श्रम र उत्पादनलाई सँगसँगै लैजान पूर्व प्रधानमन्त्री प्रचण्डको आग्रह



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाइसीएल नेपाल केन्द्रीय समितिले ललितपुरको सुनाकोठीस्थित बालकुमारी चौरमा आयोजना गरेको ‘श्रम तथा उत्पादनमा वाइसीएल’ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे/रासस

ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी ‐माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग प्रगाढसम्बन्ध बनाएर श्रम र उत्पादनलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । वाइसिएल नेपाल केन्द्रीय समितिले ललितपुरको सुनाकोठीस्थित बालकुमारी चौरमा बिहीबार आयोजित ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानको शुभारम्भ गर्दै उनले अविरल वर्षा र बाढीपहिरोबाट हुने सम्भावित क्षतिलाई रोक्न सहयोग गर्न आग्रह गरे ।

उनले भने,‘परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको छ, यसलाई असफल बनाउन सकिन्छ, युवाहरूको सहभागिता धेरै महत्वपूर्ण परिवर्तन हुन्छ, यसलाई अभियानका रुपमा अगाडि बढाउनुपर्छ ।’ ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान शुभारम्भ कार्यक्रममा पार्टीका उपाध्यक्ष पम्फा भुसाल, बागमती प्रदेशका इन्चार्ज सरल सहयात्री, केन्द्रीय सदस्यहरु हरि दाहाल, राजकाजी महर्जन, दिपेश महर्जनलगायतका नेताहरुको सहभागिता रहेको थियोे ।

वाइसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अभियान देशभर साउन र भदौ महिनाभर सञ्चालन हुने जानकारी गराउँदै यो कार्यक्रम आजैबाट पचास वटा जिल्लामा सुरु भएको बताए । उनले मुलुकको उत्पादन, श्रम र विपद् व्यवस्थापनलाई जोड दिएर वाइसिएल नेपालले काम गर्ने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार