रूकुम पश्चिम ।
तारा एयरले रूकुम पश्चिमदेखि कास्कीको पोखराका लागि उडान भर्ने भएको छ । प्रत्येक शुक्रबार उडान भर्ने तारा एयर रूकुम पश्चिमका इन्चार्ज लालवीर बोहराले बताए । रूकुम पश्चिम, रूकुम पूर्व, सल्यान र जाजरकोटका स्थानीयलाई सहज यात्रा गराउने उद्देश्यका लागि उडान सुरु गरिएको इन्चार्ज बोहराको भनाइ छ ।
रूकुम पूर्व र रूकुम पश्चिमका स्यार्पुताल, चौरिखर्क, बुकिपाटन, पुपाल पुर्वाङ र शुन दहजस्ता पर्यटकीय क्षेत्रको यात्रा र अवलोकन गर्न सजिलो होस् भन्ने उद्देश्यले उडान सुरु गर्न लागिएको इन्चार्ज बोहराले बताए । यात्रुहरूले रूकुम पश्चिम र पूर्वको जिल्लाका पर्यटकीय क्षेत्रमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ उडान गर्न लागेको हो ।
रूकुम पश्चिमदेखि कास्कीको पोखरामा पहिलोपटक तारा एयरले उडान भर्न लागेको हो । यसअघि कुनै पनि एयरले उडान भर्न सकेका थिएनन् ।
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्