19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

टुंगियो नम्रता–दावाको चार वर्षे प्रेम, नयाँ प्रेमिकासँग दावाको डेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २७, २०७९  

अभिनेत्री नम्रता श्रेष्ठको चार वर्षे प्रेम टुंगिएको छ। नम्रता विगत चार वर्षदेखि पर्यटन व्यवसायी दावा स्टिभन शेर्पाको प्रेममा थिइन्। प्रेममा रहदा यो जोडी सार्वजनिक कार्यक्रमदेखि पारिवारिक समारोहमा सँगै देखिन्थे।

तर केही समयअघि यो जोडीको ‘ब्रेकअप’को हल्ला सुरु भएको थियो। टुंगिएको सम्बन्धलाई लिएर दावा र नम्रता दुबैजना बोलेका भने थिएनन्। अब भने यो जोडीको सम्बन्ध औपचारिक रुपमै सकिएको छ।

नम्रतासँगको चार वर्षे प्रेम टुंगाएका दावा नयाँ प्रेमिकासँग डेटमा रमाइरहेका छन्। दावाले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट नयाँ प्रेमिका सार्वजनिक गरेका छन्। उनले इन्स्टाग्राममा नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै तस्वीर पोस्ट गरेका छन्।

दावा र रिया केही साता इटालीमा डेट गरिरहेका थिए। उनीले इटालीको मिलानमा भइरहेको ‘मिलान फेसन विक’मा सँगै भेटिएका थिए।
चार वर्षसम्म प्रेममा रहेका नम्रता र दावा आफ्नो सम्बन्धलाई लिएर निक्कै गम्भिर देखिन्थे।

कोभिडपछिनै ब्रेकअपको हल्ला सुरु भएपनि पुष्टि भएको भने थिएन। यो हल्लालाई दावाले पछिल्लो इन्स्टाग्राम पोस्टमार्फत पुष्टि गरेका छन्।

प्रकाशित मितिः बिहिबार, अशोज २७, २०७९     10:04:37 AM  |