कोहलपुर ।
कोहलपुर प्रहरीले सञ्चारकर्मी तथा पत्रकार विजय परियारमाथि दुव्र्यवहार गरेको छ ।
बुधबार नेपालगन्ज मेडिकल कलेजको गाडिको ठक्करबाट मृत्यु भएका रामबहादुर थापाका आफ्न्तले गरेको चक्काजामको क्रममा रिपोर्टिग गरिरहेका पत्रकार परियारमाथि प्रहरीले दुव्र्यवहार गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा आफ्नो कर्ममा खटिरहेको पत्रकार परियारलाई प्रहरीले दुव्र्यवहारका साथै उनको मोवाइल समेत नियन्त्रणमा लिएको छ ।
उनी आवद्ध कोहलपुर एम.एम.ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीद्धारा गरिएको दुव्र्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्टेशन म्यानेजर कपिल न्यौपानेद्धारा जारी विज्ञप्तिमा आन्दोलनको रिपोटिग गरिरहेको पत्रकारमाथि भएको दुव्र्यवहारले कोहलपुर प्रहरी प्रमुख ऐनबहादुर मल्लको सञ्चार क्षेत्रप्रतिको असंवेदनशिलता प्रष्ट भएको भन्दै प्रहरी नियन्त्रणमा रहेका पत्रकार परियारलाई तत्काल रिहाइ गर्नुका सञ्चार सामग्री फिर्ता गर्न माग गरिएको छ ।

उनलाई तत्काल रिहाइ नगरिए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी बताइएको छ । यस्तै पत्रकार विजय परियारमाथि भएको दुव्र्यवहार प्रति क्रियाशिल पत्रकार समूह कोहलपुरले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समूहका सचिव रवि रोकायद्धारा जारी विज्ञप्तिमा प्रेस विरोधी कार्य नगर्न आह्वान गरिएको छ । पत्रकार परियार कोहलपुर एफ.एम.का साथै इ आवाजमा समेत आवद्ध छन् ।








प्रतिक्रिया दिनुहोस्