डुडुवा खोलाको अस्तित्व जोगाऔँ



हप्तामा एक दिन यसलाई बचाउन गरेको मिहिनतले डुडुवा खोलालाई पुरानै परिचय दिन सकिन्छ । फोहोरी र दुर्गन्धित बन्दै गएको डुडुवालाई बचाउन पैसा मात्र होइन श्रमको खाँचो छ । श्रम श्रमदानबाट प्राप्त हुन्छ । श्रमदानले डुडुवालाई मूर्तरुप दिने छ । संकटमा परेपछि चाहेर पनि डुडुवा खोलालाई बचाउन नसकिएला ।

गणेश विशु
नेपालगन्ज, २८ जेठ
दुर्गन्धित र अतिक्रमणको चपेटामा परेको डुडुवा नालाको अस्तित्व संकटमा छ । प्राकृतिक महŒव बोकेको डुडुवा खोला यसरी नै अतिक्रमणको चपेटामा पर्ने र डम्पिङ साइट बन्ने हो भने अबको १५÷२० वर्षपछि खोलाको अस्तित्व इतिहासमै समेटिने निश्चित छ । कोहलपुर सहरी क्षेत्रसँग जोडिएको उक्त खोलाको संरक्षणमा सबैमात्र पनि होइन, म आफैँबाट भन्ने मनोभावले भोलि होइन आजै ‘डुडुवा खोला बचाऔँ’ महाअभियान सुरु गर्न अपरिहार्य छ ।कोहलपुरका नागरिक समाजका सागर गैरे भन्छन्, ‘पछिल्ला १०÷१५ वर्षयता खोलाको अस्तित्व संकटमा प¥यो । पहिला त्यही खोलाको पानी खाने गरिन्थ्यो । गर्मी छल्न पौडी खेलिन्थ्यो तर अहिले खोला दुर्गन्धित छ । उक्त खोलाको पानी मात्र शरीरमा प¥यो भने विभिन्न संक्रमण हुने जोखिम छ ।’ हिजो र आजको डुडुवा खोलाको महŒव पनि फेरिएको छ । हिजो खानेपानीको स्रोतका रुपमा कोहलपुरले यस खोलालाई चिन्थ्यो । सुफास्वच्छ पानी हुँदा सोही खोलाको पानीले नुहाउनेधुवाउने गथ्र्ये तर अहिले यसको महŒव फेरिएर फोहोर फाल्ने डम्पिङ साइडजस्तो भएको छ । खोलामा जथाभावी फोहोर फालिएको छ । बजारको ढल सिधै खोलामा बिसर्जन गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ढलसमेत उक्त खोलामा मिसिन्छ । यसले पनि स्पष्ट हुन्छकी, ‘अहिले डुडुवा खोलालाई ढल निकासका लागि उपयुक्त मानिएको छ ।’ जुन दुर्गभाग्य हो ।
बाँकेसँग सीमा जोडिएको भारतस्थित उत्तर प्रदेशको राजधानी लखनऊमा यस्तै ससाना खोलालाई पर्यटकीयस्थलका रुपमा सिंगारिएको छ । सफा, सुन्दर बनाइएको छ । ति खोलानालामा बिजुली बत्ती जडान गरिएका छन् । जसले रातिको समयमा झिलिमिली बनाउँदा पर्यटकको ओइरो लाग्छ । सिंगारिएका खोलानालाहरुले पर्यटकलाई आकर्षित गरिरहेका छन् । यसले आन्तरिक पर्यटनमा ठूलो भूमिका निर्वाह गरेको छ । त्यहाँ दुईवटा कुरा देखिन्छ । पहिलो, खोलाको संरक्षण भएको छ भने दोस्रो, पर्यटकीय क्षेत्र हुँदा आर्थिकरुपले पनि सघाउ पुगेको छ ।
डुडुवा खोलालाई पनि यसरी नै संरक्षण गर्न सम्भव छ । यसका लागि ठूलो लगानी होइन, सहास र आँट भने चाहिन्छ । बाँके राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रबाट उत्पत्ति भइ राप्ती नदीसँग जोडिएको छ, डुडुवा खोला । यसमा दर्जन झोलुंगे पुल निर्माण गरिएका छन् । तराईका क्षेत्रमा झोलुंगे पुलकोे छुट्टै महŒव छ । यी पुलहरुलाई सजावट र यहाँसम्म पुग्ने बाटाहरु व्यवस्थित भए शान्त वातावरणमा साक्षात्कार गर्न सहरबाट मानिस यहाँ पुग्नेमा कुनै शंका छैन । अहिले नेपालगन्ज र कोहलपुरलगायत क्षेत्रबाट मान्छे सहरी क्षेत्रभन्दा बाहिर जान चाहन्छ । तर, बाहिर जाने उपयुक्त ठाउँ नहुँदा सहरमै रुमलिनुपर्ने अवस्था छ ।
कोहलपुरको ऐतिहासिक प्राकृतिक महŒव बोकेको खोलाको संरक्षणमा सरकारको मात्र भर परेर हुँदैन । नागरिक समाज, सामाजिक संघसंस्थाले पनि यसलाई बचाउन महाअभियान सञ्चालन गर्न सक्छन् । काठमाडौंको बागमती बचाउन गरिएको अभियानमा सयौं व्यक्ति सहभागी भए । यहाँ कुनै ठूलो लगानी गरेर अभियान सुरु गरिएको थिएन । हप्तामा एक दिन स्वतःस्फुर्तरुपमा तपाईं जाग्ने हो भने महाअभियानमा कयौंले हातेमाले गर्ने निश्चित छ । कोहलपुरको सम्पदालाई लोप बनाउने कि यसको संरक्षणमा जोड दिने ? यो तपाईंको हातमा छ । तपाईंले हप्तामा एक दिन यसलाई बचाउन गरेको मिहिनतले डुडुवा खोलालाई पुरानै परिचय दिन सकिन्छ । फोहोरी र दुर्गन्धित बन्दै गएको डुडुवालाई बचाउन पैसा मात्र होइन श्रमको खाँचो छ । श्रम श्रमदानबाट प्राप्त हुन्छ । श्रमदानले डुडुवालाई मूर्तरुप दिने छ ।
संकटमा परेपछि चाहेर पनि डुडुवा खोलालाई बचाउन नसकिएला । आजै यसको संरक्षण र जगेर्ना गर्ने हो भने भोलि यसले दिने प्रतिफल अमूल्य छ । पर्यटकीय क्षेत्रका रुपमा यसलाई विकास गर्न सकिन्छ । बजारबाट मिसिने ढललाई शुद्धिकरण गर्दा खोलामा सफा पानी जान्छ । यसको लगानी पहिला आवश्यक भए पनि यसले लगानी सुरक्षित गर्न सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार