
प्रधानमन्त्री सुशीला कार्कीद्वारा आइतबार सिंहदरबारस्थितप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस
काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । गत शुक्रबार नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्की आज सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
यसअघि प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेन–जी प्रदर्शनकारीहरूले आगजनी गरेपछि नयाँ प्रधानमन्त्रीका लागि गृह मन्त्रालयको नयाँ भवनमा कार्यालय स्थापना गरिएको छ । पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारक र शहीद गेटमा श्रद्धान्जली अर्पण गरेकी थिइन् ।
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्