कोहलपुर ।
कोहलपुर नगरपालिकाले चिसो बढेपछि केही दिनको लागि नगरभित्रका विद्यालयमा बिदा दिएको छ । चिसो बढेका कारण बालबालिकाहरूको स्वास्थको ख्याल गर्दै चार दिनको लागि विद्यालय बिदा दिइएको नगर शिक्षा शाखाले जनाएको छ ।
शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि २९ गतेसम्म लागि नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा अधिकृत रवीलाल मिजारले जानकारी दिए । उनका अनुसार २४ गते बसेको बैठकको निर्णय अनुसार चार दिन बिदा दिइएको मिसन टुडेलाई बताए ।
सबैको छलफल अनुसार चिसोले बालबालिकाहरू प्रभावित भएको अभिभावकले जानकारी गराएर बिदा दिनुपर्ने माग गरेकोले हालका लागि चार दिन सबै विद्यालय बन्द गरिएको उनले दाबी गरे ।
अत्यधिक चिसोका कारण पुस २५ गते बालबालिकाहरूलाई पर्याप्त गृहकार्य दिएर चिसोबाट सचेत रहन जानकारी गराई बिदा गरिएको अधिकृत मिजारले जानकारी दिए । कतिपय संस्थागत विद्यालयहरूले परीक्षा सञ्चालन भइरहेकोले बिदा दिएका छैनन् ।









प्रतिक्रिया दिनुहोस्