कोहलपुर ।
लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका लोकगायक कमल विके निर्मोहीलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले सहयोग स्वरूप २१ हजार रूपैयाँँ प्रदान गरेको छ । पूर्णिमाले कार्यसमिति र अन्य शुभेच्छुक साहित्यिक व्यक्तित्वहरूसँग समन्वय गरी रकम संकलन गरेर गायक निर्मोहीलाई हस्तान्तरण गरेको संस्थाका सचिव केशव निमेषले बताए ।
मृगौलाको डायलिसिस गर्दै आएका गायक निर्मोहीले पूर्णिमाको सहयोग पाएर निकै खुसी भएको प्रतिक्रिया दिए । निर्मोहीको परिवारले खर्चिलो उपचारका साथै उनी आफैँ हिँडडुल गर्नसमेत गाह्रो हुने अवस्थाले आफूहरूलाई चिन्तित बनाउनुका साथै कोही भेटघाट गर्न पनि नआउँदा दुःखी बनाएको बताए ।
पूर्णिमाका पदाधिकारी र सल्लाहकारको प्रतिनिधि टिमले निर्मोहीको नेपालगन्जस्थित निवासमा पुगी उक्त सहयोग रकÞम प्रदान गरेको हो ।
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार









प्रतिक्रिया दिनुहोस्