ब्रिज इन्टरनेशनल स्कूलमा चौथो फाउण्डर कप सुरु



कोहलपुर (बाँके) : कोहलपुर–५ स्थित ब्रिज इन्टरनेशनल स्कूलमा चौथो फाउण्डर कप एण्ड स्पोर्टस् मिट –२०८१ सुरु भएको छ । स्कूलको आयोजनामा शुक्रबार देखि चौथो फाउण्डर कप एण्ड स्पोर्टस् मिट –२०८१ सुरु भएको हो ।
कपको शुक्रबार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार पौडेलले उद्घाटन गरेका थिए । स्कूलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले दियोमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका हुन् । ब्रिज इन्टरनेशनल स्कूलका संस्थापकहरुले २०८७ सालदेखि कप सुरु गरेका थिए । हरेक वर्ष विविध कार्यक्रम गर्दै आएको छ ।

शुक्रबारबाट सुरु भएको कपको यो चौथो संस्करण हो । उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहेका पौडेलले रेफ्रीलाई फुटबल हस्तान्त्रण गरेसँगै फाउण्डर कप एण्ड स्पोर्टस् मिटका खेल सुरु भएका छन् ।

ब्रिज इन्टरनेशनल स्कूलका प्रिन्सिपल प्रविन कुमार खङ्गका अनुसार विद्यार्थीहरुलाई शिक्षा आर्जनमा मात्रै सीमित नराखेर अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउने उद्देश्यले फाउण्डर कप सुरु भएको हो । उनले फाउण्डर कप एण्ड स्पोर्ट कप छात्र अन्तर हाउस फुटसल,फुटबल र भलिबल प्रतियोगिता हुने बताए । कप फागुन ३० गतेसम्म सञ्चालन हुने उनको भनाइ छ । ‘फाउण्डर कप सुरु भएको छ । पाँच दिनसम्म सञ्चालन हुनेछ । कपको अन्तिम दिन विज्ञान प्रदर्शनी र फुड फेस्टिबल हुनेछ,’ प्रिन्सिपल खङ्गले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार