् ।

हामी शिक्षकहरूले हाम्रो ब्रेनमा भएका सूचनाहरू बालबालिकाको ब्रेनमा भर्ने काम गर्दछौँ । यसले गर्दा बालक सूचना (क्ष्लायचmबतष्यल)को हिसाबले सम्पन्न हुन्छ । तथापि महत्वपूर्ण कुरा सूचना नभएर रुपान्तरण (त्चबलकायचmबतष्यल) रहेछ । रुपान्तरणका लागि सूचनाहरूले बालकको दिल छुनु पर्दो रहेछ र ह्दय पगाल्नु पर्ने रहेछ । भनाइ पनि छ– ‘गुणस्तरीय शिक्षाले व्यक्तिको मष्तिष्कलाई दिक्षित गर्दछ, ह्दयलाई छुन्छ र जीवनलाई रुपान्तरण गर्दछ (त्तगबष्तिथ भमगअबतष्यल mभबलक तभबअज तजभ mष्लम, तयगअज तजभ जभबचत बलम तचबलकायचm ष्लतय तजभ षिभ) ।’ ह्दय अमिलो गराउने शिक्षा र सूचनाले मानिसलाई जीवन र शिक्षाप्रति आशा र भरोसा होइन कि वितृष्णा जगाउने गर्दछ । तथापि भइरहेको छ त्यस्तै । त्यही भएर बालबालिकाका लागि विद्यालय र कक्षाकोठाहरू पीडादायक स्थलबाट प्रेरणादायक स्थलमा रुपान्तरण हुन सकिरहेका छैनन् । विद्यालय र कक्षाकोठाहरू रुपान्तरण हुन नसकेपछि विद्यार्थीहरू मात्रै रुपान्तरित होउन पनि कसरी ? विश्वमा सम्झँदै झसङ्ग हुने नरसंहारका घटनाहरूका नाइकेहरूको जीवनी अध्ययन गर्दा बोध हुन्छ कि उनीहरूको बाल्यकाल हिंसा र पीडाबाट क्षतविक्षत हँुदै अघि बढेको देखिन्छ ।

आफन्तहरूबाट सद्भाव र माया भन्ने चिज जीवनमा नपाएको देखिन्छ । यस्तै कारणले पनि उनीहरूमा मान्छेप्रति सानैदेखि अर्धचेतन मष्तिष्कमा रहेको बदलाको भावनाले शक्तिमा पुगेपछि मूर्तरुप धारण गर्ने गर्दछ । कतै हामीले पनि हाम्रा बालबालिकाहरूको जीवनमा माया र सद्भावको अनिकाल पर्ने गरी व्यवहार गरेका त छैनौँ ? कतै हाम्रा बालबालिकाहरू हाम्रो निर्दयी, निष्ठुर र पशुवत् व्यवहारको कारणले भोलि हिंसाजन्य क्रियाकलापहरूमा अघि सर्ने त होइनन् ? कतै त्यो हिंसाको सिकार हामी स्वयम् त हुनु पर्ने होइन ? कतै हाम्रो शिक्षाले बालकलाई मानिसबाट देवत्व (म्ष्खष्लभ) भएको महामानव बनाउनुको सट्टा मानिसबाट अझै तल झारेर दानव (म्झयल) बनाउने त होइन ? यस्ता विषयमा गम्भीर हुन जरुरी भइसकेको छ । मानिस अहिले भौतिक दुनियाँमा भौतिक सम्पत्तिकै निम्ति तँछाडमछाड गर्दै होमिएपछि मानवता ओझेलमा परेको छ । जब कि मानिसको लागि चाहिने भनेको मानवता हो । मानवता भनेको एकले अर्कालाई सम्मान गर्ने, माया गर्ने, सहयोग गर्ने, विश्वास गर्ने, सुखदुःखमा साथ दिने आदिजस्ता कर्महरू पर्दछन् । मानिसमा मानवता बाँकी रहेन भने मानिस पनि मानिसको जस्तो देखिए पनि व्यवहारको हिसाबले ऊ दानव भइसकेको हुन्छ । मानिसमा मानवीय भावना हरायो र दानवीय भावना पलायो भने उसले अरु मानवलाई पनि सुखसँग खान र बस्न दिँदैन ।

बाहिर बाहिर गुलियो चास्नी लेपेटझैँ गरेर भित्रभित्रै सिध्याउन तिर लाग्छ र दुःख गरेर कमाएको सम्पत्ति कुम्ल्याउनतिर लाग्छ । वारेन बफेटले भनेका छन् – ‘मानिसलाई काममा लगाउँदा तीनवटा कुराहरू हेर्नुपर्छ – इमान्दारिता, उर्जाशीलता र बौद्धिकता । यदि कुनै मानिसमा इमान्दारिता छैन भने ऊसँग भएको उर्जाशीलता र बौद्धिकतालाई काममा लगाउनेलाई नै सखाप पारिदिन्छ ।’ इमान्दारिता भन्ने कुरा पढेर होइन कि देखेर, भोगेर र गरेर सिकिन्छ । बाबाआमाले समय नदिएका बालबालिकाहरू इमान्दारितामा कमजोर हुन्छन् । चिडचिडे स्वभावका हुन्छन् । उनीहरूमा धैर्यता, सहनशीलता, एकाग्रता र दूरदर्शिताको अभाव हुने गर्दछ । त्यसैले सन्तति वा बालकलाई कस्तो बनाउने भन्ने कुराको धेरै पक्ष बाबुआमासँग जोडिएका हुन्छन् । कतिले समय नदिएर सन्ततिलाई बरबाद बनाइरहेको अवस्था छ भने कतिपयले समय दिएर पनि असल कुरा नसिकाएर बरबाद बनाइरहेको अवस्था छ । भोलि आफ्ना सन्तति घर न घाटको भयो भनेर दुनियाँसँग रुनु कराउनुभन्दा अहिले नै आफ्नो सन्ततिका निम्ति समय मिलाएर उसैसँग जीवन सुखदुःखका कुराहरू शेयर गरौँ । पीडा पनि उसैसँग पोखौँ र खुसी पनि उसैसँग साटौँ । यस्ता कुराहरूमा आजैदेखि गम्भीर भएर मन्थन गरी तदनुरुप आफूलाई रुपान्तरण गर्न सकेनौँ भने स्थिति ‘मान्छे ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो’ भने झैँ हुन के बेर !

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार