काठमाडौँ ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (एआईजी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई (एआईजी) नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका आईजीपी दीपक थापा १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो । वर्तमान आईजीपी थापासँगै इन्स्पेक्टरमा भर्नाका लागि फारम भरेका खापुङले तेस्रो लटमा ९२०५२ कात्तिक २७० मात्रै नियुक्ति पाएका थिए ।
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्