काठमाडौं भित्रिए २६ सय यात्रु, बाहिरिए २२ सय



काठमाडौँ ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरोले राजधानी काठमाडौंलाई जोड्ने राजमार्ग तथा मुख्य सडक सबैजसो अवरुद्ध छन । तर, यो जोखिमबीच पनि पछिल्लो २४ घण्टामा ५ सय ४० सवारीसाधनमा २ हजार ६ सय ४८ जना यात्रु काठमाडौं प्रवेश गरेका छन् । ४ सय ६५ सवारीसाधनमा २ हजार २ सय ६४ जना बाहिरिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैंमा काठमाडौं छाडेका तीन लाखभन्दा बढी मानिस काठमाडौं भित्रन बाँकी छ । अहिले काठमाडौं प्रवेश गर्ने सबै बाटो पहिरो र बाढीले बन्द छन् । सरकारले शनिबारदेखि सोमबारसम्म लामो दुरीका र काठमाडौैं भित्रने/बाहिरिने सवारी साधन सञ्चानलनमा रोक लगाइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार