पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको पदस्थापना



बुटवल ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन रुपन्देहीको पदस्थापना गरिएको छ । एसोसिएसनको २०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित अध्यक्ष हिमाल गैरेसहितको कार्यसमितिलाई पदस्थापना गरिएको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष, पदाधिकारी, सदस्यहरू, विभिन्न जिल्लाका संयोजकहरू र लेखा समितिमा निर्वाचितहरूलाई पद हस्तान्तरण गरिएको हो । उनीहरूलाई निर्वाचन आयुक्त खिमानन्द भट्राईले सफथ खुवाएका थिए ।

एसोसिएसनको अध्यक्षमा हिमाल गैरे, वरिष्ठ उपाध्यक्ष हरिराम कसौधन, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्वितीय उपाध्यक्ष गोपालप्रसाद बस्याल, महासचिव डांसीराम अधिकारी, कोषाध्यक्ष विशाल गैरे, सचिव लोकप्रसाद भुसाल, सहकोषाध्यक्ष अभिशेक भारी, सहसचिव घनश्यामप्रसाद कान्दु सर्वसम्मत भएका थिए ।

त्यस्तै रुपन्देही संयोजकमा सुनिल थापा, कपिलवस्तु संयोजक मोहमद् असलम खान, नवलपरासी संयोजक राजेशकुमार गुप्त, पाल्पा, स्याङ्जा संयोजक ज्ञानप्रसाद भट्टराई, गुल्मी, अर्घाखाँची, बागलुड र रुकुम पूर्वको संयोजकमा डिलाराम न्यौपाने रहेका छन् । कार्यसमित सदस्यमा दिनेशकुमार कसौधन, सुखराम बर्मा सोनार, विजयकुमार कसौधन, भरतजंग कुंर, दुर्गाप्रसाद चापागाई, टंकप्रसाद न्यौपाने, तिलकमणि अधिकारी, नवराज भट्टराई, कम्पोटर पासी, बजेन्द्रकुमार कसौधन, चुडामणी न्यौपाने, बिजयकुमार बानिया सर्वसम्म्त रूपमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष गैरेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्था र व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सबैसँग सहकार्य गरेर काम गर्ने बताए । एसोएिसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधान र लुम्बिनी प्रदेश अध्यक्ष पे्रम न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीको हितमा काम गर्न आग्रह गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार