दसैँ, तिहार र छठमा सेन्साइको आकर्षक अफर



काठमाडौँ ।

जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्डले यसपालिको महान चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताहरूलाई विशेष उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले सेन्साइको कुनैपनि घरायसी सामानहरूको खरिदमा २५५ सम्म क्यास ब्याक, पक्का उपहार पाउने अवसर छ । साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन रबक्परमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पनि पाउनेछन् ।

यो उपहार योजनामा सहभागी हुने ग्राहकहरूले सेन्साइका सामान खरिद पश्चात विज्ञापनमा दिइएको क्यू आर कोड स्क्यान गरि आफ्नो विवरण भरि पठाउनु पर्नेछ । यस योजना अन्र्तगत, ४३ इन्चसम्मको टिभीको खरिदमा आकर्षक क्यास ब्याक तथा सोभन्दा माथिको टिभीको खरिदमा सावोमीको पोर्टेबल स्पिकर पाउन सक्नेछन् । साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यास ब्याक पाइनेछ । सेमी अटोमेटिक वासिङ मेसिनमा ३ केजी यरियल र फ्रन्ट लोड वासिङमा ६ केजी यरियल पाउन सक्नुहुनेछ ।

यि सामानहरू तपाईँहरूले सजिलै बिना झन्झट केवल नागरिकताको भरमा लिन सकिनेछ । पुराना घरायसी सामानहरूसँग पनि उच्च मूल्यांकनमा एक्सचेन्ज गर्न सक्नेछन् । सेन्साइको टिभीको खरिदमा ९ महिनाको निःशुल्क नेट टिभीको सदस्यता पनि पाउनु हुनेछ । सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परा निरन्तरता दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार