लेखनले दिने आत्मसन्तुष्टि अन्य कुराले दिन सक्दैन – विष्णु पादुका



कोहलपुर –४, बाँके स्थायीबसोबास भएका विष्णु पादुका पेशाले शिक्षकहुन् । कर्णालीप्रदेशको डोल्पाको एक विद्यालयमाबाइस वर्षदेखि शिक्षणमा संलग्नउनी पठनमा रुचि राख्छन् । उनका‘साइनो’ सङ्ग्रह नेपालको पहिलो साइनो कृति २०७६ र ‘बिन्दुको वृत्त’कविता सङग्रह २०७८ प्रकाशितभएका छन् । वर्तमानको साहित्यिकअवस्थामा पुस्तक छानेर पढ्ने र ती पुस्तकमाथी सटिक टिप्पणी गर्ने एक पाठक मात्रनभएर विभिन्नविधागत फुटकर रचना लेखिरहने लेखक तथा कवि पादुकासँग वर्तमानको साहित्यिक अवस्थाबारे साहित्यिक सम्पादक महानन्द ढकालले समसामयिक कुराकानी 

१) बिष्णुजी स्वागत छ । आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
– नमस्कार ,धन्यवाद सर । पुस्तक पठन र लेखनकै सिलसिलामा हुन्छु । शिक्षण क्षेत्रको हिउँदे बिदामा घरायसीकर्म समेत जोडिएको हुन्छ ।

२) तपाईंले पहिलो कृति‘साइनो’ सङ्ग्रह निकाल्नु भयो । पछिल्लो समय साइनो लेखेको देखिदैन । साइनो लेख्न छोड्नु भएको हो र ?हिजोआज साइनो लेखनको अवस्था कस्तो छ ?
– साइनो सङ्ग्रह आए पछि पनि साइनो लेख्न छोडेको चाहिँ होइन ।तर अलिकति कमी चाहिँ भएको हो ।लेख्ने भन्दा पढ्ने गरेको छु नयाँ साइनोहरू । साइनो सर्जकहरूको संख्या दैनिक बढेको छ । स्तर उन्नतिको बाटोमै छ साइनो ।


३) तपाईंको दोस्रो कविता कृति‘बिन्दुको वृत्त’ के कति सफल रह्यो ? के कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
– मेरो दोश्रो कृतिकाबारे मिश्रित प्रतिक्रिया छन् । उसो त मेरो कविता सङ्ग्रहलाई बजारमा पु¥याउन नसक्नु मेरो आफ्नै कारण हो । जसले पढ्नु भयो उहाँहरूबाट पाएको प्रतिक्रिया निरासाजनक छैन । कविताकृति बेच्न कै लागि निकालेको थिइन मैले । एउटा पुस्तकको रूपमा ल्याउने एउटा हुटहुटी थियो त्यो मेटिएको छ । भेटिने अग्रज अनुज साहित्यकारहरूलाई सम्झना स्वरुप दिन पाएको छु ।खुशी छु । कृतिलाई बजारीकरण गर्न सकेको भएअझचिनिने मौका पाउँथ्यो होलाजुन कुरा मलाई उपयुक्त नलागेकै हो । विज्ञापनसँग आफ्नो कृति जोड्न नचाहेकै हो मैले ।

४) समाजिक मुल्य मान्यताको दृष्टिकोणले वर्तमान समाज कहाँ उभिएको छ ? समाज र साहित्य सङ्गसङ्गै छन्?
– चरम आर्थिक अभावले थिचेको छ । सामाजिक मूल्य मान्यताहरु खस्किदै गएका छन् । सनातन र पुरातन भत्किनु एउटा क्रान्ती त होला तर समाज अँध्यारो गोरेटोमा लस्किएको प्रतीत हुन्छ । लक्ष्यविनाको यात्रा जस्तो । हल्लाको दौड चलिरहेको आभास हुन्छ मलाई ।
समाजको उपजहो साहित्य । समाजबाट अलग राखेर हेर्न सकिन्न । तर असलमा साहित्यमा लाग्नेहरू समाजका अलग र अराजक पात्र हुन् । साहित्यको छाता ओढेर नाम, दाम र व्यापार गर्ने अर्को ठूलो साहित्यको जमातपनि छ समाजमा जसलाई म ब्यवसायिकताको रूपमा बुझ्छु । उहाँहरूलाई पाठकले साहित्यकार मानिदिए हुन्थ्यो भन्ने लाग्छ ।

५) दुनिया बुझ्ने साहित्यकार आफ्नै सृजनामा आत्मरतिमा रमाउने गर्छ भन्ने आरोप सर्जकलाई लाग्ने गर्दछ । यो आरोपलाई कसरी बुझ्नुहुन्छ । तपाईंको तर्क के छ ?
– आत्मरति त लेखनको जननी हो । यसलाई सकारात्मक आँखामा नराख्ने हो भने त सिर्जनाको बीउ नै मासिन्थ्यो होला । आफ्नी आमा र आफ्ना सन्तान संसारका सर्वपृय चिज हुन्छन् सबैका लागि । सन्तानले बाउआमाको नाम इज्जत कति राख्न सक्छ ? त्यो मेहनत फेरि बाउआमामै भरपर्छ । कुनै पनि रचनाको,कृतिको जिम्मेवार लेखक सर्जक आफैं हो । गुण दोष आफैले बोक्ने हो । आफ्ना कृतिले कतिको मन छुन सक्यो त्यहीहो प्रारम्भिक मापन ।
तर आजको युगयति धेरै ब्यस्त छ कि जो कोही आफ्नो बाहेक अरुको कुरामा कति रुचिदिएर हेर्छ पढ्छ भन्ने हो । ब्रान्ड स्थापित गर्ने होड जो छ । र दलीयचक्र समेत छ साहित्यमापनि । स्तरका सिढीँ पनि छन् । वैचारिक मतभेद राख्नेले झुक्किएरै पढिदेला कहिलेकाहीँ ।
त्यसैले यावत विषयदेखि वर बसेर निरपेक्ष लेख्न सक्नु आजको चुनौती हो । फेरिपनि ब्रम्हले देखेको असल या खराव विषयमाथि शालिन हतियार चलाउने विशिष्ट कर्म साहित्यबाहेक अर्को हुन सक्दैन । यही अन्तिम कुरा नै लेखनको पहिलो शर्त हो । आत्मरति लिने कुरा प्रारम्भिक हो ।आत्मरतिको आयु कति नै हुन्छ र ।

६) तपाईंलाई मन पर्ने पुस्तक मन पर्ने साहित्यकार को को हुन् ? पढ्नु किन जरुरी छ ?तपाईंले पछिल्लो समय के पढ्दै हुनुहुन्छ ?
– म शंकर लामिछाने,पारिजात, लक्ष्मीप्रसाद देवकोटा, विष्णु विभु घिमिरेदेखि हाम्रा पुस्ताकामौन आवाज, हेमन्तगिरी, नवीन अभिलाषीसम्म धेरै लेखक कविका रचना र सङ्ग्रह पढ्छु । मलाई पढ्न लेख्न लगाउने दुई पुस्तक श्रीमद्भागवत गीता र अब्ट्र्याक चिन्तन प्याज नै हो । त्यसपछि यति नै पढेँ भन्ने रेकर्ड चाहिँ राखिन । भेटेजति पढ्न मन लाग्छ । किताब पढेर नसक्दै किताबप्रति टिप्पणी गर्न डर लाग्छ । कहिलेकाही कुनै पुस्तक मार्गदर्शक हुन सक्छ त्यसैलाई फितलो टिप्पणी दिनु पाठकीय अपराध हो ।
भर्खर पढेर सकाएको पुस्तक शून्यको मूल्य, समभोक, एकादेशमा र सँगै पढ्दै गरेका लाहुरेनीफूल, एक हातको ताली (तेस्रो पटक ) र कवितामा बिसे नगर्चीको बयान – श्रवण मुकारुङ्ग ।

७)सामाजिक सञ्जालमा निकै सक्रीय हुनुहुन्छ । प्रत्येक दिन केही न केही सृजना पोष्ट गरिरहनु हुन्छ । यसरी हरेक दिन पोष्ट गरिरहँदा सृजनाहरू स्तरीय हुन सक्दैनन् भन्नेहरुलाई के भन्नुहुन्छ ।
– सुकेको खरमा आगो लागे झैं मृत्युको खवर सार्है छिटो फैलिन्छ र निभ्नपनि हतार गर्छ त्यो डढेलो । कसैलाई फुर्सद छैन सम्झिरहन । तर कोही जिउँदो भएको आभास दिन्छ सन्जालभित्र पस्ने जो कोहीलाई । थप ठूलो उद्देश्यका लागि होइन दैनिक उपस्थिति । कम्तिमा ऊ जिउँदै छ भन्ने हुन्छ चिन्ने साथीभाइलाई जस्तो लाग्छ ।
गुणस्तरीय सिर्जनाको पाटो अर्को हो । हरेक रचनाले केही त बोलिरहेकै हुन्छ । कुनै बोली चर्को कुनै बोलीमधुरो हुनु स्वभाविक हो । चर्चाकै लागिहोला भन्ने लाग्ला । तर आफ्नो अवसान पछि त यो सक्रियतापनि रहँदैन । अर्को कुरा सिर्जनाको एउटा भन्डारण पनि सामाजिक सञ्जाल । वर्षौ अघिको तपाईंको अवधारणामा फर्काइदिन्छ तपाईंलाई । भोलिका दिनका लागि भएपनिमा नसिकतामा उम्रेका विचारलाई किन लिपिबद्द गर्न चुक्ने भन्ने पनि लाग्छ । डायरी र ल्यापटममा लेखिएका तमाम कुरालाई सांकेतिक रुपमा राख्न सामाजिक सञ्जालको प्रयोग गर्नु उपयुक्त लाग्छ मलाई । बिज्ञानले दिएको यो अवसरलाई किन छोड्नु र । म आफ्नो लागि उपयोगी लागेको कुरा राख्दछु त्यहाँ । त्यसैले स्तरियताको ठोस मापन हुँदैन । लाइककमेन्ट र शेयरको अर्म पर्म गर्न जान्दिन । भ्याउँदिन पनि ।


८)यहाँले लामो समयदेखि बाँके आसपासको साहित्यलाई नियालिरहनु भएको छ । वास्तवमा बाँकेको साहित्यिक स्तरीयतालाई कसरी मूल्यांकन गर्नु भएको छ ?
– २०५६ सालदेखि कोहलपुरमा छु । बाँके बर्दिया दाङ्गसम्मका साहित्यिक साथीहरू माझपातलो सम्पर्कमा छु । बजारमा आएका पुस्तकर सामाजिक सञ्जालमा आउने विभिन्न विधागत रचनापनि पढ्ने गरेको छु । नेपालगन्ज – कोहलपुरमा पठन संस्कृति त छ । तर यसलाई ब्यवस्थित पार्न सकिएको छैन । हरेक हप्ताजसो बिदाको दिनको सदुपयोग भएको छ पुस्तकचर्चा या विमोचनका माध्यमले । तर पढ्ने वातावरणको बिकास गर्न यत्तिले पुग्दैन । लेख्न जसरी उर्जाको आवश्यक पर्छ त्यसैगरी पढ्न पनि उत्प्रेरणाको आवश्यकता पर्छ । के पढ्ने? किन पढ्ने ? कसरी पढ्ने  ? जस्ता प्रश्नको जवाफ खोज्नुपर्ने बेला टलिसकेको छ । नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्ने कि हाम्रा संकलित पुस्तक आगो बालेर सकाउने ? यो कोणबाट सोच्ने कसले ?
किताबको नदी छ बजारमा । देशैभर हरेक हप्ता सैयौ किताबनिस्किएका छन् । कुन पढ्ने कुन नपढ्ने ? कम्तिमा एउटा पाठक मञ्च भैदिए भोलिको दिनमा खारिएका लेखक हामी माझपनि तयार हुन्थे । यस भेकमा रहेका अग्रज साहित्यकार सनत रेग्मी र नरेन्द्रजंग पिटरका पुस्तक र रचनाहरू समेत नभेटिने स्थिति छ । त्यो खाँचो कसरी पूरा होला ? नेपालगन्ज,कोहलपुर, खजुरा र बाँसगडी आसपास रहेका साहित्यिक सर्जकमा यो चेतनाआओस् र एउटा संबेदनसील पाठक मञ्च बनोस् भनी कामना गर्छु म ।
पढिसकेर लेख्न सकियो भने त्यसले केही अर्थ राख्छ । र आजको सामाजिक सञ्जालको व्यापकप्रयोगलाई अलिकति कम गर्दै पठन संस्कृति जोगाउनु हामी सबैको दायित्वपनि हो कि जस्तो लाग्छ ।

९) पछिल्लो समय पुस्तकप्रकाशनको लहर नै आएको छ । कतिपय कृतिहरूको सञ्चार माध्यममानिकै चर्चा पनि सुनिन्छ । तपाई धेरै पढ्नेहरुमध्ये चिनिनुहुन्छ ! तपाईंले कतिपय पुस्तकको बारेमा टिप्पणी र समीक्षा समेत लेख्दै आउनुभएको छ । सञ्चार माध्यममाचर्चा गरे जस्तै साँच्चिकै कृतिहरू राम्रा हुन्छन् त ? नेपाली साहित्यको यात्रा कस्तो छ । भविष्यकत्तिको उज्यालो देख्नुभएको छ ?
– पुस्तक प्रकाशनको लहर आएको सत्यहो । चर्चा हुनु स्वभाविक पनि छ । पुस्तक प्रकाशनको तयारीदेखी विमोचन र पठनको स्थितिसम्म चर्चामा रहने नै भयो । पुस्तक पढिए पनि बिनाकुनै प्रायोजन तटस्थ समिक्षा आउनु चाहिँ भिन्न कुरा हो । आजपनि केन्द्रियता हावी छ । काठमाडौ केन्द्रित विमोचन र परिचर्चाले ठूलो ठाउँ ओगटेको छ । यसलाई चिर्न अन्य क्षेत्रले नसक्नुका धेरै कारण छन् । नामचलेका कर्पोरेट प्रकाशन गृहकाबाक्ला विज्ञापनको आधारमा किताब बिक्रि भएपनि पाठकको रुचि र त्यसको स्तरियता भन्ने कुरा मात्र स्थायी कुरा हो ।
पुरस्कारको ट्याग र प्रकाशन गृहको विज्ञापनले मात्र पुस्तक स्तरिय हुने होइन । कुनै पुस्तक चर्चामा आएका हुँदैनन् तर पाठकले खोजेर पनि पढेका हुन्छन् नि । थाहा त यो हुनुपर्छ कि गुदी भएका पुस्तक पाठकले पढ्न पाउन् । त्यसैले साहित्य अन्य व्यापार भन्दा भिन्न हो । तर आजको बजारमा चाउचाउ र किताब उस्तै उस्तै बनाइएको छ ।
मेरो हकमा म सकभर किताब पढेर सकाउँ भन्छु । पूरा नपढिकन सानो टिप्पणी पनि गर्दिन । कुनै पुस्तकको हकमा यो पुस्तक जो कोहीले पढोस् भन्ने मनसायले त्यसका बारे मनमा लागेका कुरा लेख्छु । म समिक्षक होइन ।परम्परागत समिक्षाको ढाँचामा समिक्षा लेख्दिन पनि । पछिल्लो समय निस्किएका केही स्तरीय पुस्तकमध्ये शून्यको मूल्यलाई आलोचनात्मक टिप्पणी गरेको थिएँ । बाआमाकथा संग्रहमाथि टिप्पणी लेखेर पनि त्यसैलाई अझ सानो टिप्पणीमा सिमित राखेँ मैले ।
मलाई मन परेका पुस्तक अरुलाई पनि मन पर्नुपर्छ त म भन्दिन तर कम्तिमा नौला विषयवस्तुको उठानप्रति आँखा चिम्लिनु हुँदैन । समाजलाई सकारात्मक कुरा दिने पुस्तकलाई अलिकति बढावा दिनैपर्छ भन्ने लाग्छ ।

१०)तपाईंको कविता, कथा, निबन्ध, नियात्रा, समीक्षा जस्ता विधाहरूमा निरन्तर कलमचलाउँदै आउनु भएको छ । तपाईंको आगामी कृति कुन विधामा आउँदै छ ?
– म आफुलाई अझ लेखकको रूपमा उभिएको पाउँदिन । कविता सबैभन्दा बढी लेखेँ अन्य विधाको तुलनामा । कथा, निबन्ध र उपन्यास मध्ये एउटा कृति आउनुपर्छ भन्नेमा छु । पुनर्लेखनको चरणमा छु म । पुस्तककाबारे अलि धेरै टिकाटिप्पणी गर्नेमा पर्ने हुनाले सजगताले रोकिरहेको छ मलाई । कम्तिमा दुई बर्षको अन्तरालमा एउटा कृति आओस् भन्ने ठानेको छु हेरौं । पूर्णकालिन पाठक या लेखक नभई सकेको हुँदा यसै भन्न सकिन्न ।

११) तपाईंको साहित्य लेखनको उद्देश्य के हो ? यसरी साहित्य लेखनमा निरन्तर लाग्नु पछाडिको खास कारण हो ला नि ?
– हरेक मान्छेका आफ्ना कथा हुन्छन् । ती कथाले अन्य दोश्रो तेस्रो देखि अनेकौं पात्रलाई मार्मिकता छोड्छ भने त्यो लेखिनु पर्छ । कथा, कविता, नियात्रा या उपन्यास किन नहोस् । कुनै पुस्तक लेखिनुको उद्देश्य हुनुपर्छ । लेखकिय हुटहुटी शान्तपार्नु मात्र उद्देश्यले लेखिएका कुराले खास अर्थ राख्दैन । अर्को कुरा बैचारिक पटाक्षेप हो लेखन । सामाजिक रूपमा रहेका विसंगतिलाई भिन्न दृष्टिकोणबाट नियालेर शालिन भाषामा पस्किनु साहित्यको जिम्मेवारी हो । नारा,स्तुति र बैरध्य साँध्नु मात्र साहित्य होइन भन्ने लाग्छ ।
म किन लेख्छु ? एउटा मात्र जवाफ छ । लेखेपछि नै मलाई शान्ति मिल्छ ।लेखनले दिने आत्मसन्तुष्टि अन्य कुराले दिन सक्दैन । घटना परिघटनालाई भिन्न कोणबाट हेर्दा सामान्य आँखाले नदेखिने कुरा देखिन्छ । संसारमा हारजितको खेल सधैँ रोमाञ्चक हुन्छ । भिड जित्नेका पछि लाग्छ । एउटा लेखक हार्नेको झिनो लाइनमाउभिएर हारजितको खेल प्रक्रिया र परिणामका बारेमा घोत्लिन्छ । कति पात्र होलान् यसरी हेर्ने । हार्नेको पक्षमा बोल्दा जित्नेलाई पनि आफ्नोपन महसुस होस् भनेर चाहिँ भुल्नु हुन्न भन्ने लाग्छ । अर्को पक्षबाट हेर्दा एउटा लेखक सदैव सत्ताको प्रतिपक्षी भएर उभिन्छ अन्याय ,बिभेदको विरोधमा । लेख्ने एउटा कुरा जीवन भोगाई अर्को हुने लेखक किताबका लागि मात्र लेखक हुन्छ । जीवनका लागि ऊ एक ढ्वँगीमात्र हुन्छ ।

१२) आफ्नो सृजनाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? लेखनमाआफूलाई खड्किएको कुरा केही छ ?
– म आफुलाई एउटा लेखकभन्दापनि एउटा पाठक भन्न रुचाउँछु । जसले जस्तो जीवनबाँच्यो त्यही लेख्ने रहेछ । मैले आफ्नो जीवनको उर्वर उमेर हिमालको छेउमा एउटा दुर्गम बस्तिमाबिताएँ । मेरा रचनामा सामाजिकविभेद र विसंगति देखिनु स्वभाविक छ । त्यो दुःखसँग टासिएर आउने निराशापनि स्वभाविक छ जस्तो लाग्छ ।
त्यस बाहेक मेरा रचनाहरू आलोचना रहित छन् भनेर भन्दिन म । किन कि अपूर्णताले नै पूर्ण छौ हामी । कुनै रचनाले उठाउने विषयवस्तु र त्यसमाथिको दृष्टिकोणमा अन्यब्यक्ती या पाठकलाई समाहित गर्न नसक्नु मेरो कमजोरी हो भनेर कृतिमाथीआएका टिप्पणीले बताएका छन् । त्यसको एउटा कारण मेरो अमुर्त लेखन शैलीहो भन्ने लाग्छ । म कुनै कुरालाई सोझो अर्थमा लेख्दिन । लेखन भित्रको अमुर्तपनको सुन्दरताको पुजारी हुँ म । त्यसलाई छ्याङ्ग त होइन सरल पार्न प्रयासरत छु म ।

१३) सृजनाप्रतिभाले खारिन्छ कि अभ्यासले ?तपाईंको अनुभव कस्तो छ ?
– प्रतिभाभनेको आन्तरिक कुरा हो । आन्तरिक रुचिबिनाअभ्यास गर्न पनि सकिँदन । निरन्तर हिड्नेहरू कहिँ न कहिँ पुग्छन् ।आफ्नो रुचिको विषयमा निरन्तरको अभ्यासले एक दिन सफलता दिन्छ नै । तर साहित्यको मामिलामा यो कुरा अझगार्हो कुरा हो । लेखेर बाँच्नमुस्किल छ नि त । मानसिकश्रमको मूल्य छैन । लेखनको महत्व स्थापितहुनपनि पठनलाई महत्व दिइनुपर्छ भनेर बारम्बार त्यसै भनेको छैन मैले । यो लेखनमा संघर्षरत सबै लेखकको साझा समस्याहो ।

१४) यस क्षेत्रका स्रष्टाहरूका सृजनाहरूलाई कसरी मूल्यांकन गर्नु हुन्छ ? केही सुझाव छ ?
– सबै स्रष्टासँग सानिध्यतानहुन सक्छ मेरो तर जो जति हुनुहुन्छ उहाँहरूसँग निकट छु पाठकका हिसावले । पुस्तक र ब्यक्तिगतहिसाबले हुने टिप्पणी भन्दा सामुहिक राय छ मेरो । स्रष्टाहरूमा सम्मानको भोक अस्वभाविक लाग्ने रहेछ । त्यसले कालान्तरमाहुने नोक्सानीको हेक्का राखिदिएहुने । अधिकांस मित्रहरू सरल हुनुहुन्छ त्यो सरलताले उचाइमालगेको छ । विचारमा सरलता र लेखनमाउम्दापनि हुनुहुन्छ कोहि । तर पदियभोकले त्यो उचाइमाह्रास आउने हो कि । मेरा लागिश्रद्देय हुनुहुन्छ । साहित्यकारहरू लोभ मोहदेखि थोरै पर भएको देख्न चाहने पाठकको रुचिलाई अन्यथालिनुहुने छैन भन्ने ठान्दछु ।

१५) हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको गतिविधिलाई कसरी हेरिरहनु भएको छ ? साहित्यिक संस्थाहरू नव सर्जकहरूको पक्षमा देखिदैन भन्ने आरोप के साँचो हो ?
– विगतदेखि नै कोहलपुर आसपासकामात्रहोइन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सर्जकलाई समेत आमन्त्रण गरी कोहलपुरको गौरव प्रस्तुत गरेको हाम्रो पूर्णिमाको अवस्थाप्रगतिउन्मुख त छ नै । त्यस बाहेकप्रश्नमै आधाजवाफआएको छ कि नवसर्जकलाई समेट्न नसकेको कुरा । पठन संस्कृतिको बारेमामाथि पनि बोलेँ मैले । जुन कुरालाई पूर्णिमाले सम्बोधन गर्नैपर्छ । साहित्यको बिडो थमाउने पुस्तातयारगर्न ढिलो भैसकेको छ ।

१६) कोहलपुरमावाङमय प्रतिष्ठान खोलिने चर्चा चलेको छ । त्यो संस्था कस्तो होस् र त्यसले के के काम गरोस् भन्ने अपेक्षा राख्नु भएको छ ?
– कोहलपुर मावाङमय प्रतिष्ठान खोलिनु खुशीकै कुरा हो । अन्य नगरपालिकामा खुलेर पनि कार्यक्रम भैरहेका खवर सुन्नमाआएका छन् । कोहलपुरमा पनि राजनीतिक रंग नपोतिएको एउटा साझा वाङमय प्रतिष्ठान बनेर सबै तहतप्काका सर्जकलाई समेटेर लान सक्ने नेतृत्व आओस् शुभकामना छ ।

१७) पूर्णिमा साहित्य प्रतिष्ठान र कोहलपुर वाङ्मय प्रतिष्ठानले भाषा, साहित्य र कलाको क्षेत्रमा के कस्तो सहकार्य गर्नु जरूरी छ ?
– दुबै संस्थाको उद्देश्य साझा हुनुपर्छ । काम र अर्थको लागि लुछाचुँडी नहोस् । कलार साहित्यमालाग्नेहरूलाई गर्न सकिने सहयोगमाहात बढाई थपउर्जा र हौसलाप्रदान गर्नुपर्छ ।
मासिक रूपमा स्थानीय सर्जक र वार्षिक रूपमा राष्ट्रिय स्तरमा प्रतियोगितात्मक कार्यक्रमको आयोजना होस् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको प्रकाशनको ‘हाम्रो पूर्णिमा’ साहित्यिक पत्रिकाको निरन्तरतामा ध्यान पुगोस् ।
१८) हामीलाई समय उपलब्ध गराउनु भएकोमा आभारी छौं । अन्त्यमा केही भन्नू छ कि ?
– मलाई आफ्ना कुरा सार्वजनिक गर्ने अवसरका लागिआभारी छु । कोहलपुर भूगोलले मात्र केन्द्रमा छैन । विचारको विविधताले पनिसिँगारिएको छ । खाँचो उजागर र उत्थानको मात्रछ । त्यस तर्फ राजनीतिक नेतृत्वको ध्यानाकर्षण गर्न पनिबौद्धिक जगत लाग्नु पर्छ । हामी गरौं । हामीले नगरे कसले गर्ने ?आजनगरे कहिले गर्ने ? समयको अवसानहुनु पूर्व नै हो केही गर्ने । समय सधैँ हाम्रो हातमा रहँदैन । आजलाई यत्तिभनेँ ।
…………………………………………………………………………………..

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार