डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना



वीरगञ्ज : वित्तीय तथा डिजिटल साक्षरता र ई–सेवामार्फत इएमआई भुक्तानीसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ । डिप्रोक्स र ई–सेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जनाभन्दा बढी सदस्यहरूलाई वीरगञ्ज पर्सामा तालिम सम्पन्न भएको हो ।
सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । यस्तै, सुरक्षित र भरपर्दो डिजिटल कारोबार प्रवद्र्धन गर्नु तथा ई–सेवामार्फत सहज रूपमा इएमआई भुक्तानी गर्न सदस्यहरूलाई प्रोत्साहन गरिएको थियो ।

साथै, समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोगमार्फत वित्तीय अनुशासनलाई बलियो बनाउने विषयमा पनि विशेष ध्यान दिइएको छ ।तालिममा सहभागी सदस्यहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जानकारीले आफूहरूलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोहीअनुरुप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार