कोहलपुर,९ वैशाख/ कोहलपुरमा जारी आशीर्वाद पेन्ट्स नेपालगन्ज कप प्रतियोगितामा आज पनि दुई खेल हुँदै छन् । आज हुने पहिलो खेल एबरोल टिएमटी लुम्बिनी यात्रीज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच प्रतिस्पर्धा हुँदैेछ ।
यस्तै आजै हुने दोस्रो खेलमा अर्घाखाची सिमेन्टस बर्दिया टाईर्गस र जिसान बाँके ब्लास्टर बिच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएका खेलमा लुम्बिनी यात्रीज र दंगाली गोर्खाज विजयी भएका थिए ।
पहिलो खेलमा लुम्बिनी यात्रीजले पाल्पा योद्याजलाई लुम्बिनी यात्रीजले ४ विकेटले पराजित गरेको हो । त्यस्तै हिजो नै भएको दोस्रो खेलमा दंगाली गोर्खाजले बाँके ब्लास्टर माथि ७ विकेटको जित हासिल गरेको थियो ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार तथा उपविजेताले ६० हजार पुरस्कार पाउने छ । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिता वैशाख १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।