राप्रपा युवा संगठनको अधिवेशनमा दुई पक्षबीच हात हालाहाल



काठमाडौं ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको छ । अध्यक्ष राजेन्द्र लिङदेनकै सामुन्ने हात हालाहाल भएको हो ।

कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्ष धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यही बेला लिङदेन कार्यक्रम स्थल आइपुगे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो ।

कार्यक्रम स्थलमा सुरुबाटै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । अहिले उनीहरुले स्थिति नियन्त्रणमा लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार