विपिनका आमा र बहिनी इजरायल प्रस्थान



काठमाडौँ ।

आतंकवादी संगठन हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनी इजरायल लागेका छन् । उनीहरू सोमबार बिहान फ्लाइ दुबईमार्फत् ९ बजे इजरायलतर्फ लागेका हुन् । उनीहरू विपिनको रिहाइको अपीलसहित इजरायल जान लागेको बताइएको छ ।

इजरायल सरकारले प्यालेस्टिनी आतंकवादी लडाकु समूह हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पदमा र बहिनी पुष्पालाई इजरायल झिकाएको हो ।

उनीहरूलाई इजरायलले संयुक्त राष्ट्रसंघसम्म पु¥याउने तयारी गरेको छ । राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारले योजना बनाएको छ । हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ । विपिन कञ्चनपुरका बासिन्दा हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार