कैलाली ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले कैलालीको फूलबारीस्थित आसरा सुधार केन्द्रको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचाररत सदस्यहरूको आवास तथा सरसफाइको अवस्थाका साथै केन्द्रबाट दैनिक रूपमा सञ्चालन हुँदै आएको गतिविधिहरूको बारेमा जानकारी लिएका थिए ।
त्यस्तै उनले त्यहाँ उपचाररत व्यक्तिहरूसँग अन्तक्र्रिया समेत गरे । उक्त सुधार केन्द्रका संरक्षक प्रदेश प्रहरी प्रमुख रहने व्यवस्था छ । मनैबाट प्रयास गरे दुव्र्यसनबाट मुक्त हुन सकिने डीआईजी चन्दले बताए ।
दुव्र्यसनमा फसेका युवाहरूलाई उपचार तथा परामर्श प्रदान गरी समाजमा प्रतिष्ठित नागरिकको रूपमा पुनस्र्थापना गर्ने सुधार केन्द्रको लक्ष्यलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गर्न उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारीलाई सुझाव दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्