29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बर्दियामा उत्कृष्ठ कार्य गर्ने तीन प्रहरी पुरस्कृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

बर्दिया ।

बर्दिया प्रहरी मातहतका विभिन्न ईकाई कार्यालय मध्ये उत्कृष्ट कार्य गर्ने ३ जना ईकाई कार्यलय प्रमुखहरु पुरस्कृत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिया अन्तरगतका उत्कृष्ट कार्य गर्ने ३ जना ईकाई कार्यलय प्रमुखहरु त्रैमासिक मुल्यांकनका आधारमा पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका ईन्चार्ज प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पुरस्कृत हुनेमा ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहर निरिक्षक धर्मराज जोशी र प्रहरी चौकी कालिका बर्दियाका प्रहरी सहायक निरिक्षक सन्तबहादुर पाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेलाई उच्च निष्ठाका साथ प्रहरी कार्यगरि समाजमा प्रहरीको छवि उच्च बनाउन सफल भएको भन्दै बर्दिया प्रहरीले सम्मान गरेको हो ।

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहर निरिक्षक धर्मराज जोशिलाई भौतिकक पुर्वाधार निर्माण तथा संस्थागत सुधारमा उत्कृष्ट कार्य गर्न सफल भएको ठहर गर्दै सम्मान गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

यस्तै र प्रहरी चौकी कालिका बर्दियाका प्रहरी सहायक निरिक्षक सन्त बहादुर पाललाई सिमानाकाबाट हुने तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको बर्दिया प्रहरीले जनाएको छ ।

 

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     2:23:50 PM  |