कोहलपुर ।
जेनजी उमेरले मात्र नभई नवीनतम सोच र विचारले हुने नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले बताएका छन् । आइतबार पत्रकार भेटघाटमा उनले उमेरले मात्रै सबै कुराहरूको निर्धारण नगर्ने बताउँदै नवीनतम सोच र विचारले जेनजी हुनुपर्ने बताएका हुन्। ‘जेनजी उमेरले मात्र होइन्, नवीनतम सोच र विचार हो,’ उनले भने, ‘नवीनतम सोच र विचार भएको । मैले पनि नवीनतम सोच र विचार दिनसक्छु भने म पनि जेनजी हुनसक्छु ।’ त्यसैले उमेर जेनजी तर, परम्परागत सोच र विचार भए सही नेतृत्व गर्न नसक्ने उनी बताउँछन् ।
अबको नेतृत्व नवीनतम सोच र विचार भएको हुनुपर्ने उनले बताए । अहिले देश संकटमा रहेकाले देशको निकासका लागि निर्वाचनमा जानुको अर्काे विकल्प नरहेको उनले उल्लेख गरे । उनले सरकारले निर्वाचनको वातावरण बताउनुपर्ने र त्यसमा राजनीतिक दलहरूले पनि सहयोग गर्नुपर्ने उनले बताए । अहिले देश संकटमा रहेकाले त्यसको निकासका लागि निर्वाचन नै प्रमुख कुरा रहेको उनी बताउँछन् ।
‘देश अहिले गम्भीर संकटमा छ । देशलाई निकास दिन निर्वाचनमा जानुको अर्काे विकल्प छैन्,’ उनले भने, ‘त्यसैले सरकारले निर्वाचनको वातावरण बनाउनु प¥यो । राजनीतिक दलहरू पनि निर्वाचनमा होमिएर जनताबाट चुनिएर पुनः राजनीतिक दलका प्रतिनिधिहरूले शासन सत्ता सञ्चालन गर्ने हो ।’
भदौ ३४ र २४ गतेको जेनजी आन्दोलनपश्चात् देश विस्तारै लयमा आएको भनिए पनि अझै सन्त्रासको वातावरण कायम रहेको उनले बताए । विस्तारै एकपछि अर्काे गम्भीर संकेतहरू देखा पर्न थालेको उनको भनाइ थियो । भदौ २३ गतेको शान्तिपूर्ण जेनजी आन्दोलनका मागहरू पूरा गर्नुपर्ने र २४ गतेको अराजकतालाई कारबाही हुनुपर्ने उनले बताए ।
देशको नेतृत्व राजनीतिक दलहरूले गर्ने भएकाले जबसम्म राजनीतिक दल र नेतृत्व इमान्दार हुँदैन, तबसम्म देश समृद्ध बन्न नसक्ने उनको भनाइ छ । जेनजी पुस्ताहरूको मागहरू अहिले पनि पूरा नभएको बताउँदै उनले यसतर्फ गम्भीर बन्नुपर्ने समय आएको बताए । देशमा सुशासन र तीन शीर्ष राजनीतिक दलहरूका नेतृत्वहरू परिवर्तन हुनपर्ने लगायत माग रहेपनि पुरानै नेताहरू दल फेरेर पुनः नेतृत्वमा रहेको उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्