बाँसगढी ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढीको आयोजनामा बाँसगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजको नियमित कार्यक्रमअन्तर्गत सो रक्तदान सम्पन्न भएको हो ।
समाज जिल्ला उपाध्यक्ष सन्तोष बाँस्तोला र बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले संयुक्त रूपमा ब्यानर पढेर सो कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन गरिएको स्वयम्सेवी समाजका नगर अध्यक्ष विनोद परियारले जानकारी दिए ।
आगामी दिनमा जिल्ला कार्यसमिति तथा सरोकारवाला पक्षसँग छलफल गरी नियमित ३–३ महिनाको अन्तरालमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने नगर अध्यक्ष परियरले बताए ।
बाँसगढी नगरपालिकाको संरक्षकत्वमा बाँसगढी नगर अस्पताल, बाँसगढी उद्योग वाणिज्य संघ, बाँसगढी खानेपानी उपभोक्ता समिति, युवा सञ्जाल बाँसगढी, लायन्स कलब अफ बर्दिया, थारू कल्याणकारिणी सभा बाँसगढी, इलाका प्रहरी कार्यालय मोतीपुर, बाँसगढी पीपलबोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतले समन्वय तथा सहकार्य गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्