सानो छड्के झोला भिरेकी एउटी युवती हातमा अर्को झोला सामातेर गेटवाट सरासर भित्र छिरी । ढोकाको छेवैमा भएको स्विच थिची । भित्रबाट एउटी महिला हँसिलो मुहारमा ढोका खोल्न आइपुगी र उसको झोला सम्हाली । युवतीले निधार खुम्च्याँउदै कडा स्वरमा सोधी ‘ईश्वर खोइरु’ ‘ऊ माथि छ । भित्रै आउनु न !’ महिलाले इशारा गर्दै स्वागत गरी । ईश्वरले नि के हेरर मान्छे राख्छ हँ… फत्फताउँदै उसँग घरको माथिल्लो तलातर्फ उक्लिई । ऊ बजारिया फेसनल सँगै आफुलाई निकै सुन्दरी बनाएकी थिई । युवती केही वेर सोफामा आराम गरी । युवतीको इशारा अनुसार महिलाले झोला सोफामा राखी । अनुमति लिएर महिला फिर्ता भई । युवती बिस्तारामा सरी । महिलाले पानी ल्याई । युवतीले एसी तथा टिभीको रिमोट चलाउँदै पानी पिउन निकै बेर लगाई । महिला एकटकले गिलास धेरै बेर कुरिरही ।
महिला तल झरेपछि ईश्वर कोठामा छिर्यो । ‘हैन के हो यो चालारु काम गर्ने आइमाई पनि गतिलो पाइएन हैन रु’ युवतीले कडा स्वरमा सोधी ।
ईश्वरले निधार खुम्च्याँउदै भने ‘के भयो र ?’ ‘छि छि त्यो लाटी गोज्यान्ग्री नोकर्नीलाई हेर्नै मन छैन । त्यसले त मेरो मुडअफ गरी’ त्यसलाई अहिल्यै घरबाट निकलिदिए हुन्छ बेबी । युवतीले ईश्वरलाई आफ्नो खाटतिर तान्दै भनी । ईश्वरले हात झटकारेर बस्न इन्कार गर्यो । ऊ केही नबोलेर तल झर्नै लागिरहेको थियो । सबै कुरा सुनिरहेकी महिला सिंढीबाट हतार हतार बाहिर निस्की्र ईश्वर महिलालाई भेटाउन दौड्दै गयो्र ऊ अझै दौडी । टाडा पुगेपछि उसले महिलाको बाटो छेकेर रोक्यो्र महिला एकोहोरो अघि बढ्न खोजी । अन्त्यमा, ईश्वरले सम्झाउन सफल भयो । दुबैजना सँगै घर फर्के ।
यो देखेर युवती रिसले चुर हुँदै बर्बराउन थाली ‘तिम्रो दिमाग त ठिक छ, यस्ताका पछि लाग्ने ?… (बोल्दा बोल्दै) ईश्वरले युवतीको चुल्ठो समातेर गेट बाहिर लतार्दै भन्यो ‘अब आइन्दा म र यो घरतिर कहिल्यै फर्केर पनि नहेर्नु’ ‘देवी जस्ती आमालाई नचिन्ने तँ जस्ती राक्षसको कुनै काम छैन ।’
बद्री ढकाल हिरामणि,कोहलपुर ,बाँके









प्रतिक्रिया दिनुहोस्