सुर्खेती साहित्यका धुरीखा“बो पृथ्वीबहादुर सिंह यात्रा साहित्यमा सिद्धहस्त व्यक्तिव हुन् । यिनका बारेमा मैले कनीकुथी लेख्नुपर्ने केही छैन,जाने भोगेकै वर्षेदेखिका स्मृतिहरुलाई सर्सर्ती भनिदिए पुग्छ तर कहा“बाट यिनका बारेमा लेख्न सुरु गरु“ मलाई विषय रोज्न केही समय कठिन जस्तै भयो । किनकि यिनका बारेमा मलाई जति ज्ञान छ,सायदै अरु कसैलाई होला १ त्यसकारण यात्रा साहित्यमा यिनको योगदान के हो ? त्यसको मापन र मूल्याङ्कन कसरी गर्ने ? भन्ने मलाई लागिरहेको छ । वस्तुत ः यिनको साहित्यको मूलतत्व पनि यात्रा वर्णन वा यायावरी साहित्य नै हो । केही कविता कृति,लेख,इतिहास दर्पण,कथा,उपन्यास आदिमा यिनले कलम नचलाएका हैनन् तर यिनको मुख्य चरित्र भने नियात्रा साहित्य नै हो भन्ने पुरापुर निष्कर्षमा पुगेको छु म । अतः यसै सन्दर्भमा यिनका दर्जनांै नियात्रा कृति मध्ये पछिल्लो पटक बजारमा आएको “सम्वृद्धिको लहरीमा कर्णाली ”बारे नै केही लेख्ने जमर्को गर्दैछु । ”सम्वृद्धिको लहरीमा कर्णाली” नियात्रा संग्रह पहिलो पटक २०७६ चैतमा प्रकाशन भएको हो । प्रकाशन हुनु भन्दा झण्डै एक दशक अगाडिदेखि नै यिनी गा“उ घरमा जोगी जस्तै फक्कड बाबाको शैलीमा घुम्न निस्किएका थिए ।
त्यतिबेला सुप्रसिद्ध नियात्राकार निर्मोही व्यासले यिनलाई ठाउ“–ठाउ“को दर्शन गराए,कही“–कही“ भने यिनी एक्लै पनि घुमे । घुमक्कडी जीवनको स्वाद यिनले जति हामी कसैले लिन सकेका छैनौ“ । अहिले यिनी सत्तरीको दशक पार गरेर अगाडि बढिसकेका भए पनि उस्तै तन्नेरी ठिटो जस्तै जोश,जा“गर र फुर्तिलोपन छ । गा“उ वस्ती,लेकव“ेसी,शहर बजार कही“ न कही“ झोला बिसाउने ठाउ“ बनाएकै हुन्छन् यिनले । यिनले कमाएका साथी भाई मायालु छन् दयाभावले यिनलाई मनग्ये सहयोग पनि गर्छन् र हि“डडुलमा लाग्ने बाटो खर्च पनि झोलामा बोकेर लगेका पुस्तक बेचेरै पनि गुजरा गर्छन् । यिनमा बडप्पन कत्ति पनि छैन् श्रमलाई सम्मान गर्ने श्रमजीवी वर्गका हितैषी छन् यिनी । यिनका बैगुनहरु गुणको रासमा दबिएकैछन् अहिलेसम्म । कहिलेकाही“ पुस्तक बिक्रीको नाफा नोक्सानको हिसाब गर्छन् ,व्रम्हकुमारीको ज्ञानशालामा पनि पुगिहाल्छन् ।
स्वभावतः पूर्वाग्रह राखेर व्यवहार गर्दैनन् त पनि मानिसहरुले यिनलाई राम्रोस“ग चिन्न र सिधा सम्पर्क गर्न सकेका छैनन् । यिनका जीवनका लहरी सायदै कमैले चिन्नेछन् र परन्तु कालमा यिनको चर्चा–परिचर्चा दन्त्यकथाको पात्र जस्तै बन्ने छ भन्ने मलाई लागिरहेको छ । निबन्ध कारितामा यिनी आत्मपरक शैलीलाई अपनाउने गरेका छन् । यिनको यो कृति कर्णालीको सेरोफेरो भित्र मा नै सीमित छैन् कर्णाली बाहिर पनि पुगेका छन् यिनी । पत्रकारको आ“खाबाट सौराहीकोे झझल्को,खैरावाङ देवीको दर्शन,अमरगढीमा साहित्यकारस“ग,कमल दह वरिपरि घुम्दा,गौरीशङ्करको छाया“मा,राधास्वामी सत्संग केन्द्रमा,गुप्ती दह हु“दै जाजुरा दहसम्म, सेती–काली फर्केर हेर्दा,बा“के–बर्दिया घुमेर आउ“दा,जैथक किल्लामा झल्केको नेपाली वीरता,अन्नपूर्ण सेरोफेरोमा आदि नियात्राहरु कर्णालीको सुगन्धित संस्कृति र स्रष्टाको ब्रम्हबाट अविधात्मक भएकै छ । स्रष्टाको अविधारत्मक गध्द्य शैली ग्रामीण सिम्ताली भाषिकाको अनेका“ै झिल्काहरु यसमा प्रतिबिम्वित भएका छन् ।
सिम्ताली भाषिकाअन्तरगत रहेर यिनले त्यसका उखान टुक्का,भाषिक शिल्पशैलीलाई निरन्तरता दिइरहेका छन् । यिनका निबन्ध सारभूतरुपमा देशभक्तिपूर्ण मानव समाज परिवर्तनका आकांक्षा एवं प्रकृति विरणमा आधारित छन् । सांस्कृतिक सम्पदाहरुलाई विभिन्न बान्की दिएर चिरिच्याट्ट पार्ने काममा यिनी मुलभूतरुपमा सफल छन् यद्यपि त्यसको प्रमाणिकताबारे गहिरो अध्ययनको खा“चो भने छदैछ । जहा“ जान्छन् त्यहा“ परिवेशलाई यात्रा संस्मरणको विषय बनाउनु यिनको महत्वपूर्ण विशेषता हो । कलाको सम्मान गर्नु समाजको निम्ति कलाको महत्व देर्शाउनु ,इतिहास र समयको सेरोफेरोलाई उजागर गर्नु यिनको मौलिक पहिचान हो । आफ्ना जति पनि यात्रा संस्मरणहरु छन् सबैमा यिनी व्यासशैलीमा वर्णन गर्छन् । साना–साना र महत्वहीन विषयलाई पनि टपक्क टिपेर वाणी दिनु यिनको क्षमता हो ,त्यसमा यिनी दक्ष र सफल कालीगढ नै छन् ।
बेला–बेलामा देशाटनमा निस्केर फर्किदा झोलाभरि कोसेली बोकेर फर्किन्छन् ,खाली हात बसेको यिनलाई कहिल्यै मन पर्दैन । जहा“ गयो त्यही“को जनजीवनलाई नियालेर त्यसमाथि घोड सवार हुनु यिनको मौलिक पहिचान हो । त्यसरी बटुलेका अनेकौ“ साहित्यिक कोसेलीहरु ल्याएर पस्किन्छन् । मस“ग अनेकौं सुझावसल्लाह माग्छन् । लेखेका कुराहरुलाई साफी गर्न र त्यसको कम्प्युटर प्रिन्ट गर्नमै यिनलाई बाह्र बज्छ,त्यसको गा“ठो फुकाउन मेरो सहयोग अपरिहार्य हु“दै आएको छ । यसरी यिनले लेखेका आद्योपान्त रचनाहरुको साफी गर्नु,कम्प्यूटर गर्नु र बजारमा ल्याउन योग्य भएको छ भनी सल्लाह दिनु मेरँे निवैतनिक जागिरै जस्तो भएको छ । हिउ“द,वर्षाद वा गर्मीका भतभती पोल्ने दिनमा पनि विना कोट हि“ड्दैनन् यिनी ।
कोट, पाइन्ट र नेपाली टोपीमा सजिएर चस्मा टल्काउ“दै हिंडेपछि यिनको बाहिरी व्यक्तिव झन् निखारिन्छ र यिनी सबैस“ग भलादमीको मुखिया नै बन्छन् । सबैले यिनलाई सम्मान गर्ने वातावरण यिनले नै सिर्जना गर्छन् । फलतः सबैको प्रिय पात्र पनि बनेका छन् । कर्णाली प्रदेशका दूरदरार गाउ“सम्म पुगेर ऐतिहासिक विषयवस्तुहरु खोज्नु र त्यसलाई सिर्जनात्मक रुप दिनु त्यो पनि यो उमेरमा १ सायदै कसैले पत्याउलान् तर यो हामीले देखिआएको कुरा नै हो । ऐतिहासिक विषयवस्तुहरु र प्राचीन किम्वदन्तीहरुलाई यिनले छुट्याउन सक्दैनन् भन्ठानेका होलान कतिपयले तर हैन यिनी त्यस विषयमा अब्बल नै छन् । कर्णाली सभ्यताका अनेकौ“ अनमोल खजानाहरुलाई यस कृतिमा समावेश गरेर यिनले साहित्यकार पूर्णप्रकाश ब्राहम“यात्री” को बि“डो धान्ने काम गरेका छन् । पूर्णप्रकाश “यात्री” ले पनि कर्णालीका गाउ“घरमा पुगेर जसरी इतिहासको खोजी र बन्तरी गरे यिनले पनि त्यही“ शैली अपनाएर यात्राको थालनी गरे र अहिले यस्ता अनेकौं पोथाहरु छपाइको पर्खाइमा यिनका दराजमा थन्किएका छन् ।
यिनका छोराछोरी,श्रीमती सबैले यिनलाई औधी माया गर्छन् र थोरै तिनो गुजारा बाटो यिनको गोजीमा बचोस् भनेर मागेर सताउ“दैनन् जसले गर्दा यिनको कमाई आफ्ना लागि पर्याप्त बनेको छ । यिनले मितव्ययिताको सिद्धान्तलाई अंगिकार गरेर आफ्ना साहित्य कृतिहरु छाप्छन् र स्वयम् नै बेच्दै हि“ड्छन् । छापाखानाले पनि यिनलाई निकै विश्वासिलो मान्छन् र थोरथोरै,अलिअलि गरेर पुस्तक बिक्रीको पैसाबाट छापाखानालाई तिर्दै जान्छन् । यसरी यिनका ठूलाठूला महाभारत जस्ता बडेमानका कृतिहरु छापिदै आएका छन् । सबैतिर यिनको राम्रो नेटवर्क भएकाले दानदातव्यको झोलीमा सबैले “पत्रम् पुष्पम्” चढाएकैले यिनको टेकनवास भएको छ । नत्र घरबाट पैसा ल्याएर छाप्ने काममा लागेको भए उहिल्यै यिनको उठीवास लागि सक्थ्यो भन्ने कुरा बुझेकै कुरा हो । कहिलेकाही“ पत्र–पत्रिका,दैनिक अखवारले यिनका लेख,कविता,निबन्ध छापेर पनि थोरै चरीमासु बराबरको पारिश्रमिक दिन्छन् कि मलाई थाहा छैन तर जहा“सम्म लाग्छ अलिकति सिद्रेभभग यिनले पाएकै छन् । यसरी यिनको छपाई कार्यमा भरथेग मद्वत भएको होला भन्ने लाग्दछ । हामीले बाहिरबाट देख्दा र यिनको जीवन अनुभूतिका दुःख पीडाहरु आफ्नै खालका होलान् त्यो अरु ठूलाठूला साहित्यकारलाई पनि परेकै कुरा हो । महाकवि देवकोटा आर्थिकरुपले सम्पन्न भएर पनि कहिल्यै आरामको जिन्दगी बा“च्न पाएनन् ।
शेक्सपियरले लण्डनमा नाटक हेर्न आउनेहरुको घोडा कुरेर बस्थे रे १ होमरले गाउ“मा गाइनेले झै गाएर हिड्नु पथ्र्यो । सुरदास,कवीर सबैले यही“ बाटो अपनाए यो सबै जीवन निर्वाहका लागि थियो । विश्वका अनेकौं साहित्यकारहरुको जीवनयापनको पेशा मजदुरी एवं श्रममा निर्भरनै हो भन्ने कुरा यिनका सन्दर्भमा पनि लागू नभएको हैन । यिनले २०२७ सालदेखि २०४५ सालसम्म अस्थाई शिक्षक पेसालाई अपनाएका थिए । पंचायतलाई समर्थन नगरेकोले शिक्षक स्थायी हुन नसक्दा कालान्तरमा यिनले शिक्षण पेशाबाट पनि हात धुनुप¥यो र यिनी जनमत जगाउने वाम राजनैतिक अभियानमा गुप्त संगठनमा संगठित हु“दै गए । सिम्तादेखि सुर्खेतका पाखा,पखेरा र गाउ“वस्तीमा यिनले पञ्चात विरोधी गतिविधिमा आफूलाई समर्पित गरे । बहुदलीय व्यवस्थाको पुनर्बहाली पश्चायत यिनी बजेडीचौर गाउ“विकास समितिको अध्यक्ष भए । जनताले यिनलाई यौधी माया गरेकाले सबैको प्यारो बन्ने अवसर पनि पाए । त्यति मात्रै कहा“ हो र सुर्खेत जिल्ला विकास समितिको सदस्य निर्वाचित भएपछि डेनमार्कको डाषु÷डेनिडा सुर्खेत जिल्ला विकास समितीमा जनप्रतिनिधि र कर्मचारीलाई प्रजातान्त्रिक अभ्यास प्रशिक्षण गर्न नेपाल सरकारस“ग सम्भौता गरी लागू भएको थियो ।
२०५२ साल देखि माओवादी शसस्त्र द्वन्द्वले जिल्लाभरमा कार्यक्रम हुन नसक्ने परिस्थिति जन्मेपछि डाषु÷डेनिडा संस्थाले यी लगायत सुर्खेत जिल्ला विकासका स्थानिय निर्वाचित जनप्रतितिधि र केही अधिकृत स्तरका कर्मचारीलाई डेनमार्कको स्थानीय निकायको अध्ययन अवोलोकन ई.सं.२००० अर्पिल १ देखि ७ सम्म आफ्नो देश भ्रमण गरायो । त्यो भ्रमणले वहुदलीय व्यवस्थाभित्र पनि संसदीय विकेन्द्रिकरण पू“जीवाद र समाजवादको मिश्रित आर्थिक प्रणालीबाट पारदर्शी कर र वितरण प्रणाली अत्यन्त विकसित गरी कमिसन र भ्रष्ट्राचारको अन्त्य गरेर धनी र गरीब जीवनमा समान भएको प्रशिक्षितबाट प्रभाबित हुन पुगी त्यो भ्रमणलाई नियमित डायरीमा लेख्न पुगे । आफ्नो देशमा प्रकृतिले धेरै बहुमूल्य सम्पदा दिएको छ । त्यस्तै राज्य व्यवस्था नेपालमा हुन पाए हुन्थ्यो भनी डेनमार्क भ्रमणको डायरी नामको प्रथम यात्रा कृति प्रकाशन गरे ।
त्यही“बाट यिनमा यात्रा वृत्तान्त लेख्ने तथा प्रकाशन गर्ने नसा लाग्यो र पछि त यिनी यायावरी शैलीमा दुर्गम पहाडी गाउ“का कुनाकाप्चामा समेत पुगेर त्यहा“को जनजीवनलाई कलममा उतार्न थाले । यात्रा साहित्यकारको रुपमा यिनको अभियानको कोशेढुगा नै बन्यो–डेनमार्क भ्रमण । त्यसपछि देश दुन्द्वमा जा“दा करिव दश वर्ष हिमालयदेखि अरवसागरसम्मका तेर वटा यात्रा संगालो हिमाल देखि सागरसम्म दोस्रो यात्रा कृति हो भने सम्वृद्धिको लहरीमा कर्णाली यिनको पछिल्लो तेश्रो यात्रा साहित्य हो । यद्यपि यसमा पनि यिनले राम्रो स“ग निखार ल्याउन र परिशोधन गर्न नसक्दा अनावश्यक कच्चा सामग्री पनि जस्ताको तस्तै समावेश हुन पुग्यो । मैले देख्दादेख्दै र सम्झाउदा सम्झाउदै पनि परिष्कारको अझै ठूलो सम्भावनाको अवसर चुक्यो र जे जस्तो छ अब त्यो पाठकहरुका हातमा छ । देवकोटाले शाकुन्तल महाकाव्यमा भनेझै“ १
माटो हो हुनता तथापि गहिरा आखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ।।
जो आयो तर वर्षिइ घनघटा कालो–निलो बाट यो ।
जोजो आउ“छ सो बिनीबिनी लिनु सौजन्यका शौरव हो ।।
यही कवितांशलाई देवकोटाबाट सापटी लिएर यिनको प्रस्तुत कृतिमा पनि सौजन्यशील पाठकहरुले आफूलाई चाहिएको सामग्री छानेर लिनुपर्ने अवस्था देखापरेको छ । यस कृतिमा अनेका“ै पहाडी जीवनको सुन्दर चित्र उतारिएको मात्र छैन अपितु त्यहा“का दुर्दान्त कथाहरुको पनि आधीबेहेरी नै छ । यस कृतिमा जहा–जहा यिनी पुगेका छन् त्यहा“को रस्तीवस्ती भएका पौराणिक,ऐतिहासिक वा सामाजिक विषयवस्तुहरुलाई आफ्ना निबन्धहरुमा समावेश गर्दै त्यसलाई क्रान्तिकारी धार दिनु यिनको लेखकीय मौलिकता बनेको छ । यसमा जेजति स्थानहरुको वर्णन छ त्यसमा केवल यिनको मात्रै मन गड्ने कुरा छैन । बरु बुढापाका र गन्यमान्यहरुले भनेका उखान,टुक्का,पहे“ली र कथा,कहानी समेतलाई नया“ शैलीमा परख गर्दै त्यसमा गतिलो शान लगाउने काम यिनले आफ्ना निबन्धहरुमा गरेका छन् । ‘ मनै हर्ने लालीगुरा“स,रमाइलो कर्णाली ’ मा यिनी मध्यकालीन सि“जा साम्राज्यको वर्णनमा केन्द्रीत छन् । १६ औं शताव्दी“ ताकाको कर्णाली,यहा“को बन्दव्यापार दैनिक आया आर्जनको श्रँेत,खेतीपातीको अवस्था प्राकृतिक भूबनोट तथा मानवीय जीवन मूल्यको सूक्ष्म चित्रण गरेर एउटा अन्वेषणकर्ताका रुपमा परिचय स्थापित गर्न सफल भएका छन् ।
चालीसको दशकसम्म बाटो घाटोको अभावमा नुन,तेल,चामललगाएतका खाद्यान्न सामग्रीको ढुवानीमा घोडाखच्चर र भेडा च्याङ्ग्राको जुन प्रयोग हुन्थ्यो त्यसलाई यिनले प्रस्तुत निवन्धमा राम्रोस“ग र दुःखान्त कथा लहरीहरुमा उनेर गाथा सुनाएका छन् । यिनले प्रयोग गरेको ‘कर्णालीको लहरी शब्द पनि वास्तवमै यहा“को जीवनशैलीलाई प्रतिबिम्वित गर्ने सुन्दर अलङ्कारयुक्त शब्द हो भन्ने लाग्दछ । कालीकोट,खाडाचक्र,मान्म,हाउडी माहबु र चुलीमालीका दुर्लङ्गे लेकहरुमा फुलेका अमूल्य जडिबुटी,औषधिजन्य वनस्पति तथा पशुपालन व्यवसायका सबै चित्रहरुलाई निबन्धमा उच्चताका साथ महत्य दिएको छ । यस प्रकारको प्राकृतिक सौन्दर्वले यस परिदृश्यलाई यिनले प्रकृतिको सुन्दर उपहारको रुपमा परिभाषित गरेका छन् । मुगुको रारा तालको वर्णन झनै चित्राकर्षक छ । कालीदासले मेघदूत जसरी प्रकृतिको सुन्दर वर्णन गरेका छन् ,त्यसरी यिनको कलमले लेख्न नसके पनि कालीदासको पदमार्गका यिनी गतिला र भरोसा योग्य यात्री भने अवश्य हुन् भन्ने कुरामा कुनै दुविधा छैन ।
कर्णाली वास्तवमै यिनले भनेझ“ै यदि जाग्यो भने सम्वृद्धिको महान् यात्रामा अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन भन्ने भाव यस कृतिको विभिन्न ठाउ“का वर्णनहरुले सिद्ध गरेका छन् । घरमै बसेर टाढाटाढाका भूगोलका नक्साको भरमा कल्पना गरेर त्यहा“को वर्णन गर्नेहरुका लागि यो कृति फलामको च्यूरा हो र यिनको सानो मेहनतको उपलव्धि हैन भन्ने कुरामा सबैलाई विश्वास दिलाउन प्रस्तुत कृति आफैमा यौटा जवाफ हो भन्ने मलाई लाग्छ । यिनले जाने जति देखेर,भोगेर वा भनौ“ कतिपय बुढापाकाबाट पहे“ली सुनेर जुन वर्णन गरेका छन् त्यसले हामी सबैलाई ती स्थानहरुमा भ्रमणका लागि आकर्षित गर्दछ । महान् चिनिया“ यात्री हुयान साङले तिब्बतदेखि ल्हासा हु“दै प्राचीन रेशममार्गलाई छिचोलेर एसिया प्रशान्त क्षेत्रका ठाउ“हरु आफ्नै सतत् पाइतालाले घुमेका कथा–कहानी पढेर हामीले आश्चर्य मान्नु पर्ने केही छैन ।
त्यसरी हुयान साङले पत्ता लगाएर आफ्नै अन्वेषणका भरमा जसरी यहा“को धर्म,संस्कृति र सामाजिक जीवनलाई नजिकबाट विश्लेषण गरे पृथ्वीबहादुर सिंहले पनि यस कृतिमा त्यही“ आधार माथि टेकेर अन्वेषणात्मक शोधखोजको राम्रो खजाना हामीलाई समर्पित गरेका छन् । यिनका कथा,कविता,निबन्ध,उपन्यास,लेख तथा मौखिक अभिव्यक्तिप्रति गाउ“–ठाउ“को जुन यथार्थ वर्णन छ त्यसले हाम्रो कच्चा सामग्रीको भरपर्दो स्रोतलाई उजागर गरेको छ भन्ने कुरामा दुईमत छैन । यिनले देखि जानेका सबै सामग्रीलाई यस कृतिमा सरल,सम्प्रेषणीय एवं अभिद्यात्मक काव्यभाषामा जसरी व्याख्या,वर्णन गरेका छन् त्यसले जो कोही लेखक,कवि,कलाकारलाई पनि सजिलैस“ग प्रभावित पार्न सफल भएको छ । यिनी खेती किसानीका भाका गाउने एक महान् गायक हुन् र यिनको प्रतिभाको सबैले सम्मान गर्नु पर्ने हुन्छ भन्ने मलाई लाग्दछ । समयले यिनको यस कृतिलाई गाउ“–गाउ“मा पु¥याउन मद्वत गरेको खण्डमा यसले पार्ने प्रभाव कम मूल्यवान हुने छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
जन्मदै कोही पनि प्रतिभा सम्पन्न हु“दैन उसको लगनशीलता,परिश्रम,अध्ययन तथा देश देशान्तरको परिभ्रमणले पनि धेरै ठूलो ज्ञान हासिल गर्न मद्वत गर्दछ भन्ने कुरा यस कृतिमा पनि प्रतिबिम्वन भएको छ । समाज विकासका आयामहरुमा भलै यस्ता अनेकौं कृतिहरुको जन्म भई सकेको छ,तापनि सबैको आ–आफ्नै भूमिका र महत्व रहने गर्दछ भन्ने दृष्टान्त यसमा पनि लागू गर्न सकिन्छ । यस कृतिमा तीर्थाटनको कुम्ले फौजको रानो मौरी बन्नु पर्ने अवस्थाको पनि वर्णन छ । त्यसमा यिनले राधास्वामी सत्स“गको रमणीयतालाई पनि धर्मभन्दा फरक पाटोबाट व्याख्या गरेको पाइन्छ । सामान्यतः यिनी भौतिकवादी विचारधाराप्रति रुझान राख्ने भए पनि बीच–बीचमा भने धर्मचक्र प्रवर्तनको महत्वकांक्ष्ँी योजनामा यिनी डुबुल्की मार्न खोजेको देखिन्छ । धार्मिक अन्धविश्वासप्रति यिनको विरोध रह“दारह“दै पनि के अन्धविश्वास हो ? के विज्ञान हो ? भन्ने लक्ष्मणरेखा कोर्न यिनी चुकेका छैनन् र भागवत भक्तिरसको परमानन्दमा लीन भएका पनि छ्रैनन् । यससम्बन्धी अर्को यात्रा वर्णन खैरावाङ देवीको दर्शन पनि धार्मिक पर्यटनस“ग सम्बन्धित छ र त्यसमा देवीको मन्दिरस“ग जोडिएका विषयवस्तुहरु समावेश छन् । यस क्षेत्रको सांस्कृतिक पक्षलाई पनि निबन्धकारले केलाएका छन् । त्यहा“को लोकसाहित्यबारे पनि चर्चा गरेका छन् । सल्यानको खैरावाङ क्षेत्रमा यो मन्दिर प्रसिद्ध मानिन्छ ।
धार्मिक आस्था बोकेका जनसमुदायका लागि दर्शनीय स्थलका रुपमा प्रसिद्ध रहेछ भन्ने कुरा प्रस्तुत निबन्धले छर्लड्ड पारेको छ । विलासपुरदेखि सिखरद्वारी यात्रा निबन्धमा पनि दैलेखस्थित बेलासपुरको दरवार एवं नजिकै वरपरका परिद्र्रश्यहरुलाई केन्द्रविन्दु बनाएर सिखरद्वारी सम्मको पर्यटनलाई जोडिएको छ । त्यसव्रmममा दैलेख स्थित विभिन्न धार्मिक स्थलको अवलोकन गर्ने काम यसमा गरिएको छ । सि“जा साम्राज्यको शीतकालीन दुल्लु दरवारलाई परिव्रmमा गरेर निबन्धकारले त्यहा“का रम्य मनोहर पहाडी दृश्यहरुलाई पनि प्रतिबिम्वित गर्न भ्याएका छन् । यात्रा वर्णनका अनेकौं झा“कीहरु यसमा प्रस्तुत भएका छन् । कर्णालीको सि“जा सभ्यतादेखि सुदूरपश्चिमका पहाडी गाउ“,वस्तीमा घुमेको दृश्य पनि यहा“ देख्न सकिन्छ । अमरगढीमा साहित्यकारस“ग निबन्धमा यिनी सुदूरपश्चिमको यात्रा गरेका छन् र नेपाली साहित्यमा नियात्राकार निर्मोही व्यासलगायतस“गको भ्रमणलाई यसमा प्रतिबिम्वित गरेका छन् । निर्मोही व्यास आफैमा यौटा सिद्धहस्त नियात्राकार एवं नाम चलेका राष्ट्रिय प्रतिभा भएकाले यिनको सानिध्यताले सिंहजीलाई मनग्ये लाभ भएको कुरा निबन्धमा छर्लड्ड भएको छ । कर्णालीको तिरतिरै अछामको शाहीखोला तरेर मंगलसेन पुग्छन् र त्यहा“का प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीस“ग पनि साथ गर्न पुग्छन् । भण्डारी मूलतःकवि एवं प्रशासक भएकाले यिनलाई बस्न,खान र आवतजावतका लागि सहज भएको कुरा निबन्धमा व्यक्त भएको छ । अछाम हु“दै यिनी ड“डेल्धुराको अमरगढीबजार (सदरमुकाम) पुग्छन् ।
यहा“देखि त्यहा“सम्म र त्यहा“देखि यहा“सम्म जता जान्छन् यिनको घुमघाममा साहित्य मौलाएको नै पाइन्छ । त्यहा“को परिदृश्यलाई यिनले नजिकबाट चुम्ने अवसरका लागि यी दुई साहित्यकारको महत्वपूर्ण भूमिमा रहेको तथ्यलाई इमान्दारीपूर्वक आफ्ना निबन्धमा बान्की दिएका छन् । यो यिनको सकारात्मक गुण हो भन्ने मलाई लाग्छ । बा“के बर्दिया घुमेर आउ“दा निबन्धमा बा“के र बर्दियाका विभिन्न क्षेत्रको भ्रमण अनुभूति छ । यसै गरी दुल्लुको साहित्यिक महोत्सव निबन्धमा दुल्लु साहित्यको केन्द्र थलोको रुपमा रहेको विषयलाई अलिकति बढाई चढाई लेखेका छन् । मलै बमको कोट दरवारमा उभि“दा निबन्धमा कालीकोटको शाही दरवारको ऐतिहासिक पुरातात्विक महत्वलाई झल्काउ“छन् । त्यहा“को जीवनशैली र सामाजिक सम्बन्धलाई पनि निबन्धमा दर्शाएका छन् । जैथक किल्लामा झल्केको नेपाली वीरता निबन्धमा वीरतापूर्ण नेपाली गाथाको जयगान गरिएको छ । भारतको देहरादून हु“दै उत्तरा खण्डमा पर्ने राजगढ,श्रीमोर,पाउट नदीको दृश्य सबैलाई यसमा अंकित गर्दै का“गडासम्मको नेपाली भूमिस“ग सुगौली सन्धीको पीडालाई जोड्न पुग्छन् । वीरता पूर्वक लडेर कायम गरेको भूमि का“गडा क्षेत्रका उत्तराञ्चल लाई नियाल्दै त्यहा“बाट महाकाली वारीमा सीमित हुनुपरेको नेपाली भूभागको वर्णन यसमा गरिएको छ । सोलोन बजारदेखि राजगढसम्मका सबै क्षेत्रमा यिनले पहु“च पु¥याएका छन् ।
निबन्ध यिनको प्रस्तुत कृतिमा भएका सबै निबन्धहरु मध्ये स्वोकृष्ट निबन्ध हो । सिम्ताली सुसेलीस“गै कुपिण्डे दहको परिभ्रमण राजा बस्ने टाकुरी बाट सिम्तालाई नि“याल्दा कोटको थुम्को सिम्ताको रन्को जस्ता निबन्धहरुले लेखकको आफ्नै वरपरको स्थानीय जनजीवनप्रतिको दृष्टिकोणलाई प्रकाश पारेको छ । यी निवन्धमा यिनी आफ्नै रुजे भिजेको रस्तीवस्तीको परिद्वश्यमा रमाएको र त्यसको व्याख्या वर्णन गरेको पाइन्छ । यौटा फरक परिवेश झल्काउने निबन्ध अन्नपूर्ण सेरोफेरोमा गण्डकी प्रदेशको दर्शन विशेष केन्द्रविन्दुमा छ । मुक्तिनाथको कठिन यात्राको सुन्दरता पनि यसमा पाइन्छ । ताल वाराही मन्दिरको दर्शनदेखि मुक्तिनाथसम्म काली गण्डकीका छालहरुमा स्पर्श गराउने र त्यहा“का धार्मिक स्थलहरुको परिचय गराउ“दै समग्रमा ती क्षेत्रमा घुमेका परिदृश्यहरुलाई यसमा समेटिएको छ । विभिन्न शीर्षकका अठार वटा निबन्धहरुले सम्वृद्धिको लहरीमा कर्णाली कृतिलाई धन्य तुल्याएका छन् । कर्णालीको सेरोफेरो प्रमुख भएपनि अन्य विभिन्न प्रदेशको परिभ्रमणलाई पनि यसमा उत्तिकै महत्वका साथ उजागर गरिएको छ । यसरी भन्नुपर्दा निबन्धकार पृथ्वीबहादुर सिंह यो क्षेत्रकै अब्बल दर्जाको,लेखक नियात्राकार एवं सर्जक हुन् भन्ने कुरामा कुनै दुईमत छैन । देशाटनका अनेकौ“ पहे“लीलाई अझै बाहिर ल्याउने तरखरका छन् यिनी । बेला–बेलामा हुने छपाइ समस्याले पिरोलिद“ै फेरि कम्मर कसेर उठ्दै अर्थ भावलाई पनि पूर्ति गर्ने संवल यिनमा आशातीत नै छ । विचारमा आशावादी,प्रगतिशील तथा सामाजिक रुपान्तरणको पक्षपाती भएकाले यिनमा निराशा कम छ, यद्यपि त्यसबाट यिनी मात्रै हैन जो कोही पनि अछुतो छैन । समयभावले गर्दा यिनमा चाडै केही गरेर भए पनि मर्नु अगाडि समाजलाई धेरै योगदान दिन सकिन्छ कि भन्ने चिन्तामा यिनी रातदिन भुट्भुटिएका छन् । गाउ“ घरमा हुने मेला–मालिकामा यिनी सि“गारु ,सोरेटी ,मारुनी ,पैसेरी ,नचरी ,झापे्र नाच नाच्छन् ग्राम्य लोकलय र जीवनशैलीलाई पुरै अवलम्वन गर्दै त्यहा“को सुख दुःखको साथी हो भन्ने कुरा यिनको व्यवहारबाट प्रमाणित भएको छ ।
महान् रुसी साहित्यकार मैक्सिम गोर्कीको पनि यिनको जस्तै फिरन्ते जीवनबाट साहित्य सुरु भयो र यौटा परिष्कारपूर्ण महान् लेखकमा स्थापित भएको हामीले भुल्नु हु“दैन । हाम्रै देवकोटा पनि अलमस्त जीवनका आयामहरुमा कहिले के ? कहिले के ? समस्यासित जुभ्mदै राणाविरोधी आन्दोलनमा नेतासमेत बनेको उदाहरण छदैछ ।रुसी साहित्कार निकोलाई आस्त्रोभोस्कीको अग्नीदीक्षा उपन्यासमा एकजना प्रमुख पात्र छन् पावेल कर्चागिन यी पात्रको जीवन कि आन्दोलन कि प्रहरीको कुटाईबाट अस्पतालमा भर्ना हु“दाहु“दै पूरा जीवन सकिन्छ । आन्दोलन–अस्पताल,आन्दोलन–अस्पताल यसरी नै कर्चागिनले सम्पूर्ण समय खर्चिन्छन् । यिनमा ती पात्रको यौटा चरित्र मैले देखेको छु । त्यो के भने –यिनी यता लेखिरहेका हुन्छन् ,या त घुमिरहेका हुन्छन् । त्यही“ भ्रमण लेखन, भ्रमण लेखन गर्दागर्दै यिनको सारा समय व्यथित भएको छ । भारतका ठूलाठूला शहरदेखि ससाना गल्ती–गल्तीमा यिनी कुल्ली,दरवान र चौकिदारस“ग मितेरी लाउन पुग्छन् । यसरी घुम्दै,रम्दै झा“गाझोली तालमा जोगीको जस्तो जीवनशैलीमा यिनले सारा समय व्यथित गरे । कसैले यिनलाई नजिकबाट चिन्यो भने परन्तु कालसम्म त्यसस“ग यिनको सम्बन्ध स्थापित रहेको हुन्छ । मैले यिनलाई पचासको दशकदेखि यस्तै घुमक्कडी फकिर बाबाको रुपम देखिरहेको छु । कवीरको शैली पनि भन्न सकिन्छ यसलाई यसरी सारा जीवन नियात्रा,खोज एवं परिभ्रमणको उपलब्धीका रुपमा प्रस्तुत सम्वृद्धिको लहरीमा कर्णाली नियात्रा संग्रहलाई मूल्याङ्कन गर्नु पर्दछ ।
अन्तमा यी साहित्यकारको सफलताको पूर्णरुपमा कामना गर्दै सतत् लेखनको अविश्रान्त अभियानलाई हार्दिक पुष्पाञ्जली अर्पण गर्दछु ।
–बलभद्र भारती – ,विश्वभाषा साहायक क्याम्पस,प्रमुख काठमाण्डौं
प्रतिक्रिया दिनुहोस्