गोदावरीको बजेट एक अर्ब १८ करोड



गोदावरी (कैलाली) ।

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि एक अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १५औँ नगर अधिवेशनमा नगर प्रमुख वीरेन्द्र भट्टले एक अर्ब १८ करोड ५४ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

जसमा संघीय सरकारबाट आउने वित्तीय समानीकरणतर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाँडफाटबाट १८ करोड ५९ लाख, समपूरक अनुदानतर्फ एक करोड ९३ लाख, विशेष अनुदानतर्फ चार करोड नौ लाख, ससर्त अनुदानतर्फ ४१ करोड ७२ लाख रहेको छ ।

यस्तै प्रदेश सरकारबाट आउने वित्तीय समानीकरणतर्फको अनुदार एक करोड ८७ लाख, राजस्व बाँडफाटबाट ५९ लाख एक हजार, समपूरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, ससर्त अनुदानतर्फ तीन करोड ५२ लाख, राजस्व बाँडफाटतर्फकै घरजग्गा रजिस्ट्रेसनबाट छ करोड ८५ लाख रहेको नगर प्रमुख भट्टले बताए ।

त्यसबाहेक नगरको आन्तरिक स्रोतबाट १५ करोड ९ लाख ५५ हजार, विज्ञापन करबाट तीन लाख, वन रोयल्टीबाट छ लाख र बैंक मौज्दातमा तीन करोड ५० लाख रहने अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार