नयाँ पुस्ता किन बन्न चाहन्छ प्रहरी ?



प्रहरीमा आवेदन दिन आएकाहरू प्रहरीप्रति आफ्ना साथीभाइहरूमा नकारात्मक धारणा रहेको बताउँछन्् । राजले भने, ‘मलाई कतिपय साथीहरूले ह्या त्यसमा गएर के गर्छस् । त्यसको इज्जत पनि छैन, पैसा पनि हुन्न पनि भने । तर, मलाई थाहा छ यो पेसा कति जरुरी छ । त्यसकारण मैले तिनीहरूको कुरा सुनिनँ ।’

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बर्दियाको भुरीगाउँका २० वर्षीय नेपालु थारू नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा नेपाल प्रहरीको प्रहरी जवान पदका लागि आवेदन बुझाउन आएका थिए । साथमा उनका एक जना साथी पनि थिए । नेपालुका उमेरकै धेरै साथीहरू गाउँमा छैनन् । कोही पढ्नका लागि अन्यत्र गइसकेका छन्् । कोही विदेश । तर, नेपालुलाई देशमै केही गर्ने इच्छा छ । उनी खेलकुदमा पनि रुचि राख्छन्् । ‘प्रहरीमा गएर देश सेवा गर्छु भन्ने इच्छा पहिलेदेखि नै थियो । त्यही भएर यता खुलेको बेला अवसर छोड्नुहुन्न भन्ने लागेर आवेदन भर्न आएको हुँ,’ नेपालुले भने ।

हुम्ला घर भई हाल नेपालगन्जको राँझामा बस्दै आएका १८ वर्षीय राज विकले पनि प्रहरी जवानमा आवेदन दिएका छन्् । राजका त केही अभिभावकहरू पनि प्रहरीमा सेवा गरिरहेका छन्् । उनलाई भलिबलमा रुचि छ । राजले आफूमा प्रहरीप्रति उच्च सम्मान रहेको बताए । उनले भने, ‘आफन्तहरू प्रहरीमा भएर पनि होला । मलाई प्रहरीप्रति सम्मान छ । त्यसकारण म एकदिन प्रहरी भएर सेवा गर्छु भन्ने पहिलेदेखि नै साच्थेँ,’ राजले भने ।

युवाहरूसँगै प्रहरी बन्नका लागि आवेदन दिने युवतीहरूको सङ्ख्या पनि उत्तिकै देखिन्थ्यो । तिनैमध्येकी एक थिइन् कालीकोट पाचालझर्नाकी २१ वर्षीया सुमिता कठायत । नेपालगन्जमा बसेर अध्ययन गरिरहेकी उनले देशमै केही गर्नुपर्छ भन्ने सोच आफूमा रहेको बताइन् । देशमा सीमित रोजगारीका अवसरमध्ये प्रहरी पनि एक भएकाले प्रयास गरिहेर्न आफूले आवेदन दिएको उनले बताइन् । ‘तयारी पनि गरिरहेकी छु । हेरौँ कस्तो हुन्छ,’ उनले भनिन् ।
जाजरकोटको भेरी नगरपालिकाका २० वर्षीय रामबहादुर बस्नेतले त सेना, सशस्त्र र जनपथ प्रहरी सबैका लागि तयारी गरिरहेको बताए । उनले भने, ‘दाइ र काकाहरू फोर्सतिरै छन्् । त्यसले पनि मलाई मोटिभेट ग¥यो । मैले त विदेशभन्दा पनि देशमै केही गर्नुपर्छ भन्ने सोच्छु,’ उनले भने ।

प्रहरीमा आवेदन दिन आएकाहरू प्रहरीप्रति आफ्ना साथीभाइहरूमा नकारात्मक धारणा रहेको बताउँछन्् । राजले भने, ‘मलाई कतिपय साथीहरूले ह्या त्यसमा गएर के गर्छस् । त्यसको इज्जत पनि छैन, पैसा पनि हुन्न पनि भने । तर, मलाई थाहा छ यो पेसा कति जरुरी छ । त्यसकारण मैले तिनीहरूको कुरा सुनिनँ ।’ उनी सबै युवाहरूले विदेश जाने नै सोच्ने हो भने देशको जिम्मेवारी कसले लिने भन्नेमा पनि सोच्नुपर्ने बताउँछन्् ।

आवेदन दिन आएकाहरूले आफूहरूको सबैभन्दा ठूलो तनावको विषय भविष्यमा रोजगारी पाइने हो कि हैन ? र जीवन कसरी गुजारा गर्ने हो भन्ने नै रहेको बताए । थारूले भने, ‘अहिले पनि प्रहरी जवानका लागि १ हजार १ सय ६५ जनाको कोटामा आवेदन माग गरेको छ । त्यसमा हजारौँ युवाको आवेदन पर्ने अनुमान गरिएको छ ।’ उनीहरूले सरकारले अब अरू ठूला कुराभन्दा पनि युवाहरूलाई कसरी रोजगारी दिने भन्ने योजना ल्याउनुपर्ने बताए । विकले भने, ‘देशमै पर्याप्त अवसर दिने हो भने हाम्रो पुस्ताको पहिलो रोजाइ विदेश हैन । केही भएन भने त के गर्नु र ?’

बस्नेतले पैसा कमाउने नै हो भने विदेश जाने विकल्प आफूहरूसँग रहेको बताए । उनले भने, ‘पैसा कमाउने नै हो भने विदेश जाने विकल्प त छँदै छ । तर मेरो पहिलो रोजाइ त देशमै केही गर्ने हो ।’

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार