रबिन्द्र घिमिरे । जानकी (बाँके) ।
बाँकेको जानकी गाउँपालिकाले हरितालिका तीजको अवसरमा तीज गित नृत्य विशेष प्रतियोगिता गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नृत्य, गायन, कला र संस्कृतीलाई जगेर्ना गर्न तीज गित नृत्य विशेष प्रतियोगिता गरिएको जानकारी दिए ।
तीज गित नृत्य विशेष प्रतियोगितामा पहिलो हुने प्रतिक्षा बस्नेतको ग्रुपले १२ हजार, दोस्रो हुने एकल नृत्यमा सुमित्रा धितालले १० हजार, तेस्रो हुने कन्या आविका प्रिन्सिपल मालती शाहीको ग्रुपले आठ हजार र चौथो हुने शिवपुरी माविका शिक्षिकाको ग्रुपले पाँच हजार पुरस्कार र प्रमाण प्रमाणपत्र पाएका थिए ।
तीज गित नृत्य विशेष प्रतियोगिता कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, प्रवक्ता टिकानाथ यादव, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्