अन्तर्राष्ट्रिय मजदुर महिला दिवसबारे



सुरुमा निजामहरूको सामन्ती सताको मातहत रहेको कर्मचारी र आसेपासेहरूले किसानमाथी गरेको चर्को शोषण र दमनको विरुद्ध किसानहरूले आवाज उठाउन थालेपछि निजामको सत्ता किसानमाथि जाइलागेपछी किसानहरूले निजामको सत्ताविरुद्ध आन्दोलन चर्कायो । निजामको शासन रहेको हैदराबादमा जवाहरलाल नेहरूले सेना पठाएर कब्जा गरेपछि किसान आन्दोलनलाई दबाउन सेनाको प्रयोग गरिएको थियो ।

चीनतामणि घिमिरे

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सुरुवात मजदुर वर्गका महिलाहरूको संघर्षबाट भएको हो । ८ मार्च १८५७ मा अमेरिकाको न्युयोर्क सहरमा महिला कपडा मजदुरहरूले दस घण्टा कार्यदिवस, उचित ज्याला, कामको राम्रो अवस्था तथा महिला र पुरुष मजदुरहरूको समान ज्याला र बराबरी अधिकार हुनुपर्छ भन्दै विशाल प्रदर्शनको आयोजना गरे । सरकारले पुलिस लगाएर महिलाहरूको यस संघर्षमाथि बर्बर दमन ग¥र्यो । यसको ५१ वर्षपछि १९०८ मार्च ८ गतेकै दिन न्युयोर्क सहरमा लगभग बीस हजार मजदुर महिलाले कामको राम्रो अवस्था, मतदानको अधिकार, उचित ज्याला अर्थात पुरुषहरूको बराबरको समान अधिकारको लागि प्रदर्शन गरे । दुई सालपछि सन् १९१० मा कोपनहेगनमा संसारभरका मजदुर वर्गीय पार्टीहरूको अन्तर्राष्ट्रिय मञ्चले अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना ग¥र्यो । यस सम्मेलनमा जर्मनीको सामाजिक जनवादी मजदुर पार्टीको तर्फबाट क्रान्तिकारी नेता क्लाराजेटकिनले ८ मार्चको दिनलाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा संसारभर मनाउनु पर्छ भन्ने प्रस्ताव पेश गरिन् ।

उक्त प्रस्तावलाई सम्मेलनमा सर्वसम्मतिले पास गरेको थियो । कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय संगठन दोस्रोे कम्युनिस्ट अन्तर्राष्ट्रियले आठ ८ मार्च १९१० लाई अन्तर्राष्ट्रिय मजदुर स्त्री दिवस मनाउने घोषणा ग¥र्यो । त्यसपछि पुरै विश्वमा ८ मार्चका दिन अन्तर्राष्ट्रिय मजदुर स्त्री दिवस मनाउने गरिन्छ । सन् १९११ मा युरोपका विभिन्न देशहरूमा करिब दस लाख भन्दा पनि बढी महिलाहरू त्यो दिन आफ्नो अधिकारको लागि सडकमा आए । यस प्रकार यसदिनको इतिहासले यस धरतीमा महिलाहरूको लागि बराबरी र सम्मानको जीवन बाँच्नको लागि आफैँ नै संघर्षको मैदानमा उत्रिएर अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकाएको छ । महिलाहरूको मुक्ति संगठित संघर्षसँग जोडिएको छ नकि सम्झौता र समन्वय गरेर । सन् १९११ मा भएको विशाल सभालाई बोल्सेभिक पार्टीको महिला नेतृ अलेक्जेन्द्रा कोलोन्ताईले सम्बोधन गरेकी थिइन् । विश्वका विभिन्न देशमा भएका राष्ट्रिय मुक्ति तथा मुक्ति आन्दोलन र जनवादी तथा समाजवादी आन्दोलन लगायत अन्य जुनसुकै प्रकारका आन्दोलनमा महिलाहरूको उल्लेखनीय र अतुलनीय भूमिका रहँदै आएको छ ।

स्पार्टाकसको दास विद्रोहदेखि लिएर नेपालको जनयुद्वसम्म भएका विद्रोह र क्रान्तिहरूमा महिलाहरूको योगदान प्रसंशनीय र तारिफयोग्य रहेको देखिन्छ । सन् १७८९ मा भएको फ्रान्सेली पूँजीवादी क्रान्ति, १८७१ मा भएको फ्रान्सको पेरिस कम्युन, १९१७ को रुसको समाजवादी क्रान्ति र सन् १९४९ मा भएको चीनको नव जनवादी क्रान्ति लगायत कोरिया, भियतनाम, कम्बोडिया लाओस, मङ्गोलिया, हङ्गेरिया, क्युबा, युगोस्लाभीया, रुमानिया लगायत विश्वका अन्य भूभागहरूमा भएका कम्युनिस्ट क्रान्ती र साम्राज्यवादको उपनिवेशको जुवाबाट मुक्त हुन चाहेका देशहरूमा महिलाहरूले कैयौँ परिस्थितिहरूमा क्रान्तिको बागडोर सम्हालेका छन् । जर्मनीको कम्युनिस्ट पार्टीमा क्लाराजेटकिनले महिलाका मुद्दाहरूलाई पेचिलो ढंगले उठाउने गर्थिन् । रुसमा अलेक्जेन्द्रा कोलोन्ताई र नाजेज्दा क्रुप्सकायाहरूले महिलाहरूको विषयमा सशक्त ढंगले संघर्ष गरेका थिए । त्यस्तै उत्तरको छिमेकी देश चीनमा त्यहाँका महिलाहरूले जापानी साम्राज्यवाद र चिनियाँ तानाशाही शासनका विरुद्ध जनमुक्ति सेनामा भर्ना भएर लडेका थिए ।

चिनियाँ धरतीबाट सामन्तवाद र साम्राज्यवादलाई सधैँका लागि बिदा गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य चियाङ्ग चिङले साँस्कृतिक क्षेत्रबाट अन्धविश्वास र कुरीतिका विरुद्धमा गरेको संघर्ष पनि महत्वपूर्ण रहेको छ । विश्वको इतिहास अध्ययन गर्दा यो कुरा थाहा हुन्छ कि महिलाहरूको सक्रिय सहभागिता बिना कुनै पनि आन्दोलन वा क्रान्ती सम्पन्न भएको छैन । यता अर्को छिमेकी देश भारतमा बेलायती उपनिवेश विरोधी आन्दोलनमा झासीकी रानी लक्ष्मी बाइ लगायत थुप्रै महिलाहरूले राष्ट्रिय स्वतन्त्रता प्राप्तिको लागि गरेको त्याग र बलिदान अविस्मरणीय रहेको छ । त्यस्तै भारतको तेलङ्गनामा सन १९४६–४८ तिर भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको किसान आन्दोलनमा त्यहाँका महिला किसानहरूले छापामार सदस्य बनेर जमिन्दार र निजामहरूका विरुद्ध लडेका थिए । उनीहरूले करिब तीन हजार गाउँहरू आफ्नो पकडमा लिएर किसान समितिमार्फत आफ्नो नीति लागू गरेका थिए । सुरुमा निजामहरूको सामन्ती सताको मातहत रहेको कर्मचारी र आसेपासेहरूले किसानमाथी गरेको चर्को शोषण र दमनको विरुद्ध किसानहरूले आवाज उठाउन थालेपछि निजामको सत्ता किसानमाथि जाइलागेपछी किसानहरूले निजामको सत्ताविरुद्ध आन्दोलन चर्कायो । निजामको शासन रहेको हैदराबादमा जवाहरलाल नेहरूले सेना पठाएर कब्जा गरेपछि किसान आन्दोलनलाई दबाउन सेनाको प्रयोग गरिएको थियो ।

यस संघर्षको दौरान चार हजार कम्युनिस्ट किसान क्रान्तिकारीहरूले ज्यान गुमाए र करिब दस हजार जनालाई जेलमा राखियो । भारतको केन्द्रीय सत्ताले किसान विद्रोह दबाउन करिब ५० हजार भारतीय सेना परिचालन गरेको थियो । सन् १९६७ मा भारतमा नक्सलवादी विद्रोह अगाडि आयो । यो आन्दोलनलाई पनि इन्दिरा गान्धी नेतृत्वको सरकारले दमन ग¥यो । गिरफ्तार गरेर मार्ने र जेल हाल्ने दुवै काम ग¥यो । प्रमुख नेता चारु मजुम्दारलाई पनि बसिरहेको सेल्टर बाट गिरफ्तार ग¥यो र केही समयपछि उनको पनि हत्या ग¥र्यो । अहिले पनि भारतमा भाकपा (माओवादी) को नेतृत्वमा चलिरहेको सशस्त्र संघर्षमा थुप्रै महिला र पुरुषहरूको बलिदान भएको छ । कैयौँ त जेलमै रहेका छन् । भारतको मोदी सरकारले त्यो आन्दोलनमाथि दमन गरिरहेको छ । नेपालमा महिला सचेतना राणाशासन कालदेखि नै सुषुप्त रूपमा अगाडि बढ्न थालेको हो । त्यसको बिजारोपण योगमायाले गरेकी हुन् । उनले महिलामाथिको हिंसा, बालविवाहको विरोध र विधवा विवाहलाई मान्यता दिनुपर्ने कुरा उठाएकी थिइन् । तर त्यतिबेलाको सरकारले उनको मागलाई वास्ता गरेन । पछि उनले आफ्ना साथीहरूसहित अरुण नदीमा समाधी लिइन् ।

राणाशासनको विरोधमा खुलेका काँग्रेस र कम्युनिस्टहरूले देशमा राजनीतिक चेतना फैलाउने काममा ठूलोे भुमिका खेलेका छन् । अझ त्यसमा पनि कम्युनिस्टहरूको भुमिका बढी जिम्मेवार रहेको देखिन्छ । २००७, २०३६, २०४६, २०५२–६२ को माओवादी जनयुद्व र २०६२÷६३ सालको दोस्रोे जनआन्दोलन सम्म आइपुग्दा महिलाको सहभागिता र भुमिका नभएको कही पनि देखिँदैन् । महिलाहरूको सक्रिय सहभागिता रहेकोे देखिन्छ । महिलाहरूको प्रतिनिधित्व स्थानीय निकायदेखि मन्त्रालयसम्म रहेको देखिन्छ तर उनीहरू कहीकतै पनि प्रत्यक्षरूपमा भ्रष्टाचारमा संलग्न रहेको देखिँदैन । बरु काम गर्न नसक्लान त्यो आफ्नो ठाउँमा छ । नेपालमा विशेषगरी महिलाहरूलाई माथि उठाउने काम माओवादी आन्दोलनले गरेको हो । अहिलेको यो आरक्षण, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत थुप्रै मुद्दाहरू माओवादीले उठान ग¥र्यो । संविधानसभा र गणतन्त्र माओवादीकै एजेन्डा हो । यसमा अरुको पनि भुमिका नहुने त भएन । तर मुख्य भुमिका माओवादीकै हो ।

संविधानमा महिलाको ३३ प्रतिशत हक सुनिश्चित गरिएको छ । जबकी काँग्रेस र एमाले सम्मिलित भएर बनाएको २०४७ सालको संविधानमा पाँच प्रतिशत महिलाको संसदमा प्रतिनिधित्व हुने कुरा उल्लेख थियो । पहिलो संविधानसभा निर्वाचनमा माओवादीले धेरै महिलाहरूलाई उम्मेदवार बनाएको थियोे । संविधानसभामा प्रत्यक्षतर्फबाट विजयी र समानुपातिक तर्फबाट सिफारिस गरिएका धेरै महिला सभासद्हरूको सहभागिता रहेको थियो । पूँजीवादले संसारभर एनजिओ र आइएनजिओ सञ्चालन गरेको छ । जसले मानिसको तार्किक र आलोचनात्मक पक्षलाई ध्वस्त पारिदिन्छ । पूँजीवादले मानिसलाई तार्किक होइनकी भोदु बनाइदिन्छ । महिलाहरूको समस्याहरूको समाधान पूँजीवादबाट होइनकी समाजवादबाट नै हुन्छ । विकल्प पूँजीवाद होइन समाजवाद नै हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार