कोहलपुर ।
कल्पना फाउन्डेसन नेपालको आयोजनामा आयोजित कल्पना पौडेल जिज्ञासुको सातौं कृति कविता संग्रह अग्निस्पन्दनू को विमोचन तथा विवस आमाू गीत सार्वजनिक कार्यक्रम फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अघ्यता मा र प्रा डा कृष्ण प्रसाद धिमिरे ज्यू प्रमुख अतिथि र विशिष्ट अतिथिहरु पुर्व प्राग्य सचिव सनत रेग्मी , पुर्व प्राग्य डा हरि प्रसाद तिमिल्सिना, महानन्द ढकाल लगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थितिमा नेपालगञ्ज उध्योग बाणिज्य को हलमा सम्पन्न भएको छ।
कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटा ले स्वागत मन्तव्य को साथै कार्यक्रममाथि प्रकस पार्नुभएको थियो। साहित्यका विविध विधामा कलम चलाउने कल्पना पौडेल जिज्ञासुको यो सातौं कृति अग्निस्पन्दन ऐरावती प्रकाशन काठमाडौँले प्रकाशित गरि बजारमा ल्याएको छ। जिज्ञासुको शब्द रचनालाई रियाज शिवाकोटीको संगितमा चर्चित गायिका बेनिसा पौडेलले स्वर दिएकी छन। राजिव शाह स्टुडियो र रियाज रेकर्डिङ सेन्टरले उत्पादन गरि बजारमा ल्याएको छ।
आमाको विवसतालाई मुख्य विषय बनाइएर लेखिएको गीतका शव्दहरूले कार्यक्रममा प्रसारित गर्दा उपस्थित सबैलाई भाबुक बनाएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा कृष्ण प्रसाद घिमिरे, विशिष्ट अतिथि हरू सनत रेग्मी, डाक्टर हरि तिमिल्सिना, महानन्द ढकाल, नरेन्द्र जंग पिटर लगायतले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना मन्तव्य मा बोल्दै जिज्ञासुकोले बेरोजगारी र गरिबीका कारण साना सन्तानलाई घरमा छोडेर विदेशिन बाध्य भएका आफु लगायत लाखौं आमाहरुको भावनाहरुलाई शब्दहरू समेटेर गीतको माध्यमबाट राष्ट्र र समाजलाई सन्देश दिन सफल भएकी छन्।
बाँकेमा रहेर साहित्य सिर्जनकर्ममा क्रियाशील साहित्यकार कल्पना पौडेल जिज्ञासुको सातौँ साहित्यिक कृतिको रुपमा आएकोअग्निस्पन्दन कविता संग्रह भित्र ५२ वटा कविताहरू समेटेर तयार पारिएको छ।अग्नि स्पन्दन संग्रह भित्रका अघिकांश कविताहरुमा नारीबाद र प्रगतिशील चेत मुखरित भएकोले समाजमा रहेको अन्धविश्वास,रुडिबादी चिन्तन, अन्याय,अत्याचार , शोषण दमन , नारी हिँसा को बिरुद्ध मा खरो आवाज मात्र उठाएकी छैनन् ,विद्रोहबाट समस्याको समाधान खोजेकी छन ।
जेन्जी र जेन्जी आन्दोलनमा बगेको रगत र प्रवासी नेपालीहरूको जन्मभूमिप्रतिको अगाध स्नेह , शिक्षक,अभिभावक र विद्यार्थीको भुमिका र राष्ट्र प्रतिको माया लाई समेत समेट्न सफल कविता सङ्ग्रह पठनिय रहेको भन्दै प्रमुख अतिथि लगायतका वक्ताहरुले कृति सफलता को शुभकामना दिएका थिए।
कार्यक्रममा अग्निस्पन्दन कविता सङ्ग्रह मा रहेका मन छुने कविताहरूलाई साहित्यकारहरु सुमित्रा न्यौपाने, विष्णु पादुका, मिना बराल ,ममता रावल, महानन्द ढकाल, नरेन्द्र जङ पिटर, प्रा डा कृष्ण प्रसाद धिमिरे ले वाचन गर्नुभएको थियो।
फाउन्डेसनका सचिव लेखप्रसाद प्याकुरेल ले सञ्चालन गरेको कार्यक्रम लाई फाउन्डेसन कि अध्यक्ष कल्पना पौडेल जिज्ञासुले आफूले समाजमा रहेका विभिन्न विषयवस्तु हरूमध्ये विशेषगरी दुःखी गरिब शोषित पीडित र महिला हरूका विषयवस्तुहरू समेटेर गजल, मुक्तक, नीतिकथा, कथा लघुकथा र कविताको माध्यमबाट समाज रूपान्तरणको लागि सन्देश दिने ढङ्गबाट लेख्दै आएको र यो अग्निस्पन्द कविता संग्रह पनि त्यसैको निरन्तरता स्वरूप सातौं कृति भएतापनि कवितातर्फ पहिलो कृति भएकोले यसभन्दा पहिलाका कृतिहरूले जस्तै पाठकहरूको मन जित्न सफल हुने कुरामा विश्वास व्यक्त गरेकी थिइन्।









प्रतिक्रिया दिनुहोस्