कोहलपुरको मुन्नापुरबाट लागूऔषधसहित दुई पक्राउ



बाँके ।

कोहलपुरको मुन्नापुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर–८ मन्नापुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर– १० का ३१ वर्षीय गौरीशंकर थारू र आकाश थारू रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ७ ग्राम ९ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।

शंकास्पद रूपमा हिँडिरहेका बेला दुवै जनालाई रोकेर प्रहरीले चेकजाँच गर्दा आकाशले लगाएको जिन्स पाइन्टको अगाडि बाँया खल्तीमा लुकाई राखेको अवस्थामा लागूऔषध फेला परेको थियो ।

लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेठ ११ गते शुक्रबार