डाइनामिकमा विज्ञान प्रदर्शनीबारे प्रशिक्षण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित डाइनामिक माध्यमिक विद्यालय कोहलपुरले एक महिने विज्ञान प्रदर्शनी सम्बन्धी तालिम सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ र ७ का विद्यार्थीहरूलाई एक महिने विज्ञान प्रदर्शनी तालिम दिएको हो ।

आगामी मंसिरमा हुने विद्यालय स्तरीय विज्ञान प्रदर्शनीको तयारी स्वरूप एक महिने तालिम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यालयको आयोजनामा र रोबोटिक नेपालको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

प्रदर्शनीमा कूल ७० जना विद्यार्थी सहभागी हुनेछन् । ‘अहिलेको समय विज्ञान र प्रविधिको समय हो । विद्यार्थीहरूलाई एक महिनासम्म तालिम दिइनेछ ।’ उनले भने । पाठ्यपुस्तकसँगै विद्यार्थीहरूलाई युग सुहाउँदो व्यवहारिक शिक्षा समेत प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार