बाँकेको बैजनाथमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु



बाँके ।

जिल्लाको बैजनाथ गाउँपालिका–२ हरियाली चोक नजिकै माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय बुद्धिराज चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार चौधरी माटो खन्दै गर्दा अचानक माटोको ठूलो ढिस्को खस्दा उनी त्यसमा पुरिएका थिए ।

घटनाको खबर पाएपछि प्रहरी निरीक्षक रविन्द्र अधिकारीको नेतृत्वमा ५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल तालिम केन्द्र नौवास्ता बाँकेको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो ।

सँगै गएका अन्य मानिसहरू भने माटो ढिस्को खस्न थालेपछि भागेका थिए । मृतकको शवलाई पोस्टमार्टम्पछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार