काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रूपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ ६० पैसा र बिक्रीदर १९१ रूपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रूपैयाँ ६० पैसा र बिक्रीदर ९३ रूपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ११० रूपैयाँ ४० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९ रूपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ३७ पैसा र बिक्रीदर चार रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ११ पैसा र बिक्रीदर १५ रूपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ २८ पैसा र बिक्रीदर २२ रूपैयाँ ३७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २१ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रूपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रूपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ७० पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्