बाँके १ का उम्मेदवार : एजेण्डा र योजनामा स्पष्ट सूर्य ढकाल



नेपालगन्ज, उनी जहिल्यै जनताबीच रहे । अन्यायविरुद्ध खरो बोल्छन् । विकासका एजेण्डामा जहिल्यै विवादको समाधानको सेतु बन्न भूमिका खेल्छन् । राजनीतिलाई उनले जनताका पीरमर्का बुझ्ने, त्यसको समाधानको योजना बनाउने र समाधानको पहल गर्ने साधनका रुपमा लिन्छन् । पदमा हुँदा होस् वा नहुँदा, उनी कार्यकर्ता र जनता समस्याबारे चासो लिने नेताका रुपमा बाँकेमा परिचित छन् । स्थलगतरुपमा पुगेर समस्याको वास्तविक अवस्था बुझ्ने उनको बानी छ । विचार र सिद्धान्तमा उनी सदा अडिग छन् । नेकपा एमालेका केन्द्रीय सदस्य रहेका सूर्य ढकाल यसपटक जनताको प्रतिनिधि बनेर सदनमा जनताकै आवाज बोल्न मत मागिरहेका छन् । उनी बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

ढकालको प्राथमिकता कम विकास भएका ठाउँलाई विकास भएका ठाउँको दाजोमा पु¥याउने र विकास भइसकेका ठाउँलाई थप व्यवस्थित बनाउनेमा केन्द्रित छ । उनी आफ्नो निर्वाचन क्षेत्रका समस्याग्रस्त र विकास पर्खिरहेका गाउँहरु बेतहनि, होलिया, नरैनापुर, बैजापुर, फत्तेपुरलगायतका ठाउँमा पटकपटक पुगेर त्यहाँको पीरमर्का र आवश्यकता बुझेको बताउँछन् । त्यहाँका नागरिकले पाउनुपर्ने आधारभूत सुविधाको अधिकार प्राप्तिको लडाइँ आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले बताए । भन्छन्, ‘नागरिकलाई रोग, भोक र शोकमा राखेर हेरिराख्ने राजनीति मलाई गर्नु छैन । म जहिलै जनताका समस्यामाथि बोल्न चाहन्छुँ । तिनीहरुको समाधानका लागि राजनीति गर्छुँ ।’ उनी आफूलाई जनताले अवसर दिएमा यसअघिका सांसदहरु जस्तो काममा झारा टार्ने, जनतासँग सम्बन्धबिच्छेद गर्ने जस्ता गल्ती आफूले नदाहो¥याउने उनको प्रतिबद्धता छ ।

को हुन् सूर्य ?

उनी कोहलपुर वडा नम्बर १२ स्थायी बासिन्दा हुन् । स्वर्गीय बुवा तुल्सिरामा ढकाल आमा पवित्रा ढकालको कोखबाट २०२९ वैशाखमा स्याङजामा जन्मिएका सूर्य ढकालले राजनीतिशास्त्रमा स्नात्तकोत्तरसम्म अध्यन गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको सदस्य हुँदै २०४५ सालबाट आफ्नो राजनीतिक जीवन यात्रा सुरु गरेका सूर्य ढकालले संगठनमा एक कटिबद्ध कार्यकर्ता र नेतृत्वमा गतिशील नेताको परिचय बनाएका छन् । नेकपा एमालेको जिल्ला सदस्य, उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष हुँदा उनले पार्टीका लागि कठिन समयमा कार्यकर्तालाई आड, भरोसा र दिशा दिएका छन् । जसको एक उदाहरण उनले नेकपामा विवाद आएका बखत पार्टीलाई दिएको नेतृत्व हो । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपामा विवाद उत्पन्न भएका बखत ढकालले बाँके जिल्लालाई इञ्चार्जका रुपमा सम्हाल्ने जिम्मा पाए । उनले त्यसबेला पार्टीलाई एकढिक्का बनाइराख्नुका साथै बाँकेमा संगठन विस्तारलाई तिव्रता दिए । त्यो अन्योलपूर्ण स्थितिमा जिल्लाका सबै वडामा कमिटी विस्तार र जनवर्गीय संगठनलाई चलायमान बनाउन सफल भए ।

उनी नेकपा एमालेको भेरी अञ्चल सदस्य, उपाध्यक्ष र अध्यक्ष हुँदै भेरी अञ्चल ईञ्चार्जको महŒवपूर्ण भूमिका निभाइसकेका व्यक्ति हुन् । उनी अहिले एमालको केन्द्रीय सदस्य छन् । यसैगरी राष्ट्रिय युवा संघ नेपाल अञ्चल सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य तथा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्ष हुँदै पार्टी गाउँ कमिटीको सचिव, जिल्ला कमिटीको सदस्य सचिवालय सदस्य क्षेत्र नम्बर १ ईञ्चार्ज, जिल्ला अध्यक्ष जहाँ जुन भूमिकामा रहे त्यहाँ खोटपूर्णरुपमा जिम्मेवारी निभाए । काठमाडौंमा पत्रकारिताको अनुभव पनि संगालेका ढकाल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य पदको जिम्मेवारीसँगै बाँके जिल्लाको ईञ्चार्जको रुपमा आफ्नो जिम्मेवारी निभाइरहेका छन् । उनी दैवी प्रकोप, महामारी, भोकमरी, आगलागी, बाढी जस्ता विपद्का समायमा आफ्नो पार्टीपंक्तिलाई परिचालित गर्ने नेतामा पर्छन् । उनले विभिन्न संघसंस्थामा पनि रहेर काम गरेका छन् । एकीकृत विकासका लागि सामाजिक अभियानको अध्यक्ष, मदन भण्डारी तथा पुष्पलाल केन्द्रीय पुस्तकालयको महासचिव, विभिन्न पत्रपत्रिकामा लेखक, आधा दर्जन बढी पुस्तकहरू प्रकाशनसमेत गरेका ढकाल बाँकेमा सबैले सम्मान गर्ने राजनीतिकर्मीमा पर्छन् ।

 

यस्ता छन् सूर्यका स्थानीय एजेण्डा

सूर्य आफू एजेण्डा र योजनामा स्पष्ट छन् । ‘मैले यसपटक बाँके क्षेत्र नम्बर १ का जनतासँग त्यसै मत मागिरहेको छैन । मसँग स्पष्ट एजेण्डा र योजना छन् । ती योजना पूरा गर्न मसँग अनुभव र क्षमता पनि छ,’ उनले भने, ‘हाम्रो पार्टीको राष्ट्रिय लक्ष्य र एजेण्डा त सबैलाई थाहा छँदै छ । म स्थानीयरुपमा पनि स्पष्ट एजेण्डासहित मत मागिरहेको छुँ ।’ उनले आफ्नो स्थानीय एजेण्डाको प्राथमिकतामा राप्ती नदी र खहरे खोलाले गर्ने कटान, डुबान नियन्त्रणलाई राखेका छन् । भौतिक विकासका हिसाबले पनि पछि परेको क्षेत्र नम्बर १ का लागि उनले त्यहीअनुसारका एजेण्डाका साथै शिक्षा र स्वास्थ्यमा सुधारका योजनाहरुमा प्रतिबद्धतासहित मत मागिरहेका छन् । बाँके क्षेत्र नम्बर १ मा रहेका स्थानीय तहअनुसार सूर्य ढकालले अघि सारेका एजेण्डाहरु निम्न छन् ।

राप्तीसोनारी

अगैया, कचनापुर हुँदै कम्दी जोड्ने सडक र कुसुम–खोकरी सडक निर्माण गर्ने । राप्ती नदी, खहरे खोलाले गर्ने कटान, डुबान नियन्त्रणका लागि दीर्घकालीन समाधान हुने गरी कार्य अगाडि बढाउने । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले गर्ने क्षतिपूर्तिको व्यवस्था गर्ने (एक घर २५ लाख जीवन बीमा, एक गोठ आठ लाख पशु बीमाको नीति लागू गर्ने) । शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नति गर्दै कृषि आधुकिकीकरण गर्ने । एक घर एक रोजगारको नीति लागू गर्दै र श्रमको सम्मान गर्ने संस्कृति सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।

नरैनापुर

सिक्टाको पूर्वी नहर समयमै सम्पन्न गर्ने । नरैनापुरदेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्ने । मटेहिया हुँदै बेतहनी जोड्ने राप्ती नदी पुल निर्माण गर्ने । कृषि आधुनिकीकरण गर्ने । शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नति नरैनापुरबाट एक घर एक रोजगारको राष्ट्रिय नीति लागू गर्न ।

कोहलपुर

कोहलपुर–चप्परगौडी–खड्गवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रादेशिक पर्यटकीय मार्गको निर्माण गर्ने । क्रिकेट मैदानको निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइने । बाल अस्पताल, रंगशाला, नगर भवन, आधुनिक वद्यशाला, आधुनिक बसपार्क, भ्यूटावर, एनिमल रेस्क्यू बोटानिकल पार्कको निर्माण तथा सम्पन्न गर्ने । कोहलपुर रिङरोड निर्माण गर्ने । अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने । कोहलपुरलाई शैक्षिक क्षेत्रको हबको रूपमा स्थापित गर्ने ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार