वीरेन्द्रनगर ।
हिजोआज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर क्षेत्र गुलमोहरले सिङ्गारिएको छ । वीरेन्द्रनगरका भित्री सडक छेउमा ढकमक्क फुलेका गुलमोहरले सबैलाई आकर्षित बनाएको छ । यहाँ आउनेहरू जो सुकै ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउने गर्दछन् । हरेक दिन फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । गुलमोहरले वीरेन्द्रनगरको सौन्दर्यतामा थप शोभा बढाएको छ ।
गुलमोहरसँग तस्बिर खिच्न आएकाहरू खुसी हँुदै सुर्खेत उपत्यकालाई गुलमोहरले गुलजार बनाइदिएको बताउँछन्् । धेरैजसोको फेसबुक तथा टिकटकमा गुलमोहरसँगका तस्बिर, भिडिओहरू देख्न सकिन्छ । गुलमोहर हरेक वर्ष वसन्त ऋतुमा फुल्ने गर्छ । वीरेन्द्रनगरका कुहिनेपानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुलमोहरका रूखहरू छन् ।
अघिल्लो वर्ष कर्णाली उत्सवमा भाग लिन आइपुगेका वीरेन्द्रनगरका योजनाकार माधवभक्त माथेमाले गुलमोहरका बिरुवा निकै संघर्षले हुर्काइएको बताएका थिए । उनका अनुसार गुलमोहरका बिरुवा ३० को दशकमा भारतको लखनउबाट ल्याइएको हो । त्यसअघि वीरेन्द्रनगरलाई दोभानचौर नामले चिनिन्थ्यो । तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमणपश्चात् ०२९ सालमामा यसको नाम वीरेन्द्रनगर राखियो ।
तत्कालीन राजा वीरेन्द्रनगरकै सोचमा रहेर माधवभक्ता माथेमाले बनाएको वीरेन्द्रनगरको गुरुयोजना अन्तर्गत अहिले फुलेका गुलमोहर भारतबाट ल्याइएका थिए । माथेमाका अनुसार ती फूलहरू त्यो बेला १०० रूपैयाँमा ल्याइएका हुन् । उद्देश्य थियो, गुरुयोजना अनुसार वीरेन्द्रनगरको सहरी सौन्दर्यता बढाउने ।
त्यो बेला बनेको गुरुयोजना अनुसार बनेका सडक छेउ वरपर हरियाली बनाउनुका साथै सहरको शोभा बढाउनका लागि गुलमोहरको बिरुवा रापिएको माथेमाको भनाइ थियो । त्यो बेला रोपिएका फूलहरूले यतिवेला वीरेन्द्रगरको सौन्दर्यता बढाइरहेका छन् । यस फूललाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर भन्ने गरिन्छ । वीरेन्द्रनगर नगरपालिकाले घण्टाघरलाई अहिले निकै व्यवस्थित गरेको छ ।
घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुलमोहरका रूख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फूलको अवलोकन गर्ने गरेका छन् । नगर क्षेत्रका सडक छेउमा गुलमोहर लगाएतका बिरुवा रोपेर सहरको सौन्दर्य बढाउने काम जारी रहेको नगर प्रमुख मोहनमाया ढकालको भनाइ छ ।

9sdSs u’ndf]x km”n
;’v]{t @& j}zfv M ;’v]{tsf] jL/]G›gu/ gu/kflnsf–&, dWoklZrd ljZjljBfnosf] s]G›Lo sfof{nol:yt ;8s lsgf/df 9sdSs km’n]sf] u’ndf]x/ km”n . cfhef]ln jL/]G›gu/sf ;8sx? u’ndf]x/ km’n]/ /ªluPsf 5g . tl:a/M ;’/]z cfrfo{÷/f;;









प्रतिक्रिया दिनुहोस्