17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सँगै सुतिरहेका पतिले सपनामा अर्कैसँग ‘लभ’ गरेपछि पत्नीले खन्याइन् उम्लिरहेको पानी !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २२, २०७९  

एजेन्सी ।

पतिपत्नीका बीचमा कोही अरु महिला/पुरुष आएमा घरझगडा चर्किन्छ । साँच्चिकैको जीवनमा त यस्तो हुन्छ नै तर सपनामा पतिले अर्कै महिलासँग ‘लभ’ गरेमा के होला ?

दक्षिण अमेरिकाको बोलिवियामा सँगै सुतेका पतिले सपनामा अर्कै महिलासँग लभ गरिरहेको थाहा पाएपछि पत्नी आक्रोशित बनेकी छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्नीले भनिन्, ‘मेरा पति ४५ वर्षका छन् । सुतिरहेको बेला कुनै अरु महिलाको नाम लिएर प्रेम व्यक्त गरिरहेका थिए, लभ चक्कर चलाइरहेका थिए । यो देखेर मलाई रिस उठ्यो । म भान्सामा गएँ र उम्लिरहेको पानी ल्याएर खन्याइदिएँ ।’

पत्नीले उम्लिरहेको पानी खन्याएपछि सपनामा रमाइरहेका पतिका हात, पिठ्यू, गुप्ताङ्ग र शरीरका विभिन्न भाग जलेका छन् । यस्तो घटना भएपछि पतिलाई तत्कालै अस्पताल लगिएको छ भने पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय प्रशासनले घटनाबारे छानबिन गरिरहेको जनाइएको छ । सपनाको घटनालाई लिएर पत्नीले पतिमाथि आक्रमण गरेको थाहा पाउनेहरू अचम्मित बनेका छन् ।

प्रकाशित मितिः बुधबार, असार २२, २०७९     3:35:44 PM  |