खजुरामा हुलाकका सेवा प्रवाहबारे अन्तक्र्रिया



खजुरा (बाँके) ।

बाँकेको खजुरामा जिल्ला हुलाक कार्यालय बाँकेले सेवा प्रवाह सम्बन्धी अन्तक्र्रिया गरेको छ । बिहीबार भएको कार्यक्रममा खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा रहेका सबै प्रकारका बैंकहरू, लघुवित्तीय संस्था, सहकारी संस्था, सरकारी कार्यालयका प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी विद्यालयका सहायक प्रधानाध्यापक तथा प्रतिनिधिहरूलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

हुलाकको सेवा प्रवाह सम्बन्धी विस्तृत जानकारी हुलाक बाँकेका खरिदार रामबहादुर चौधरीले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले हुलाक सेवालाई अझ थप प्रभावकारी बनाउन हुलाक महसुल दरमा परिमार्जन गर्नुपर्ने बताए ।
उनले हुलाकलाई स्थानीय तहको एउटा अभिन्न अंगको रूपमा बनाउन सके राम्रो हुने सुझाव दिए ।

हुलाकको महसुल दर प्रतिस्पर्धाको बजार भन्दा महँगो भएकोले सेवाग्राहीहरूले सेवा नलिएको हुन सक्ने अध्यक्ष विकले बताएका थिए ।
कार्यक्रममा हुलाकले प्रदान गर्ने सेवा सम्बन्धी जानकारी, हुलाक सेवा लिँदादिँदा आइपर्ने समस्याहरू,स मस्या समाधानका विकल्पहरू, सेवाग्राहीको दायित्वहरू, बदलिँदो परिस्थितिमा हुलाकले आफ्नो सेवामा गरेको विविधिकरण, प्रविधिको प्रयोग तथा हुलाक सेवामा गरिएका सुधारका विषयबारे जानकारी दिइएको थियो ।

हुलाक कार्यालय बाँकेका हुलाक अधिकृत गजेन्द्र प्रकाश थारूले अन्तक्र्रिया कार्यक्रममा सक्रियपूर्वक सहभागिताको लागि सबै सहभागिहरूलाई धन्यवाद दिदँै उठेका सवालहरूमा आफ्नो कार्यालयको तर्फबाट प्रतिक्रिया दिँदै कार्यगर्ने प्रतिवद्धता व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार