भेरी अस्पताल नेपालगन्जः सबैभन्दा पुरानो अस्पताल किन पछाडि पारियो ?



भेरी अस्पताल नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि जीवनको सबैभन्दा ठूलो आधारविन्दु हो । ऐतिहासिक दृष्टिले हेर्दा नेपालगन्ज भौगोलिक, प्रशासनिक र राजनीतिक हिसाबले अत्यन्तै महत्वपूर्ण केन्द्र थियो । यही कारण यो अस्पताल वीर अस्पताल काठमाडौँसँगै स्थापना भएको पुरानो संरचना मानिन्छ । तर समयक्रममा देशका विभिन्न अस्पतालहरू आधुनिक, सुदृढ र द्रुत सेवा विस्तारतिर उक्लिँदै गर्दा भेरी अस्पताल भने जहाँ थियो त्यहीँ उभिएकोजस्तै देखिन्छ ।

डा. डक्टप्रसाद धिताल

भेरी अस्पताल नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि जीवनको सबैभन्दा ठूलो आधारविन्दु हो । ऐतिहासिक दृष्टिले हेर्दा नेपालगन्ज भौगोलिक, प्रशासनिक र राजनीतिक हिसाबले अत्यन्तै महत्वपूर्ण केन्द्र थियो । यही कारण यो अस्पताल वीर अस्पताल काठमाडौँसँगै स्थापना भएको पुरानो संरचना मानिन्छ । तर समयक्रममा देशका विभिन्न अस्पतालहरू आधुनिक, सुदृढ र द्रुत सेवा विस्तारतिर उक्लिँदै गर्दा भेरी अस्पताल भने जहाँ थियो त्यहीँ उभिएकोजस्तै देखिन्छ । बुटवल प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अनेकौँ नवस्थापित रिफरल केन्द्रहरू निरन्तर अगाडि बढिरहेका छन् । कतै मेडिकल कलेज बने, कतै विशेषज्ञ सेवा विस्तार भए, कतै अत्याधुनिक उपकरण स्थापना भए, कतै भवनहरू आधुनिक मोडेलमा बनाइए । जुम्लाजस्तो भौतिक रूपमा जोखिमपूर्ण क्षेत्रमा समेत कानुनी स्वायत्तता र विश्वविद्यालयको हैसियतका कारण स्वास्थ्य संरचना विकसित हुँदै गइरहेको छ । सुर्खेत प्रादेशिक राजधानी भएपछि स्वास्थ्य सेवामा विशेष प्राथमिकता पाएको छ । तर अनेकौँ संरचनात्मक, नीतिगत र नेतृत्वगत सवालबीच भेरी अस्पताल भने किन स्थिर, अविकसित र अपेक्षाअनुसार उक्लिन नसकेको हो भन्ने प्रश्न तीव्र रूपमा उठिरहेको छ ।

भेरी अस्पतालको इतिहास मजबुत छ । नेपालको पश्चिम क्षेत्रका साना–ठूला सबै रोगीहरू नेपालगन्ज आएर उपचार गराउने चलन थियो र छ । व्यापारिक केन्द्र, संक्रमणकालीन संगम, बसाइँस्थल र तीन प्रदेशको प्रवेशद्वार भएकाले भेरी अस्पताल देशकै महत्वपूर्ण रिफरल केन्द्र थियो र अझै छ । देशका विभिन्न अस्पतालहरू हालैका वर्षहरूमा बनेका, थपिएका वा विस्तारित संरचनाहरू हुन् । तर भेरी अस्पताल त्यो पुरानो गहिरो मूल हो, जसले इतिहासभर हजारौँ लाखौँ नागरिकलाई सेवा दिँदै आएको छ । यद्यपि इतिहासमा मजबुत रहेर पनि वर्तमानमा किन भेरी अस्पताल अविकसित देखिन्छ ? यसको उत्तर बहुआयामिक छ । यसका प्रमुख कारणहरूलाई राजनीतिक प्राथमिकता, नेतृत्वको कमी, बजेट वितरणमा असन्तुलन, विशेषज्ञ जनशक्ति बस्न नसक्ने वातावरण, पुरानो भवन र उपकरण, स्वायत्तता नहुँदा योजनागत काम गर्न नसक्ने अवस्था, तथा तीन प्रदेशको अत्यधिक चापका बीच पर्याप्त स्रोत नपाइनु जस्ता समस्याहरूले घेरेका छन् । नेपालगन्जमा रहेको भेरी अस्पतालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका अधिकांश जिल्लाका बिरामीलाई दिनहुँ सेवा दिनुपर्छ । दैलेख, जाजरकोट, डोल्पा, मुगु, कालीकोट, रूकुम, रोल्पा, सल्यान, बर्दिया, बाँके, कैलाली, कञ्चनपुरलगायत दर्जनौँ जिल्लाका बिरामी यहाँ रिफर भएर आउने गर्छन् । काठमाडौँ वा भारततर्फ जाने बिरामीले पहिलो बुँदामा टेक्ने अस्पताल भेरी नै हो ।

तर चाप तीन प्रदेशको भएपनि जनशक्ति, बेड क्षमता, उपकरण तथा व्यवस्थापन भने एक जिल्लाको अस्पतालजस्तै सीमित छन् । यही कारण भेरी अस्पतालमा ओपीडीदेखि आकस्मिक सेवासम्म दैनिक अत्यधिक भीड देखिन्छ । अस्पतालको वार्डहरू भरीभराउ हुन्छन् । आइसीयु बेड अत्यन्तै कम छन् । शल्यक्रिया सेवामा लामो पर्खाइ सूची हुन्छ । भौतिक पूर्वाधार र सीमित जनशक्तिका कारण सेवा ढिलाइ हुने गर्दछ ।
सबैभन्दा गम्भीर समस्या भनेको स्थायी विशेषज्ञ चिकित्सक नहुनु नै हो । चिकित्सकहरू करियर–ग्रोथ, पदोन्नति, सुविधा, सुरक्षाको वातावरण, अनुसन्धानका अवसर, आवास र अन्य सुविधा चाहन्छन् । भेरी अस्पतालमा भने न त स्थायी दरबन्दी पर्याप्त छ, न त काम गर्ने वातावरण करियरमैत्री । चाप धेरै, सहयोग गर्ने प्राविधिक जनशक्ति कम, बमmष्लष्कतचबतष्खभ चष्नष्मष्तथ बढी—चिकित्सक बस्नलाई आवश्यक न्यूनतम खालका आधारहरू नै कमजोर छन् । यही कारण चिकित्सक आउँछन्, केही समय बस्छन्, फेरि अर्कै अस्पताल वा मेडिकल कलेजतिर सर्छन् । यसले सेवा निरन्तरतामा समस्या ल्याउँछ । विशेषज्ञ नबस्दा धेरै सेवाहरू दिगो रूपमा सञ्चालन हुन सक्दैनन् । सरकारले आवश्यक दरबन्दी दिन नसकेपछि अवस्था जर्जर छ ।

प्राविधिक जनशक्तिको कमी पनि भेरीको प्रमुख समस्या हो । नर्स, ल्याब टेक्निसियन, एक्स–रे विशेषज्ञ, ओटी असिस्टेन्ट, बायोमेडिक लइन्जिनियर, आइसीयु र आपतकालीन प्राविधिक—यी सबैमा दरबन्दी अपुग छन् । आधुनिक अस्पताल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति नभएपछि अस्पतालको सेवा स्वाभाविक रूपमा कमजोर हुन्छ । आधुनिक उपकरण भएपनि तिनलाई सञ्चालन गर्ने जनशक्ति नहुँदा वा मर्मत गर्ने प्राविधिक नहुँदा उपकरण लामो समय निष्क्रिय बस्नुपर्ने स्थितिसमेत देखिन्छ । भवन संरचना पुरानो, भूकम्प प्रतिरोधात्मक डिजाइन कमजोर, आन्तरिक व्यवस्था अव्यवस्थित र कार्यक्षमतामूलक नक्सा नहुँदा पनि अस्पतालले नयाँ सेवा विस्तार गरेको पाइन्छ । अस्पतल प्रमुखले आफ्नो बुद्धिले भ्याएसम्म उत्कृष्ट व्यवस्थापन गरिएको पाइन्छ । एउटा नयाँ नक्साभित्र आधुनिक क्ष्ऋग्, mयमगबिच इत्, झभचनभलअथ ायिध, तचबगmब अबचभ जडान गरिएका छन् । तर यो नयाँ भवनले पनि विरामी थेग्न सकेको छैन । अन्य प्रदेशका अस्पतालहरूले दशकौँ मै नयाँ भवन पाए, भेरी अस्पतालले स्टिमेट गरेको योजना सरकारको नजरमा परेको छैन किनभने यो क्षेत्रका प्रभाव जमाउने नेतृत्वको अभाव नै हो ।

सबैभन्दा गम्भीर समस्या भनेको भेरी अस्पताललाई स्वायत्त अधिकार नदिइनु हो । यदि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तै कानुनी स्वायत्तता मिलेको भएको भए भेरी अस्पतालले दरबन्दी बढाउन, स्थायी विशेषज्ञ राख्न, मेडिकल तथा नर्सिङ कलेज सञ्चालन गर्न, बजेट व्यवस्थापन स्वतन्त्र रूपमा गर्न र दीर्घकालीन रणनीति लागू गर्न सक्थ्यो । तर अहिले भेरी अस्पताल सरकारी प्रक्रियाको जटिलतामा अल्झिएको छ । फाइल–फाइल सिँढी–सिँढी चढ्दै गर्दा योजना वर्षौँ ढिलो हुन्छ । सरकारको प्राथमिकताभित्र पर्न नसक्नु नेतृत्वको अभाव नै हो । साना नेताहरूको सुनुवाइ केन्द्रमा पुगेको देखिँदैन । भेरी अस्पतालमा ट्रमा सेवा, हृदय–रोग उपचार, क्ष्ऋग्, झभचनभलअथ उचभउबचभमलभकक, ष्लाभअतष्यगक मष्कभबकभ mबलबनझभलत सबै क्षेत्र पूर्णक्षमतामा उक्लिनु पर्ने हो । तर उपकरण, संरचना, जनशक्ति र नेतृत्वको अभावले यसको गति सुस्त छ । उपकरणहरू बिग्रिएपछि महिनौँसम्म मर्मत नहुने, वार्डहरूमा ओछ्यान अभाव हुने, रेफरल प्रणाली अत्यधिक हुने, डिजिटल सेवा कमजोर हुने जस्ता समस्याले जनविश्वास कमजोर पारिरहेको छ ।

अर्कोतिर, संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय कमजोरी पनि भेरी अस्पताल पछाडि पारिनुको महत्वपूर्ण पक्ष हो । तीनै तहका सरकारहरूलाई पनि भेरी अस्पताल आफ्नो ‘स्वामित्वको संरचना’ हो भन्ने अनुभूति छैन । कसैको आधिकारिक प्राथमिकता शून्य हुँदा अस्पताल सुधारको योजना आधारमै रहन्छ । यसरी हेर्दा भेरी अस्पताल पछाडि परेको होइन । उसलाई पछाडि पारिएको हो । योजनाबद्ध रूपमा प्राथमिकताबाट हटाइयो, आवश्यक स्वायत्तता दिइएन, फोकस अन्यत्र केन्द्रित गरियो, बजेट अन्य अस्पतालतिर मोडियो, नेतृत्वमा दीर्घकालीन दृष्टि देखिएन, विशेषज्ञ बस्ने वातावरण बन्न दिइएन । यद्यपि समस्या गम्भीर छन्, समाधान असम्भव छैन । भेरी अस्पताललाई पूर्णस्वायत्त विशेष रिफरल अस्पताल बनाइने हो भने यो पुनःपश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्र बन्न सक्छ । भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेर मेडिकल, नर्सिङ, पब्लिक हेल्थ कलेज सञ्चालन गर्ने, ५० वर्षे मास्टर प्लानअनुसार आधुनिक भवन बनाउने, उपकरणहरू ‘५ वर्ष सुरक्षा ग्यारन्टी’ नीतिअनुसार खरिद गर्ने, चिकित्सक बस्ने वातावरण निर्माण गर्ने, तीन प्रदेश मिलेर संयुक्त बजेट प्रणाली लागू गर्ने र डिजिटल परिवर्तनलाई उच्च प्राथमिकतामा राख्ने हो भने भेरी अस्पताल आफ्ना सबै सेवास्तरमा नयाँ उचाइमा पुग्न सक्छ । भेरी अस्पताल इतिहासको भारी जिम्मेवारी बोकेको संस्था हो । यो तीन प्रदेशको जीवनरेखा हो । आजको चुनौती गम्भीर छन् । तर सही दृष्टि, सही नेतृत्व र सही नीतिगत निर्णय भए भेरी अस्पताल फेरि एकपटक आफ्नो पुरानो गौरव पुनः प्राप्त गर्न सक्छ । समस्या अस्पतालका संरचनामा मात्र छैनन्, राजनीतिक प्राथमिकता र नेतृत्वको इच्छाशक्तिमा पनि छ । यदि ती परिवर्तन भए भेरी अस्पताल नेपालकै उत्कृष्ट रिफरल अस्पताल बन्न समय लाग्दैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार