17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

दान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २१, २०८०  

‘संसारमा दानभन्दा ठूलो पुण्य अरु केही छैन, आउनुहोस् यस शुभ कार्यमा
सकेजति दान गर्नुहोस् ।’ कथावाचकले कथा सुनिरहेका भक्तजनहरुलाई लक्षित
गर्दै भने ।
लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा आयोजित सप्ताह महायज्ञमा मन खोलेर
दाताहरूले दान गरिरहेका थिए । दाताहरुलाई प्रमुख कथावाचक पण्डितजीबाट
दानको रकम अनुसार दोसल्ला, रामनामी र खादा ओढाएर सम्मान गर्ने कार्य
पनि बीचबीचमा चली नै रहेको थियो ।
‘हजुरसँग पनि हामीले ठूलो आशा गरेका छौँ ।’
‘दिएर बिर्सनु दान हो’ भन्ने पण्डितजीको प्रवचन गम्भीर भएर सुनिरहेका
सतानन्दलाई महायज्ञ आयोजक समितिका अध्यक्षले सहयोगको आशा गर्दै
भने । एक लाख दान गर्ने दातालाई दोसल्ला ओढाएर गुरुबाट सम्मान गरिने र
शिलालेखमा नामसमेत लेखिने कुरा उनले बताए ।
‘सकेको गरौँला ।’ उनले अध्यक्षलाई आश्वस्त पारे ।
केहीबरेपछि दान दाताहरुलाई सम्मान गर्ने कार्यक्रम सुरु भयो । उद्घोषकले
एक लाख र एक लाखभन्दा माथि दान दिने दाताहरुलाई सम्मानका लागि
मञ्चमा बोलाए । उनान्सय हजार नौ सय उनान्सय रुपैयाँ दान गर्ने सतानन्दको
नाम भने पढेर मात्रै सुनाए ।
‘तिमी त बुिद्ध नभएका रहेछौ, एक रुपैयाँ थपेको भए सम्मान पाउँथ्यौ ।’
मञ्चबाट उत्रिएका उनका साथी दयानन्दले आपूmले ओढेको दोसल्ला मिलाउँदै
सतानन्दलाई भने ।
‘मैले दान गरेँ ।’ सतानन्द मुस्कुराए ।

 

प्रकाशित मितिः शनिबार, पुस २१, २०८०     8:59:58 AM  |