काँक्रेविहारमा एनपीएलको ट्रफी सार्वजनिक



वीरेन्द्रनगर ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी कर्णाली प्रदेश ल्याइएको छ । कर्णाली याक्सको सहभागितामा उक्त ट्रफी सुर्खेतको ऐतिहासिक एवं धार्मिकस्थल काँक्रेविहारमा सार्वजनिक गरिएको हो ।

कार्यक्रमका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह र सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शुभकामना मन्तव्य दिँदै ट्रफी सार्वजनिक गरेका थिए । उनीहरूले यसवर्षको एनपीएलमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गरी सबैको मन जित्ने र विजयी हुने अपेक्षा व्यक्त गरे ।

काँक्रेविहारबाट सुरु भएको ट्रफी सार्वजनिक अभियान अन्तर्गत बुधबार दिनभर सुर्खेतका विभिन्न स्थानमा ट्रफी घुमाइएको कर्णाली याक्सले जनाएको छ । कर्णालीमा पहिलो पटक एनपीएलको ट्रफी आइपुगेको हो । एनपीएल ट्रफी कर्णाली प्रदेशमा आएपछि यहाँका खेलप्रेमीमा उत्साह थपिएको कर्णाली याक्सले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार