17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

छट्टु स्याल र मृगहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २१, २०८०  

‘आऊ आऊ मेरै छत्रछायामा बस म तिमीहरूलाई साथ, सहयोग, सल्लाह,
हौसला र प्रेरणा सबै दिन्छु ।’ स्यालले अनुरोध ग¥यो ।
केही नसोची मौन समर्थन गरेर बसिहाले एक हूल मृगहरू ।
होमा हो मिलाउँदै हिँडे केही समय । हस् हजुर भन्दै गए आफ्नो अस्तित्वको
बोध नै नगरी ।
बिस्तारै छट्टु स्यालले मृगहरूमाथि आफ्नो सम्पूर्ण अधिकार जमाउन थाल्यो ।
उनीहरूका सम्पूर्ण व्यक्तिगत स्वतन्त्रताहरू पनि हनन हुन थाले ।
एक दिनको कुरा वन भ्रमण गर्न जाँदै थिए । आदेश भयो, ‘रोक–रोक जान
हुन्न ।’
खरायोहरूको चियापानको निम्तो पाए चुपचाप जाँदै थिए । मालिकले
देखिहाल्यो, अङ्कुश लायो, ‘रोक रोक जान हुन्न ।’
साथी साथी जम्मा भए, गफगाफ गरे, मालिकले सुनिहालेछ । खोज्दै आयो
झ्याँको झा¥यो ।
नयाँ साथी बनाए, प्रत्येक महिनाको एकदिन विभिन्न विषयमा छलफल गरौँ
भने, बोल्न हुन्न भन्यो । मुख थुन्न खोज्यो ।
केही लेख्नु प¥यो भने, कलम समाए ‘लेख्न हुन्न’ भन्यो कलम खोस्यो ।
अन्त्यमा हस् हजुरको सीमा नाघ्यो । स्याल निदाएको मौका छोपेर सबै भागे ।

 

प्रकाशित मितिः शनिबार, पुस २१, २०८०     8:58:07 AM  |