लघुकथाः ’अनुशासन’



बद्रि ढकात ’हिरामणि’

“पहिले उपहास गर्ने साथीबाट नै अहिले मेरा रचनाको बढी प्रतिक्रिया आउँदा म असाध्य खुसी छु। जति बेला मेरा रचनालाई मेरा केही साथीबाट खिसीटिउरी गरिन्थ्यो, मेरो मन छियाछिया हुन्थ्यो। मनको गाँठो अझ बलियो पारी मैले लेख्न र पढ्न भने छाडिनँ। त्यसै कारणले आज म जस्ती एउटी सोझी गुमनाम गाउँलेलाई अहिले धेरैले चिन्छन् । आफू पढेको विद्यालयको वार्षिक अभिभावक भेलामा मुख्य अतिथिको रूपमा उपस्थित भएकी साहित्यकार लिलाले मुख्य मन्तव्य दिइरहेकी थिइन् ।

उनको कुरा कही अभिभावकले खासै चासो दिएर सुनेको जस्तो लागेन ।
उनी बोल्दा बोल्दै विचैमा एकजना अभिभावक उठेर बोले,
“विद्यार्थी अनुशासन सुधारको कुरा गर्नु पर्यो मेडम ! यी त यहाँका आफ्ना निजी कुरा जस्ता भए।“ लिलाले निकै भावुक हुँदै भनिन्,
“मलाई माफ गर्नु होला साथीहरू । म यही विद्यालयको पूर्व विद्यार्थी हूँ। यहाँका धेरै अभिभावक मसँगै पढेका साथीहरू हुनुहुन्छ ।अभिभावकहरूले कुरो नबुभरे छोराछोरीलाई कुरा बुभत्राउन सकिँदैन । त्यसै अनुशासन कसरी हुन्छ ? मैले स्कूल पढ्दै गर्दा, साथीहरूसँगै बजार डुल्ने, फिल्म हेर्ने, रमाइलो गर्ने काममा साथ दिन सकिन । साथीहरूका थोरै योजनामा मात्रै साथ दिएँ।

(उनले लामो सास तान्दै अझ कुरो लब्बाइन्)

म एकलकाँटे जस्तै थिएँ। म पढाई लेखाइमा निकै कमजोर थिएँ। मैले सिक्नुपर्ने कुरा धेरै थियो। यो कुरा मेरो घर परिवारलाई पनि थाहा थियो। मलाई मेरो साहित्य लेखन कसरी बचाउने भन्ने चिन्ता लाग्थ्यो । सरी ! साथीहरू ऊ बेला म घमन्डी र स्वार्थी नभएको भए आज म यो अवस्थामा पुझे नै थिइन । यो अनुभव मैले यहाँ सुनाउनै पर्ने थियो सुनाएँ ।“
पहिले बोलेको अभिभावक चुपचाप भए, अलिअलि खासखुस हुँदै थियो।
लिलाले अन्तमा थपिन्, “यहाँहरूले पनि म जस्तै स्वार्थी छोरा छोरी बनाई दिनु हुन अनुरोध गर्छु। कक्षामा सिकाई वातावरण बनाउन यहाँहरुको ठूलो भूमिका हुन्छ। घरबाट सिकेको अनुशासन स्थायी हुने रहेछ। धन्यवाद !“
भेलाले परर ताली बजायो । केही अभिभावक भने तल मुन्टो लगाइरहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार