कोहलपुर ।
कोहलपुर नगरपालिका–१० रामनगरमा अवस्थित जीवन ज्योति माविले ‘क्रिसमस डे’ मनाएको छ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्ट जन्मेको दिनको सम्झनाको अवसरमा बुधबार एक कार्यक्रम गरी ‘क्रिसमस डे’ मनाइएको हो । इसाइ धर्मका प्रवर्तक येशू ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ बुधबार नेपालभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विद्यार्थीहरूले आफूलाई खुसी बनाउन कार्यक्रमको आयोजना गरेर ‘क्रिसमस डे’ मनाइएको विद्यालयका फादर जोमन जेम्सले जानकारी दिए । ‘क्रिसमस डे’को शुभकामना दिँदै उनले मैनबत्ती जस्तै हुनुपर्ने बताए ।
विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्यको प्रशंसासमेत गरेका थिए । उनले विद्यार्थीहरूले आफैँ तयारी गरेर प्रस्तुत गरेका नृत्यले मनोरञ्जन प्रदान गरेको बताए । इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’मा आपसमा खुसियाली साटासाट गरेर थिए । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरका दिन यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षकहरूले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना), प्याब्सन बाँकेका पूर्वअध्यक्ष यम रावत, उद्योग वाणिज्य संघ कोहलपुरका पूर्वअध्यक्ष लक्ष्मणराज पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्