मृत्यु र मुक्तिको संकल्पमा जनयुद्ध लडेका दिपक



देशमा सशस्त्र द्वन्द्व अर्थात् माओवादी जनयुद्ध चलिरहेको थियो । त्योबेला जताततै डर, त्रासको वातावरण थियो । एकातिर माओवादी जनयुद्धमा सहभागी हुने युुवाको क्रम बढिरहेको थियो भने अर्कोतिर सरकारी सेनामा पनि भर्ती हुने क्रम बढेको थियो । माओवादी नेता तथा कार्यकर्ताहरू घरदैलो अभियान गर्दै आम नागरिकलाई जनयुद्धमा लाग्न हौस्याई रहेका थिए । त्यहीबेला मृत्युु र मुुक्तिको संकल्प गर्दै जनयुद्धमा होमिएका थिए, लक्ष्मीप्रसाद उपाध्याय अर्थात् कमरेड दिपक गौतम । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र तत्कालिन सरकारबीच २०५२ देखि २०६३ सम्म चलेको सशस्त्र द्वन्द्वमा माओवादी जनयुद्ध लडेका उनै (कमरेड) दिपकसँग नन्दराम जैशीले गरेको कुराकानीको सम्पादित अंश ।


पढाइ छोडेर जनयुद्ध

२०३८ कार्तिक २६ गते बुुवा कृष्णभक्त र आमा कृष्णकला उपाध्यायको कोखबाट जन्मिएका (कमरेड) दिपक कक्षा १० मा पढ्दापढ्दै पढाइ छोडेर माओवादी जनयुद्धमा होमिएका थिए । जुम्लाको तातोपानी गाउँपालिका–४ गौतमबाडा स्थायी घर भएका उनी २०५६ सालमा जनयुद्धमा सहभागी भए । तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठन जुम्लाको कोषाध्यक्षको रूपमा समेत काम गरेका उनी २०५६ सालदेखि नै निरन्तर जनमुुक्ति सेनामा कार्यरत रहे ।
उनले भने, ‘म स्कुुलमा पढ्दै गर्दा युद्ध चलिरहेको थियो । देशभरी अभियानको रूपमा युद्ध सञ्चालन भएको थियो । हिमशिखर मावि तातोपानीमा कक्षा १० अध्ययनरत थिए ।

स्कुलमा पढ्दै गर्दा २०५५ सालमा पृथ्वीबहादुर रावत (बेहोसी) भन्ने (कमरेड) विद्यालय आएर संगठनलाई संगठित गर्नुभयो । राज्य व्यवस्थाले जनतामाथि गरेको अन्याय र अत्याचारको विरुद्धमा सिक्ने र जान्ने मौका पाइयो । त्यसपछि यो युद्ध ठिक छ भन्ने धारणा बनेपछि म जनयुद्धमा सहभागी भएँ ।’

त्यो बेला उनलाई घरपरिवारको पनि खासै वास्ता भएन । साथीभाइहरूबीच सल्लाह गरे । युद्धको विशेषता र आफूहरूले खेल्नुपर्ने भूमिकाका विषयमा (कमरेड) दिपकसँगै सबै साथीहरू सकारात्मक भए । कालिकोट घर भएका गणेश शाही (आकाश) हाल खाडाचक्र नगर उपप्रमुखको भूूमिकामा छन् । त्योबेला उनै आकाशले (कमरेड) दिपकलाई जनयुद्धमा होमिन प्रभावित पारेपछि उनी इच्छुुक भएका थिए ।

उनी भन्छन्, ‘राज्य व्यवस्थाका विरुद्ध लड्नुपर्छ र जनतालाई मुक्ति दिनुुपर्छ भन्ने सन्देशका साथ म जनयुद्धमा होमिएँ । जहानियाँ राणा शासनदेखि शाही शासन सम्मको निरंकुुश राज्य व्यवस्था २०४ वर्ष पुगिसकेको थियो । त्यसैका विरुद्ध सर्वहारा वर्गको हितमा लड्नका लागि संघर्ष गर्नपर्छ भन्ने मानसिकता पैदा भयो । खासगरी गाउँघरमा पनि त्यो बेला अत्याचार नै थियो । हुनेखानेहरूले सामान्य वर्गका मान्छेलाई हेप्ने, धम्क्याउने, होच्याउने, जातीय विभेद र जवजस्ती पनि गर्ने चलन थियो । त्यो सामन्ती सोचको अवशेष नै हो । त्यसैका विरुद्ध संघर्ष गर्नुुपर्छ भन्ने तत्कालीन माओबादी कार्यकर्ताले गाउँ गाउँमा आएर सबैमा भावना जगाए । म पनि सकरात्मक भएँ र युद्धमा होमिएँ ।

घाइते ज्यान, भोकै हिँडाइ

उनी भन्छन्, ‘युद्धमा हामी जनमुक्ति सेनाको फौजमा भएकाले शाही सेनाहरू आइराख्ने भिडन्त भइराख्ने हुन्थ्यो । म आफैँ कमान्डर भएर कालिकोटको कोडबाडा प्रहरी चौकीमा पहिलो पटक लडाइँ लडेका थियौँ । हामी ठूलो टिममा हुन्थ्यौँ । टिममा हुँदौ जहाँ बसिन्थ्यो त्यहाँका जनतासँग अलिअलि चिनजान हुन्थ्यो । तर कार्यकर्ता साथीहरूको जस्तो जनतासँग हाम्रो सम्बन्ध खासै हुँदैैन थियो । कहिले काहिँ युद्ध लडेर फर्किदा खानाको निकै समस्या हुन्थ्योे । भोकभोकै २÷३ दिनसम्म पनि बसेका थियौँ ।

घाइते हुँदा पनि निरन्तर हिँडिरहन पर्ने, खान नपाइने, दुस्मनले पिछा गर्ने, राती हवाइ हमाला गर्ने, नाकाहरू बन्द गर्ने यस्ता अनेकौँ समस्या हुन्थ्योे । बेनी युद्धबाट फर्किदा राताखोला भन्ने स्थानमा यति ठूलो हमला भयो । हामी हिँडिरहेका थियौँ । त्यो ढोरपाटनको भित्रीक्षेत्रमा पर्छ । आर्मीले हवाई हमला गर्दै क्षेप्यास्त्र नै हान्यो । २-३ दिनसम्म खाना खाने व्यवस्था नै भएन ।

हामीले सम्भव भएसम्म रासन बोकेका हुन्थ्यौँ । त्यस्तो बेला पलास्टिकमा भात पकाएर पनि खान्थ्यौँ । यता अछामको मंगलसेनमा कारबाही गर्दा हाम्रो टिम साँफेबगरमा थियो । हामी त्यहाँबाट खाना नखाएर भोकभोकै लतारिँदै जुम्लाको पातरखोला भन्ने ठाउँसम्म पुुगेका थियौँ । त्यतिबेला म आफैँ घाइते पनि थिएँ ।

एकातिर घाइते शरीर अर्कोतिर भोकभोकै त्यसैमा हिउँ परिरहेको थियो । पातलो कपडा निकै चिसो थियो । निकै लामो यात्रापछि जेनतेन पातरखोला पुुगेपछि खाने र आराम गर्ने मौका मिलेको थियो । त्योसँगै युद्धमा म २ पटक घाइते भएँ । पूूर्वको भिमान प्रहरी चौकीमा लड्दा पनि घाइते भएको थिएँ ।’’

युद्धमा मुठभेट र कारबाही

(कमरेड) दिपकको नेतृत्वमा पहिलोपटक कालिकोटको कोटबाडा प्रहरी चौकीमा लडाइँ भएको थियो । त्यसपछि दाङ, अछाम, पूूर्व भिमान, रुम्जाटार, जुम्ला लगायतका सयौँ स्थानमा उनी लडाइँ लडे । कतिपय ठाउँमा भिडन्त भयो भने कतिपय ठाउँमा पार्टीको निर्देशन अनुसार कारबाहीमा उनी सहभागी भए ।

उनले थपे, ‘बाँके कुुसुुमको लडाइँमा सबैभन्दा धेरै साथीहरू गुमाउन पुुग्यौँ । त्यहाँ ठूलो क्षति भयो । मेरो टिममा रहेका जुम्लाका २ जना साथीमात्रै सकु्शल फर्किएका थिए । यस्ता धेरै घटना छन् । प्रायः राती नै हिँडिरहनुुपथ्र्यो । ठूलो समूह हुने भएकाले जंगली जनावरको डर हुँदैन थियो । दुुस्मन पनि जनमुुक्ति सेना आएको छ भन्ने थाहा पाएपछि भिड्नै त आउँदैन थियो । तर कहिलेकाहिँ मुठभेट हुन्थ्यो । प्रायः हामीनै जाइ लाग्थ्यौँ । दुुस्मन कमै आइलाग्थ्यो । जनताको साथ सहयोग र सूचनाका आधारमा आर्मी आएको थाहा हुन्थ्यो । त्यस्तोबेला हामी सुुरक्षित नै हुन्थ्योैँ । खाना खुुवाउने, सूूचना सञ्चार गर्ने, बाटो सिकाउने सबै जनताहरूले गरेका हुुन्थे । अहिलेका राजाबादीहरूले भने जस्तो हामी जंगलमा बस्दैन थियौँ । गाउँमै बस्थ्यौँ ।

त्यसको व्यवस्था सबै गाउँलेहरूले नै मिलाउँथे । हाम्रो सुरक्षा पनि स्थानीय जनताले नै गरेका हुन्थे । कहाँबाट आउने कताबाट जाने जोखिम र सुरक्षाबारे पनि सबै स्थानीयले सिकाउँथे । सबै कुराको अध्ययन गरेर मात्रै हिँड्नेदेखि कारबाही गर्नेबारे निश्कर्ष हुन्थ्यो । २०५८ र ०६० मा २ पटक युद्धविराम भयो । त्यो बेला हतियार सुुरक्षित राखेर बस्थ्यौँ । सरकारले बेइमान गर्न सक्छ भन्ने हुन्थ्यो । भने हामी रणनैतिक रूपमा केही समय विश्राम गर्नुुका साथै थप तयारी गर्नका लागि पनि युद्धविरामको प्रस्ताव हुन्थ्योे । दुुबै युद्धविरामका बेला माग सम्बोधनका लागि सहमति नभएपछि हामी सुरक्षित हुँदैै फोर्स सुुदृढ गरेर थप तयारीमा लागेका थियौँ ।’

शान्ति सम्झौतापछि…

माओवादीले २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ ‘जनयुद्ध’ सुरुवात गरेको थियो । २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै उक्त युद्ध समाप्त भएको थियो ।

यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ । उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७ हजार भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो ।

उनले भने, ‘शान्ति सम्झौतापछि सेना समायोजनका बेला हामी छैटौं डिभिजनमा थियौँ । यसको मुख्यालय सुर्खेतको दशरथपुरमा थियो । म पहिला जिएमएस स्मृति ब्रिगेट खोल्टेपानीको बटालिएन कमाण्डर थिएँ । त्यसपछि मेरो पल्टन घोराइ सतवृद्धि ब्रिगेड लेकफर्शामा थियो । म त्यहीँबाटै अवकाशमा निस्किएको थिएँ । सेना समायोजन भइरहेकै बीचमा अनमिनद्वारा निरीक्षण गरिएको थियो । त्यो बेला एउटा पोष्ट थियो ।

२०६५-०६६ तिर ब्रिगेडहरूमा विस्तार गरेपछि ब्रिगेडको प्रतिनिधि भएर नेपाली सेना निरीक्षक, सशस्त्र प्रहरीको डिएसपी, नेपाल प्रहरीको डिएसपी र म चार जनाको टिम बनाएर ब्रिगेडको अनुगमनमा बसेका थियौँ । जनयुद्धको बेला त्यो ठाउँमा पुुगौँला जागिर गरौँला भन्ने सोच नै थिएन । त्यसैले मलार्ईं सेना समायोजन हुन स्वीकार नै भएन । घर फर्किने निर्णय गरे । फेरी घर फर्केर समाज रुपान्तरणको संकल्पमा होमिन इच्छा जाग्यो । जागिरे जीवन बिताउन भन्दा घर फर्केर कृषि कर्ममा जोडिएर पार्टी राजनीतिमा लाग्ने मन भयो । सोही अनुसार अहिले अघि बढेको छु ।’

यो परिवेशको कल्पना थिएन

जनयुद्ध लड्दै गर्दा हाल यो अवस्थामा आइएला भन्ने (कमरेड) दिपकले सोचेकै थिएनन् खासमा । त्यतिबेला उनी जनयुद्धमा एकोहोरो होमिएका थिए । कि मृत्यु हुन्छ कि मुक्ति हुन्छ भन्ने संकल्पका साथ युद्धमा लागेका उनी अहिलेको यो परिवेश जनयुद्धको बेला कल्पना नगरिएको बताउँछन् ।

‘समय परिस्थिती अनुसार १९ दिने जनआन्दोलन भयो । त्यसपछि हामी लोकतान्त्रीक गणतन्त्रको परिवेशमा आइपुुग्यौँ । अहिले यहाँ आइपुुग्दा ठूलो मत भिन्नता छ । जनयुद्ध खासमा के हो ? भन्ने पनि छ’ उनले भने, ‘जनयुद्ध गरिब सर्वहारा निमुुखा जनताहरूका लागि आशाको दियो बन्नुपर्छ । दबिएका वर्गहरूका लागि मुक्तिको बाटो बन्नुपर्छ भन्ने थियो । हिजो जनयुद्धमा जुुनखालका संकल्प गरिएका थिए । त्यो ठ्याक्कै पूरा हुुन सकेन । तर अहिले जेजति प्राप्ति भएको छ । यो सबै जनयुद्धको जगको उपलब्धी हो । तर जनयुद्धले जति प्राप्ति गर्नुुपर्ने थियो, त्यती गर्न सकेन भन्ने छ ।’

जनयुद्ध भनेको सर्वहारा वर्गको हितका निम्तिको एक लडाइँ काल रहेको उनी बताउँछन् । जनयुद्धले कल्पना गरेका मूलभूत उपलब्धि प्राप्ति नभएपनि सोही अनुसार व्यवस्था अघि बढेको उनको दाबी छ । उनले भने, ‘जनयुद्ध सञ्चालन गर्दैगर्दा युद्धका सपना साकार हुने सन्दर्भमा धेरै कुरा प्राप्ति भएका छन् । केही बाँकी भएका कुरालाई पनि पूरा गर्न हाम्रो पार्टीको अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लागि पर्नुभएको छ ।

जसका लागि देशभरी सुशासनको पक्षमा आवाज उठाएर हिँडिराख्नु भएको छ । धेरै काम गर्नुुभयो र गर्दैपनि हुुनुुहुुन्छ । तर माओवादी पार्टीका नेता कार्यकर्ता सच्चिनुुपर्छ भन्ने मेरो निजी विचार छ । हिजोका हाम्रा प्रतिबद्धताबाट पछि हट्नुुपर्ने, नेताका आचरण बिग्रिदै जाने जस्ता कार्यले केही समस्या पैदा भयो । पछिल्लो समय यसबारे पार्टी अध्यक्षले गम्भीर रूपमा लिनुभएको छ । अब सकरात्मक नतिजा आउँछ भन्ने आशा छ । जुन हिसाबले जनयुद्ध भएको थियो । त्यो पूर्ण रूपमा पूरा नभएपनि समृद्धिको बाटोमा छौँ ।’

जनयुद्धदेखि पंक्षीपालनसम्म श्रीमतिको साथ

२०६९ सालमा सेना समायोजनपछि अवकास लिएर घर फर्किएका (कमरेड) दिपक हाल कृषि कर्मसँगै पंक्षीपालन व्यवसायमा जम्दै आएका छन् । उनलाई श्रीमति गंगादेवी उपाध्याय (अस्मिता)ले निकै साथ दिइरहेकी छिन् । युद्ध लडेकी अस्मिताले यसअघि तातोपानी गाउँपालिका उपाध्यक्षको रूपमा जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेकी छिन् । गंगादेवी वि.स.२०५७ सालमा जनयुद्धमा सामेल भएकी थिइन ।

हाल यो दम्पती व्यवसायसँगै जुम्ला पार्टी राजनीतिमा जोडिएका छन् । अहिले उनीहरूको दैनिकी पंक्षीहरूको स्याहार, हेरचाह र लालनपालनमा बितिरहेको छ । तातोपानी–४ गौतमबाडामा उनीहरूको कृषि तथा पशुपालन फर्म छ । यो व्यवसायलाई आम्दानी र जिविकोपार्जनको स्रोतसँगै राजनीतिलाई समाजसेवाको माध्यम बनाएका छन् ।

विगत तीन वर्षदेखि यो व्यवसाय सञ्चालन भइरहेको छ । हाल कालिज, लोकल कुखुरा, हाँस र हिमसार जातको कुखुरा गरी करिब १ हजार भन्दा बढी पंक्षी हुर्काइरहेका छन् । मासिक सरदर ३० हजार बढी आम्दानी हुने गरेको छ । यो फर्म निर्माणका लागि १ करोड भन्दा बढी लागत खर्च भएको छ । पंक्षी संरक्षणको लागि ७ वटा अस्थायी घर छन् ।

‘राज्यले खास किसान चिन्न सकेको छैन । कर्मचारीले आफ्ना मान्छेलाई कमिसनको चक्करमा अनुुदान दिने चलन छ । राज्यले मान्छे हेरेर भन्दा उत्पादनमा आधारित भएर अनुदान दिएको भए वास्तविक किसान लाभान्वित हुन्थे’ उनले भने, ‘कर्मचारीले आफ्ना र नजिकका मान्छेसँग मिलेमतोमा अनुुदान तथा कार्यक्रम दिने चलन छ । यसले गर्दा वास्तविक किसान निरुत्साहित भएका छन् । अर्गानिक भन्ने बिषादी प्रयोग गर्ने चलन छ । स्थानीय सरकारदेखि प्रदेश र संघ सरकारको यसमा ध्यान पुुगेको छैन । वास्तविक उत्पादन गर्ने किसानको हकमा सरकारले काम गरेको छैन् ।’

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १ गते बिहीबार