बैजनाथबाट लागूऔषधसहित दुई जना पक्राउ



बाँके ।

जिल्लाको बैजनाथ गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । गाउँपालिकाको वडा नम्बर ५ जिगाउँ पूर्व लाइनस्थित सडकबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथकै २९ वर्षीय करण शाही र ३० वर्षीय कौशल रावत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी बिट न्यू सिटी र प्रहरी बिट जिगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनामाथि लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार