कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ का दुई वटा मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरिएको छ । कोहलपुर–८ मा रहेको श्री सरस्वती माविका पूर्वप्रधानाध्यापक भरत रावतले औराबाबा शिवपार्वती मन्दिर, कालिका मन्दिर र मदन स्मृति युवा क्लबको भौतिक संरचना निर्माण गर्नका लागि आर्थिक सहयोग गरेका छन् ।
उनले औराबाबा शिवपार्वती मन्दिर निर्माणमा ५० हजार, कालिका मन्दिरको भौतिक संरचना निर्माणमा १८ हजार दुई सय ५० र मदन स्मृति युवा क्लबलाई ५० हजार सहयोग गरेका छन् । कोहलपुरमा रहेको ऐतिहासिक औराबाबाको मन्दिरको भौतिक संरचना निर्माणमा सहयोग पुग्ने लक्ष्यका साथ सहयोग गरिएको रावतले बताएका छन् । साथै उनले धर्म संस्कृतिको संरक्षण र सर्वद्धन गर्नु सबै नागरिकको कर्तव्य भएको बताए।
कोहलपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लालबहादुर रानाले धर्मप्रतिको आस्था र विश्वासबाट मात्रै धार्मिक संस्थाहरुको संरक्षण हुने बताउँदै आर्थिक सहयोगले मन्दिरको भौतिक संरक्षण निर्माणमा सहयोग पुग्ने बताएका छन् । उनले मन्दिरलाई संरक्षण गर्न सबैले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
‘वडाभित्र रहेका धार्मिक संस्थाहरुको भौतिक संरचना निर्माणमा सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘स्थानीय सरकारले ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक महत्वका विषयहरुको संरक्षण संवद्र्धन गर्न लागिरहेको छौँ ।’ आधुनिक समाजको विकाससँगै धार्मिक आस्थाको संरक्षण गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्