ठूलो परिमाणको लागूऔषधसहित तीन जना पक्राउ



नेपालगन्ज ।

ठूलो परिमाणको लागूऔषधसहित नेपालगन्जबाट तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोले २२ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगन्ज–१४ का २३ वर्षीय सन्दीप लोनिया, सोही स्थानकै ३१ वर्षीय हृदयराम खटिक र नेपालगन्ज–१८ का २२ वर्षीय ओमकर खटिक रहेका प्रहरीले जानकारी दिएको छ ।

लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खैरो हेरोइनको कारोबार गर्न जाँदै गरेको अवस्थामा नेपालगन्ज–१३ मोहनपुर्वा गाउँ नजिकबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल र एक थान डिजिटल तराजु समेत बरामद गरिएको छ । प्रहरीले उनीहरूविरुद्ध लागूऔषध कारोबारको कसुरमा अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार